Page:Laxmi nibandhasangraha.pdf/86: Difference between revisions
→Not proofread: Created page with "न खालि बिबेक या ज्ञानबाट; तर यो निक्लन्छ ती सृक्ष्म चेतहरूबाट, जो पाशविक हेराइको उपर चढेर दिव्यको अनुभूतिले भावुक स्पन्दन पाउँछ । पशु खालि हेर्दछ र सन्तुष्ट रहन्छ, तर मानिस सब चीजक..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
न खालि | न खालि विवेक या ज्ञानबाट; तर यो निक्लन्छ ती सृक्ष्म चेतहरूबाट, जो | ||
पाशविक हेराइको उपर चढेर दिव्यको अनुभूतिले भावुक स्पन्दन पाउँछ । | पाशविक हेराइको उपर चढेर दिव्यको अनुभूतिले भावुक स्पन्दन पाउँछ । | ||
पशु खालि हेर्दछ र सन्तुष्ट रहन्छ, तर मानिस सब चीजको मुटु छाम्न | पशु खालि हेर्दछ र सन्तुष्ट रहन्छ, तर मानिस सब चीजको मुटु छाम्न | ||
खोज्दछ । उसलाई बाहिरी बुझावटैले सन्तोष दिँदैन, आकृति-सङ्गति र | |||
खोज्दछ । उसलाई बाहिरी बुझावटैले सन्तोष दिँदैन, आकृति- | चैतन्य भएको दुनियाँमा ऊ दर्शनले चित्त बुझाउन सक्तैन । आफ्नो | ||
चैतन्य भएको दुनियाँमा | मन र बाह्यप्रकृतिमा देखाएका र अनुभव गरिएका कुराहरूको अनन्त र | ||
सत्यसँग नाता जोड्न खोज्दछ र तिनलाई मूल कारणका सम्बन्ध र | सत्यसँग नाता जोड्न खोज्दछ र तिनलाई मूल कारणका सम्बन्ध र | ||
सहयोगमा छाम्न खोज्दछ । विज्ञानले जिज्ञासालाई पूरा गर्न सक्तैन र | सहयोगमा छाम्न खोज्दछ । विज्ञानले जिज्ञासालाई पूरा गर्न सक्तैन र | ||
मानिस भावुक र काल्पनिक जगत्का जादूगरीहरूद्वारा यो विज्ञानपरका | |||
मानिस भावुक र काल्पनिक | झल्काहरू खोज्दछ, जहाँ सत्यको नजीक भएझैं मानव-आत्मालाई | ||
झल्काहरू खोज्दछ, जहाँ सत्यको नजीक | |||
भएझैं | |||
सन्तोष लाग्दछ । उसलाई उपस्थितउपर चढेर अनुपस्थितका अन्वेषण | सन्तोष लाग्दछ । उसलाई उपस्थितउपर चढेर अनुपस्थितका अन्वेषण | ||
गर्ने मोहनी हरहमेशा रहेकै छ । उसको चेतले बताउँछ कि रूप-रंगको | गर्ने मोहनी हरहमेशा रहेकै छ । उसको चेतले बताउँछ कि रूप-रंगको | ||
पछाडि अर्कै रस छ; र रेखा र चित्रहरूपछाडि | पछाडि अर्कै रस छ; र रेखा र चित्रहरूपछाडि सूक्ष्म सत्यहरू काम | ||
गर्दछन् । | गर्दछन् । ऊ नैसर्गिक र प्राथमिक सम्बन्धहरूको सूक्ष्म क्रिया अध्ययन | ||
गर्न चाहन्छ, भावुक र काल्पनिक नजर लगाएर खँदिला वस्तुहरूबाट | गर्न चाहन्छ, भावुक र काल्पनिक नजर लगाएर खँदिला वस्तुहरूबाट | ||
अग्राह्यको महिमा हेर्न जान्छ, र आफ्नै प्रकृति र बाह्य जगत्-प्रदर्शनहरूमा | अग्राह्यको महिमा हेर्न जान्छ, र आफ्नै प्रकृति र बाह्य जगत्-प्रदर्शनहरूमा | ||
पनि तिनै उपकारको मूल तत्त्वको आभास र | पनि तिनै उपकारको मूल तत्त्वको आभास र सूक्ष्म संकेतहरू छाम्न | ||
पुग्दछ । मनुष्यलाई अनन्तको आह्वान छ, र ऊ आफ्नो अनन्तको चेत | |||
पुग्दछ । मनुष्यलाई अनन्तको आह्वान छ, र | |||
झल्का र चित्रण र मानव-रचनाहरूद्वारा अरूको नजरमा झल्काउन | झल्का र चित्रण र मानव-रचनाहरूद्वारा अरूको नजरमा झल्काउन | ||
चाहन्छ । उसलाई आफ्ना सूक्ष्म अनुभवहरू आत्मप्रकाशनको प्रेरणा | चाहन्छ । उसलाई आफ्ना सूक्ष्म अनुभवहरू आत्मप्रकाशनको प्रेरणा | ||
दिन्छन् र आत्मविस्तारमा त्यही आनन्द पाउँछ, जो स्रष्टाको पहिलो | दिन्छन् र आत्मविस्तारमा त्यही आनन्द पाउँछ, जो स्रष्टाको पहिलो | ||
अनुभव हुँदो हो । ऊ सिर्जना गर्न खोज्दछ, प्रकतिलाई टिप्न चाहन्छ; | |||
अनुभव हुँदो हो । | |||
