Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/76: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७)}} टपर्टुञ्या पनी हुन्छ मूर्खमध्ये प्रतिष्ठित । बोलने को अँध्यारोमा महात्मा जुन्किरीसित ॥ {{pcn|(८)}} सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति । घोचने जङ्गली काँढ..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 16:07, 22 June 2025

This page has been proofread

(७)
टपर्टुञ्या पनी हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महात्मा जुन्किरीसित ॥

(८)
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ॥

(९)
मिलेर काम गर्नाले हुन्छ अत्यन्त फाइदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ॥

(१०)
जे दिँदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नबर्सने मेघ उसैको हुन्छ घर्घर ॥

(११)
हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानू छँदातक ॥

(१२)
गुणग्राही जहाँ छैन उहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ॥

(१३)
योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गो देवता कहलाउँछ ॥