Page:Laxmi nibandhasangraha.pdf/82: Difference between revisions
→Not proofread: Created page with "मानिसलाई पनि जब उत्तेजित भावले छुन्छ, तब तिनीहरूका उच्चारणमा विचित्र रसको प्रादुर्भाव हुन्छ । मानिसका रुवाइमा सबैँ कविता हुन्छ, त्यस्तै सच्चा उल्लासमा । हामी कविता बनाउन चाहन्छ..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मानिसलाई पनि जब उत्तेजित भावले छुन्छ, तब तिनीहरूका उच्चारणमा | मानिसलाई पनि जब उत्तेजित भावले छुन्छ, तब तिनीहरूका उच्चारणमा | ||
विचित्र रसको प्रादुर्भाव हुन्छ । मानिसका रुवाइमा | विचित्र रसको प्रादुर्भाव हुन्छ । मानिसका रुवाइमा सधैं कविता हुन्छ, | ||
त्यस्तै सच्चा उल्लासमा । हामी कविता बनाउन चाहन्छौं, निकाल्न | त्यस्तै सच्चा उल्लासमा । हामी कविता बनाउन चाहन्छौं, निकाल्न | ||
चाहँदैनौं । यिनीहरू बनाउँदैनन्, भित्रैबाट झिक्तछन् । हाम्रो शब्दको | चाहँदैनौं । यिनीहरू बनाउँदैनन्, भित्रैबाट झिक्तछन् । हाम्रो शब्दको | ||
चातुरी छ, यिनको भावको माधुरी । जडाउरी शब्दका माला गाँस्ने | चातुरी छ, यिनको भावको माधुरी । जडाउरी शब्दका माला गाँस्ने | ||
कविहरू मसँग आषाढको पन्धमा | कविहरू मसँग आषाढको पन्धमा आऊन् । चर्को कृत्रिम रङ्ग चढाउन | ||
खोज्नेलाई पनि, मेरो निमन्त्रणा छ । म दही-चिउरा खुवाउन चाहन्नँ, | |||
खोज्नेलाई पनि, मेरो निमन्त्रणा छ । म दही-चिउरा | |||
गीत सुनाउन चाहन्छु । | गीत सुनाउन चाहन्छु । | ||
हाम्रो तलतिर रोपाइँ पनि चलिरहेको थियो, केही खेलबहाड | हाम्रो तलतिर रोपाइँ पनि चलिरहेको थियो, केही खेलबहाड | ||
पनि । साथसाधमा एउटीले अर्कीलाई अलिकति हातको हिलो छ्यापिदिइन् । | पनि । साथसाधमा एउटीले अर्कीलाई अलिकति हातको हिलो छ्यापिदिइन् । | ||
आजको दिन हिलो छ्याप्नु पनि प्रेम र आनन्दको बहाड सम्झिइन्छ । | |||
आजको दिन हिलो | |||
हिलोका छिर्का र बुट्टाहरू आजलाई ग्रामीण युवतीका वस्त्र र वदन | हिलोका छिर्का र बुट्टाहरू आजलाई ग्रामीण युवतीका वस्त्र र वदन | ||
दुवैको सुन्दर शृङ्गार छन् । प्रेम र खुशियालीको हिलो, द्वेष र ईर्ष्याको | दुवैको सुन्दर शृङ्गार छन् । प्रेम र खुशियालीको हिलो, द्वेष र ईर्ष्याको | ||
दाग जस्तो देखिँदैन । किसानका ठिटाहरूका निधारमा पृथ्वीले आशीर्वादको | दाग जस्तो देखिँदैन । किसानका ठिटाहरूका निधारमा पृथ्वीले आशीर्वादको | ||
टीका लगाइदिएजस्तो भान पर्दछ । मानिसको प्राणलाई वर्ष दिनको | टीका लगाइदिएजस्तो भान पर्दछ । मानिसको प्राणलाई वर्ष दिनको | ||
थमौती मिल्दछ । आलीका केही हरिया झरीहरू एउटीको केशमा | थमौती मिल्दछ । आलीका केही हरिया झरीहरू एउटीको केशमा | ||
लगाइन्छन्, केही धानका हरिया बीउहरू अर्कीको कपालमा चढाइन्छन् । | लगाइन्छन्, केही धानका हरिया बीउहरू अर्कीको कपालमा चढाइन्छन् । | ||
कसैले असारेका राता फूल सिउरेका छन् । कसैले एक-दुई मकैको | कसैले असारेका राता फूल सिउरेका छन् । कसैले एक-दुई मकैको | ||
कलिलो चमर पनि । यहाँ जीवनको मनोहर दृश्य छ । | कलिलो चमर पनि । यहाँ जीवनको मनोहर दृश्य छ । | ||
जब खाजा खाने वेला भएको थियो, खेतको किनारामा प्रकृतिका | जब खाजा खाने वेला भएको थियो, खेतको किनारामा प्रकृतिका | ||
हातबाट बान्किला भएर बनेका कमलका हरिया बाटुला थलियाहरू | हातबाट बान्किला भएर बनेका कमलका हरिया बाटुला थलियाहरू | ||
बिछाइए । केही चिउरा र नून, अदुवाका सितन साथमा अलिकति | बिछाइए । केही चिउरा र नून, अदुवाका सितन साथमा अलिकति | ||
