Jump to content

Page:Champa.pdf/51: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कुलो श्रीकृष्ण चम्पाका निमित्त दिनदिन फैलिँदै भरिँदै जान लागे  
कुलो श्रीकृष्ण चाम्पाका निमित्त दिनदिनै फैलिँदै, भरिँदै जान लागे  
र तिनका स्रोतमा प्रशस्त जल बहन लाग्यो । त्यसउपर पनि अझ् विरोधी
र तिनका स्रोतमा प्रशस्त जल बहन लाग्यो । त्यसउपर पनि अझ विरोधि
समालोचना भयङ्कर टिप्पणी !
समालोचना, भयङ्कर टिप्पणी !


संसारमा मानिसहरूलाई राक्षस भन्नु न दैत्य । कति असहनशील  
संसारमा मानिसहरूलाई राक्षस भन्नु न दैत्य । कति असहनशील  
हुन्छन् तिनीहरू ल । अर्काले गरेको धर्मलाई समेत हँस्सी उडाउन  
हुन्छन् तिनीहरू ल । अर्काले गरेको धर्मलाई समेत हँस्सी उडाउन  
सक्ने यी-यी पापिनीहरू !
सक्ने यी पापिनीहरू !


श्रीकृष्णको चित्र बडो सुन्दर सिँगारेर चम्पाले आफ्नो  
श्रीकृष्णको चित्र बडो सुन्दर तवरले सिँगारेर चम्पाले आफ्नो  
कोठाभित्र सजिसजाउ टेबिलउपर राखेकी थिइन् ।  
कोठाभित्र सजिसजाएर टेबिलउपर राखेकी थिइन् । दिनदिनै माला
ज्यूनारको समय हुन्थ्यो, स्नानको,  
गाँस्दथिन् । पोशाक लगाइदिन्थिन् । ज्यूनारको समय हुन्थ्यो, स्नानको,  
सुकलाको सुसारको समेत । कल्पनाले ती सब चिज कृष्णको  
सुकलाको, सुसारको समेत । कल्पनाले ती सब चीज कृष्णको  
चित्रलाई सजीव बनाएर उनका साथमा सम्बन्धित राख्दथ्यो, जति को
चित्रलाई सजीव बनाएर उनका साथमा सम्बन्धित राख्दथ्थ्यो, जति चीजको
अभाव चम्पाको घरेलु जीवनको बैँसालु विकासमा उनी आफैँ भित्र-भित्र
अभाव चम्पाको घरेलु जीवनको बैँसालु विकासमा उनी आफैँ भित्रभित्र
अनुभव गर्ने गर्थिन् ।
अनुभव गर्ने गर्थिन् ।


उनलाई कहिले पूरा तवरले विश्वास लाग्दथ्यो कि ती कृष्णजी  
उनलाई कहिले पूरा तवरले विश्वास लाग्दथ्यो कि ती कृष्णजी  
चित्रबाट सजीव भएर जीवनकार पुरुषका स्वरूपमा चट्ट टेबिलबाट उर्लेर  
चित्रबाट सजीव भएर जीवनाकार पुरुषका स्वरूपमा चट्ट टेबिलबाट उर्लेर  
उनका बगलमा जुनेली रात बिताउन आउन सक्थे । सुन्दरतम मानव एक आदर्श-
उनका बगलमा जुनेली रात बिताउन सक्थे । सुन्दरतम मानव, एक आदर्श  
मानवीय, राजसी मानवीय-सब युगका स्त्रीहरूका निमित्त आवश्यकीय पाइनुमा  
मानवीय, राजसी मानवीय सब युगका स्त्रीहरूको निमित्त आवश्यकीय पाइनुमा  
नै धर्मको मुख्य आधार र आश्रय बनेको छ ।
नै धर्मको मुख्य आधार र आश्रय बनेको छ ।


चुम्बन, वन्दन, आत्मसमर्पण, छातीटँसाइ, खुसखुस कुरागराइ,  
चुम्बन, बन्धन, आत्मसमर्पण, छातीटँसाइ, खुसखुस कुरा गराइ,  
टहल, शुश्रूषा, स्वामीभावना इत्यादि सब भक्तिमार्गका शाखा पनि हुन् तथा  
टहल, शुश्रूषा, स्वामीभावना इत्यादि सब भक्तिमार्गका शाखा पनि हुन् तथा  
यौनभावमा प्रशाखास्वरूप पनि । यस काल्पनिक नाटकीय दाम्पत्यजीवनमा  
यौनभावमा प्रशाखास्वरुप पनि । यस काल्पनिक नाटकीय दाम्पत्यजीवनमा  
चम्पालाई ठुलो सोख बढ्दै गयो अरू तवरको अदृश आश्रयको  
चम्पालाई ठूलो शौक बढ्दै गयो अरू तवरको सदृश आश्रयको  
अभावले । यो पनि एक किसिमको व्यभिचार ता जरुर थियो, बुझ्न  
अभावले । यो पनि एक किसिमको व्यभिचार ता जरुर थियो, बुझ्न  
सक्नेहरूका निमित्त, किनकि सब सभ्य व्यभिचारजस्तो असन्तोष प्रेरित
सक्नेहरूका निमित्त; किनकि सब सभ्य व्यभिचारजस्तो असन्तोषप्रेरित
आकाङ्क्षाहरूको पूर्ति यहाँ पाइन्थ्यो । त्यस जीवन या पुरुष-धनीबाट  
आकाङ्क्षाहरूको पूर्ति यहाँ पाइन्थ्यो । त्यस जीवन या पुरुष धनीबाट  
जसमा समाज स्त्रीलाई सन्तुष्ट राख्न चाहन्थ्यो तर यो धर्म\समर्थित
जसमा समाज स्त्रीलाई सन्तुष्ट राख्न चाहन्थ्यो तर यो धर्मसमर्थित
व्यापारमा आदर्श पति प्रतिबिम्बताको आडमा पुरुषतर्फ कुनै दुर्भावना  
व्यापारमा आदर्श पति प्रतिबिम्बताको आडमा पुरुषतर्फ कुनै दुर्भावना  
गरिएको छ भन्नु फजुल थियो ।
गरिएको छ भन्नु फजुल थियो ।