दुनियाँ सुधार्न नवीनताको जादूपछि दौडन्छ, अविदितको आह्वान सुन्दछ, | दुनियाँ सुधार्न नवीनताको जादूपछि दौडन्छ, अविदितको आह्वान सुन्दछ, | ||
दृश्य र श्रव्यलाई नाघेर अन्तर्झल्का र अन्तर्ध्वनि खोज्दछ । | दृश्य र श्रव्यलाई नाघेर अन्तर्झल्का र अन्तर्ध्वनि खोज्दछ । ऊ रूपलाई | ||
ध्वनिमा उल्था गर्दछ र शब्दलाई चित्रमा । उसलाई सीमा मन पर्दैन, ऊ | |||
ध्वनिमा उल्था गर्दछ र शब्दलाई चित्रमा । उसलाई सीमा मन पर्दैन, | |||
उड्न चाहन्छ र टिप्न चाहन्छ, अँध्यारोबाट चियाउन चाहन्छ र स्वर्गको | उड्न चाहन्छ र टिप्न चाहन्छ, अँध्यारोबाट चियाउन चाहन्छ र स्वर्गको | ||
आगो चोर्न चाहन्छ । | |||
मेरो विचारमा मनुष्यले कलामा अविदितसँगको आफ्नो परिचय | मेरो विचारमा मनुष्यले कलामा अविदितसँगको आफ्नो परिचय | ||
झल्काउन चाहन्छ र विदितको दुनियाँमा अपरिचितको राज्य देखाउन | झल्काउन चाहन्छ र विदितको दुनियाँमा अपरिचितको राज्य देखाउन | ||
खोज्दछ । कति जनाले यस दुनियाँलाई देखे तर यसमा मिहीन सौन्दर्य | खोज्दछ । कति जनाले यस दुनियाँलाई देखे तर यसमा मिहीन सौन्दर्य | ||
र | र गूढ रहस्यहरू उनका आँखामा अन्धकारै बनेका थिए । प्रतिभाले त्यहाँ | ||
Latest revision as of 14:32, 15 February 2025
न खालि विवेक या ज्ञानबाट; तर यो निक्लन्छ ती सृक्ष्म चेतहरूबाट, जो पाशविक हेराइको उपर चढेर दिव्यको अनुभूतिले भावुक स्पन्दन पाउँछ । पशु खालि हेर्दछ र सन्तुष्ट रहन्छ, तर मानिस सब चीजको मुटु छाम्न खोज्दछ । उसलाई बाहिरी बुझावटैले सन्तोष दिँदैन, आकृति-सङ्गति र चैतन्य भएको दुनियाँमा ऊ दर्शनले चित्त बुझाउन सक्तैन । आफ्नो मन र बाह्यप्रकृतिमा देखाएका र अनुभव गरिएका कुराहरूको अनन्त र सत्यसँग नाता जोड्न खोज्दछ र तिनलाई मूल कारणका सम्बन्ध र सहयोगमा छाम्न खोज्दछ । विज्ञानले जिज्ञासालाई पूरा गर्न सक्तैन र मानिस भावुक र काल्पनिक जगत्का जादूगरीहरूद्वारा यो विज्ञानपरका झल्काहरू खोज्दछ, जहाँ सत्यको नजीक भएझैं मानव-आत्मालाई सन्तोष लाग्दछ । उसलाई उपस्थितउपर चढेर अनुपस्थितका अन्वेषण गर्ने मोहनी हरहमेशा रहेकै छ । उसको चेतले बताउँछ कि रूप-रंगको पछाडि अर्कै रस छ; र रेखा र चित्रहरूपछाडि सूक्ष्म सत्यहरू काम गर्दछन् । ऊ नैसर्गिक र प्राथमिक सम्बन्धहरूको सूक्ष्म क्रिया अध्ययन गर्न चाहन्छ, भावुक र काल्पनिक नजर लगाएर खँदिला वस्तुहरूबाट अग्राह्यको महिमा हेर्न जान्छ, र आफ्नै प्रकृति र बाह्य जगत्-प्रदर्शनहरूमा पनि तिनै उपकारको मूल तत्त्वको आभास र सूक्ष्म संकेतहरू छाम्न पुग्दछ । मनुष्यलाई अनन्तको आह्वान छ, र ऊ आफ्नो अनन्तको चेत झल्का र चित्रण र मानव-रचनाहरूद्वारा अरूको नजरमा झल्काउन चाहन्छ । उसलाई आफ्ना सूक्ष्म अनुभवहरू आत्मप्रकाशनको प्रेरणा दिन्छन् र आत्मविस्तारमा त्यही आनन्द पाउँछ, जो स्रष्टाको पहिलो अनुभव हुँदो हो । ऊ सिर्जना गर्न खोज्दछ, प्रकतिलाई टिप्न चाहन्छ; दुनियाँ सुधार्न नवीनताको जादूपछि दौडन्छ, अविदितको आह्वान सुन्दछ, दृश्य र श्रव्यलाई नाघेर अन्तर्झल्का र अन्तर्ध्वनि खोज्दछ । ऊ रूपलाई ध्वनिमा उल्था गर्दछ र शब्दलाई चित्रमा । उसलाई सीमा मन पर्दैन, ऊ उड्न चाहन्छ र टिप्न चाहन्छ, अँध्यारोबाट चियाउन चाहन्छ र स्वर्गको आगो चोर्न चाहन्छ ।
मेरो विचारमा मनुष्यले कलामा अविदितसँगको आफ्नो परिचय झल्काउन चाहन्छ र विदितको दुनियाँमा अपरिचितको राज्य देखाउन खोज्दछ । कति जनाले यस दुनियाँलाई देखे तर यसमा मिहीन सौन्दर्य र गूढ रहस्यहरू उनका आँखामा अन्धकारै बनेका थिए । प्रतिभाले त्यहाँ