आलुको तरकारी पनि राखिएको थियो । सब आएर ठाउँ-ठाउँमा | आलुको तरकारी पनि राखिएको थियो । सब आएर ठाउँ-ठाउँमा | ||
शिष्टाचारका नियम र कानूनको आविष्कार हनुभन्दा अगाडिको युगमा | शिष्टाचारका नियम र कानूनको आविष्कार हनुभन्दा अगाडिको युगमा | ||
बसेझैं बसे । मनमस्ती चालले खाजा खान थाले । यस्तो देखिन्थ्यो मानौं | बसेझैं बसे । मनमस्ती चालले खाजा खान थाले । यस्तो देखिन्थ्यो मानौं | ||
यिनीहरूले अलकापुरीका व्यञ्जनका स्वादमा दुनियाँलाई आधा घण्टासम्म | यिनीहरूले अलकापुरीका व्यञ्जनका स्वादमा दुनियाँलाई आधा घण्टासम्म | ||
बिर्सिरहेका थिए । परिश्रमले हद से हद | बिर्सिरहेका थिए । परिश्रमले हद से हद खस्रा, रूखा खानामा पनि | ||
विचित्र स्वाद दिंदो रहेछ, अपूर्व माधुरी भर्दो रहेछ । हामी स्वाद बाहिर | |||
खोज्दछौं, यिनीहरू भित्रैबाट निकाल्दछन् । हामी मसलामाथि सुगन्ध | |||
थप्तछौं र कलेजामाथि अत्याचार गर्दछौं । यिनीहरूको खस्रो चिउराको | थप्तछौं र कलेजामाथि अत्याचार गर्दछौं । यिनीहरूको खस्रो चिउराको | ||
मर्मराहटमा परिश्रमी जीवनको विचित्र आनन्द देखिन्थ्यो । गरीबलाई | मर्मराहटमा परिश्रमी जीवनको विचित्र आनन्द देखिन्थ्यो । गरीबलाई | ||
Latest revision as of 13:47, 15 February 2025
मानिसलाई पनि जब उत्तेजित भावले छुन्छ, तब तिनीहरूका उच्चारणमा विचित्र रसको प्रादुर्भाव हुन्छ । मानिसका रुवाइमा सधैं कविता हुन्छ, त्यस्तै सच्चा उल्लासमा । हामी कविता बनाउन चाहन्छौं, निकाल्न चाहँदैनौं । यिनीहरू बनाउँदैनन्, भित्रैबाट झिक्तछन् । हाम्रो शब्दको चातुरी छ, यिनको भावको माधुरी । जडाउरी शब्दका माला गाँस्ने कविहरू मसँग आषाढको पन्धमा आऊन् । चर्को कृत्रिम रङ्ग चढाउन खोज्नेलाई पनि, मेरो निमन्त्रणा छ । म दही-चिउरा खुवाउन चाहन्नँ, गीत सुनाउन चाहन्छु ।
हाम्रो तलतिर रोपाइँ पनि चलिरहेको थियो, केही खेलबहाड पनि । साथसाधमा एउटीले अर्कीलाई अलिकति हातको हिलो छ्यापिदिइन् । आजको दिन हिलो छ्याप्नु पनि प्रेम र आनन्दको बहाड सम्झिइन्छ । हिलोका छिर्का र बुट्टाहरू आजलाई ग्रामीण युवतीका वस्त्र र वदन दुवैको सुन्दर शृङ्गार छन् । प्रेम र खुशियालीको हिलो, द्वेष र ईर्ष्याको दाग जस्तो देखिँदैन । किसानका ठिटाहरूका निधारमा पृथ्वीले आशीर्वादको टीका लगाइदिएजस्तो भान पर्दछ । मानिसको प्राणलाई वर्ष दिनको थमौती मिल्दछ । आलीका केही हरिया झरीहरू एउटीको केशमा लगाइन्छन्, केही धानका हरिया बीउहरू अर्कीको कपालमा चढाइन्छन् । कसैले असारेका राता फूल सिउरेका छन् । कसैले एक-दुई मकैको कलिलो चमर पनि । यहाँ जीवनको मनोहर दृश्य छ ।
जब खाजा खाने वेला भएको थियो, खेतको किनारामा प्रकृतिका हातबाट बान्किला भएर बनेका कमलका हरिया बाटुला थलियाहरू बिछाइए । केही चिउरा र नून, अदुवाका सितन साथमा अलिकति आलुको तरकारी पनि राखिएको थियो । सब आएर ठाउँ-ठाउँमा शिष्टाचारका नियम र कानूनको आविष्कार हनुभन्दा अगाडिको युगमा बसेझैं बसे । मनमस्ती चालले खाजा खान थाले । यस्तो देखिन्थ्यो मानौं यिनीहरूले अलकापुरीका व्यञ्जनका स्वादमा दुनियाँलाई आधा घण्टासम्म बिर्सिरहेका थिए । परिश्रमले हद से हद खस्रा, रूखा खानामा पनि विचित्र स्वाद दिंदो रहेछ, अपूर्व माधुरी भर्दो रहेछ । हामी स्वाद बाहिर खोज्दछौं, यिनीहरू भित्रैबाट निकाल्दछन् । हामी मसलामाथि सुगन्ध थप्तछौं र कलेजामाथि अत्याचार गर्दछौं । यिनीहरूको खस्रो चिउराको मर्मराहटमा परिश्रमी जीवनको विचित्र आनन्द देखिन्थ्यो । गरीबलाई