चम्पाको, अरू नेपाली दलित अचेत या अर्धचेत या अर्धविकसित
चम्पाको, अरु नेपाली दलित अचेत या अर्द्धचेत या अर्द्धविकसित
स्त्रीहरूको झैँ व्यक्तित्व विकासको भरखर आरम्भ हुने चेष्टासम्म
स्त्रीहरूको झैँ व्यक्तित्व विकासको भर्खर आरम्भ हुने चेष्टासम्म

Latest revision as of 11:46, 20 June 2025

This page has been proofread

कुलो श्रीकृष्ण चाम्पाका निमित्त दिनदिनै फैलिँदै, भरिँदै जान लागे र तिनका स्रोतमा प्रशस्त जल बहन लाग्यो । त्यसउपर पनि अझ विरोधि समालोचना, भयङ्कर टिप्पणी !

संसारमा मानिसहरूलाई न राक्षस भन्नु न दैत्य । कति असहनशील हुन्छन् तिनीहरू ल । अर्काले गरेको धर्मलाई समेत हँस्सी उडाउन सक्ने यी पापिनीहरू !

श्रीकृष्णको चित्र बडो सुन्दर तवरले सिँगारेर चम्पाले आफ्नो कोठाभित्र सजिसजाएर टेबिलउपर राखेकी थिइन् । दिनदिनै माला गाँस्दथिन् । पोशाक लगाइदिन्थिन् । ज्यूनारको समय हुन्थ्यो, स्नानको, सुकलाको, सुसारको समेत । कल्पनाले ती सब चीज कृष्णको चित्रलाई सजीव बनाएर उनका साथमा सम्बन्धित राख्दथ्थ्यो, जति चीजको अभाव चम्पाको घरेलु जीवनको बैँसालु विकासमा उनी आफैँ भित्रभित्र अनुभव गर्ने गर्थिन् ।

उनलाई कहिले पूरा तवरले विश्वास लाग्दथ्यो कि ती कृष्णजी चित्रबाट सजीव भएर जीवनाकार पुरुषका स्वरूपमा चट्ट टेबिलबाट उर्लेर उनका बगलमा जुनेली रात बिताउन सक्थे । सुन्दरतम मानव, एक आदर्श मानवीय, राजसी मानवीय सब युगका स्त्रीहरूको निमित्त आवश्यकीय पाइनुमा नै धर्मको मुख्य आधार र आश्रय बनेको छ ।

चुम्बन, बन्धन, आत्मसमर्पण, छातीटँसाइ, खुसखुस कुरा गराइ, टहल, शुश्रूषा, स्वामीभावना इत्यादि सब भक्तिमार्गका शाखा पनि हुन् तथा यौनभावमा प्रशाखास्वरुप पनि । यस काल्पनिक नाटकीय दाम्पत्यजीवनमा चम्पालाई ठूलो शौक बढ्दै गयो अरू तवरको सदृश आश्रयको अभावले । यो पनि एक किसिमको व्यभिचार ता जरुर थियो, बुझ्न सक्नेहरूका निमित्त; किनकि सब सभ्य व्यभिचारजस्तो असन्तोषप्रेरित आकाङ्क्षाहरूको पूर्ति यहाँ पाइन्थ्यो । त्यस जीवन या पुरुष धनीबाट जसमा समाज स्त्रीलाई सन्तुष्ट राख्न चाहन्थ्यो । तर यो धर्मसमर्थित व्यापारमा आदर्श पति प्रतिबिम्बताको आडमा पुरुषतर्फ कुनै दुर्भावना गरिएको छ भन्नु फजुल थियो ।

चम्पाको, अरु नेपाली दलित अचेत या अर्द्धचेत या अर्द्धविकसित स्त्रीहरूको झैँ व्यक्तित्व विकासको भर्खर आरम्भ हुने चेष्टासम्म