Jump to content

Page:Shakuntala.pdf/314: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
पुगिन्‌ क्रोधले फन्फनाई विचेत ।
::तिनी एकली ध्येय उद्देश्यहीना ॥
पुगिन्‌ पोखरीको नजीकै किनारा ।
::त्यहाँ हाय ! लोटिन्‌ हरे ! ती बिचारा ॥
{{pcn|(२२२)}}


थियो चढ्नु जो स्वर्गको नै अटाली ।
::जगत्‌की बनी एकली दिव्य रानी ॥
तिनी भारले दुःखकी झन्‌ विचेत ।
::झरेको छ झर्‌ झर् जहाँ आज पानी ॥
{{pcn|(२२३)}}
दुवै नेत्र फर्की गरे झैं पुकारा ।
::थिए नानिमा दुःख एकोहरा भै ॥
हिलोमा झरेकी तिनी फूल राम्री ।
::हरे ! आँसु भर्छिन्‌ सफा चित्र हाम्रा ॥
{{pcn|(२२४)}}
कठै ! एकली हेर । बग्दो हिलामा ।
::बरा ! कर्मले वैलिएकी तिनी छन्‌ ॥
हिलामा परेको छ सारा सिँगार ।
::थियो आशको जो नयाँ रूपदार ॥
{{pcn|(२२५)}}
झरे केशका स्वर्गका सुक्त दाना ।
::झझल्‌झल्‌ गरी बाहुमा गुड्नलाई ॥
हुँदा दुःख ज्याला दया भो बिहोश ।
::सबै चीज रुन्छन्‌ रुलाई मलाई ॥
{{pcn|(२२६)}}
परीकी तिनी फूल झैं दिव्य छोरी ।
::हरे ! विश्वकी मोहिनी आजलाई ॥
धरामा पछारी दिने क्रुर कर्म्म ।
::कहाँ लाग्छ माया निठूरी तँलाई ?
{{pcn|(२२७)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:53, 29 May 2025

This page has been proofread

पुगिन्‌ क्रोधले फन्फनाई विचेत ।
तिनी एकली ध्येय उद्देश्यहीना ॥
पुगिन्‌ पोखरीको नजीकै किनारा ।
त्यहाँ हाय ! लोटिन्‌ हरे ! ती बिचारा ॥
(२२२)

थियो चढ्नु जो स्वर्गको नै अटाली ।
जगत्‌की बनी एकली दिव्य रानी ॥
तिनी भारले दुःखकी झन्‌ विचेत ।
झरेको छ झर्‌ झर् जहाँ आज पानी ॥
(२२३)

दुवै नेत्र फर्की गरे झैं पुकारा ।
थिए नानिमा दुःख एकोहरा भै ॥
हिलोमा झरेकी तिनी फूल राम्री ।
हरे ! आँसु भर्छिन्‌ सफा चित्र हाम्रा ॥
(२२४)

कठै ! एकली हेर । बग्दो हिलामा ।
बरा ! कर्मले वैलिएकी तिनी छन्‌ ॥
हिलामा परेको छ सारा सिँगार ।
थियो आशको जो नयाँ रूपदार ॥
(२२५)

झरे केशका स्वर्गका सुक्त दाना ।
झझल्‌झल्‌ गरी बाहुमा गुड्नलाई ॥
हुँदा दुःख ज्याला दया भो बिहोश ।
सबै चीज रुन्छन्‌ रुलाई मलाई ॥
(२२६)

परीकी तिनी फूल झैं दिव्य छोरी ।
हरे ! विश्वकी मोहिनी आजलाई ॥
धरामा पछारी दिने क्रुर कर्म्म ।
कहाँ लाग्छ माया निठूरी तँलाई ?
(२२७)