Page:Shakuntala.pdf/335: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छ उड्ने पङ्खी त्यो लसित कठपाउ स्वपदमा । | |||
::उडी आए सारा अघी सुरहरूका दलअघि ॥ | |||
प्रसन्नाकारी छन् नृपवर त्यहाँ देख्न रथमा । | |||
::समाई भन्छन् ती रथ स्वकरले व्योमपथमा ॥ | |||
{{pcn|(५३)}} | |||
"खुशी लाग्यो सार्है हृदय अति गद्गद् हुन गयो । | |||
::सवारी होलामै समरजय यो निर्भर थियो ॥ | |||
समस्या यो हाम्रो अमरपुरमा एक विकट । | |||
::छ 'श्रद्धा वा सत्य प्रबल कुनचाहीं अकपट ?' | |||
{{pcn|(५४)}} | |||
यहाँ काला काला असुर बलिया अर्मठजुँघे । | |||
::भए हाम्रा त्रास सुरपुरनजीकै पनि पुगे ॥ | |||
थिए शुक्राचार्य स्वतप-कृत-संसार-विजयी । | |||
::महाविज्ञानी ती असुरगुरु ज्ञानी अतिशयी ॥ | |||
{{pcn|(५५)}} | |||
सबै छान्दै छान्दै प्रकृतिनियमा कोषरचना । | |||
::लिई ताना भन्छन् असुरहरुमा आज सपना ॥ | |||
सबै तिम्रो पुग्ला सुरहरु हराई सहज नै । | |||
::जिती ल्यौला स्वर्गै दमन नहुने ली मगज नै ॥ | |||
{{pcn|(५६)}} | |||
म आत्मा मेरो यो अणु अणु लगाई प्रभुजिमा । | |||
::तपस्या गर्नेछू प्रकृतिकन जित्ने सहजमा ॥ | |||
जगत्का स्वामीले असुरहरुको विन्ति सुनिने । | |||
::त्यसै छल्लान् काहाँ नियमहरुको विश्व छ भने ॥" | |||
{{pcn|(५७)}} | |||
भनी यस्ता वाणी असुरगुरु लागे तलतिर । | |||
::गराई स्वर्गैका सुरहरु समस्तै थरहर ॥ | |||
यता विज्ञानी ती असुरहरु लाखौं थरिथरि । | |||
::बनाई शास्त्रास्त्र प्रकृतिविजयी छन् घरि घरि ॥ | |||
{{pcn|(५८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:18, 30 May 2025
छ उड्ने पङ्खी त्यो लसित कठपाउ स्वपदमा ।
उडी आए सारा अघी सुरहरूका दलअघि ॥
प्रसन्नाकारी छन् नृपवर त्यहाँ देख्न रथमा ।
समाई भन्छन् ती रथ स्वकरले व्योमपथमा ॥
(५३)
"खुशी लाग्यो सार्है हृदय अति गद्गद् हुन गयो ।
सवारी होलामै समरजय यो निर्भर थियो ॥
समस्या यो हाम्रो अमरपुरमा एक विकट ।
छ 'श्रद्धा वा सत्य प्रबल कुनचाहीं अकपट ?'
(५४)
यहाँ काला काला असुर बलिया अर्मठजुँघे ।
भए हाम्रा त्रास सुरपुरनजीकै पनि पुगे ॥
थिए शुक्राचार्य स्वतप-कृत-संसार-विजयी ।
महाविज्ञानी ती असुरगुरु ज्ञानी अतिशयी ॥
(५५)
सबै छान्दै छान्दै प्रकृतिनियमा कोषरचना ।
लिई ताना भन्छन् असुरहरुमा आज सपना ॥
सबै तिम्रो पुग्ला सुरहरु हराई सहज नै ।
जिती ल्यौला स्वर्गै दमन नहुने ली मगज नै ॥
(५६)
म आत्मा मेरो यो अणु अणु लगाई प्रभुजिमा ।
तपस्या गर्नेछू प्रकृतिकन जित्ने सहजमा ॥
जगत्का स्वामीले असुरहरुको विन्ति सुनिने ।
त्यसै छल्लान् काहाँ नियमहरुको विश्व छ भने ॥"
(५७)
भनी यस्ता वाणी असुरगुरु लागे तलतिर ।
गराई स्वर्गैका सुरहरु समस्तै थरहर ॥
यता विज्ञानी ती असुरहरु लाखौं थरिथरि ।
बनाई शास्त्रास्त्र प्रकृतिविजयी छन् घरि घरि ॥
(५८)