Jump to content

Page:Champa.pdf/52: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो । यसको अभाव शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब एक चिज हुँ भन्दछ, र अरू चिजसँग लड्न थाल्दछ, ऊ केही न केही बन्न..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो यसको अभाव शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब एक चिज हुँ भन्दछ, र अरू चिजसँग लड्न थाल्दछ, ऊ केही न केही बन्न जान्दछ । जब ऊ सब किसिमको चिजमा एकाकार रहन्छ या सब मतको समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालका रूपमा रहन्छ । मत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो । आज्ञाकारिताको विष्णु सहस्रनाम सबैले लेखेका छन् तर केवल झकाइ र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाका निमित्त, प्रकृतिका नियमले नै, जीवनको सर्वस्वाभाविक सब क्रिया र गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको निन्याउरो मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न खोज्दथिन् तर चम्पा डराउँथिन्, उनमा संस्कारहरू भयङ्कर थिए । पूर्वजन्मका भीषण कीटाणुहरू, पुस्तानपुस्ताका विषाक्त वाष्पहरू क्रियाशील थिए । उनी अझै परिस्थितिकी दासी थिइन् तर प्रकृतिले उनलाई वर्ड्स्वर्थकी लुसीलाई झैँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने आवश्यकीय जीव शिक्षाको पाठशालामा एक कदम अगाडि बढाउने चेष्टा गरिरहेकी थिइन् ।
देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो, यसको अभाव  
शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब  
एक चीज हुँ भन्दछ, र अरू चीजसँग लड्न थाल्दछ, ऊ केही न केही  
बन्न जान्दछ । जब ऊ सब किसिमको चीजमा एकाकार रहन्छ या सब मतको  
समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालको रूपमा रहन्छ ।  
महत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो ।  
आज्ञाकारिताको विष्णुसहस्रनाम सबैले लेखेका छन् तर केवल  
झुकाई र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाको
निमित्त, प्रकृतिका नियमले नै जीवनको सर्वस्वभाविक सब क्रिया र  
गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको निन्याउरो  
मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न  
खोज्दथिन् तर चम्पा डराउँदथिन्, उनमा संस्कारहरू भयङ्कर थिए ।  
पूर्वजन्मका भीषण कीटाणुहरू, पुस्तान पुस्ताका विषाक्त वाष्पहरू क्रियाशील  
थिए । उनी अझै परिस्थितिकी दासी थिइन् तर प्रकृतिले उनलाई  
वर्ड्सवर्थको लुसीलाई झैँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने  
आवश्यकीय जीव शिक्षाको पाठशालामा एकदम अगाडि बढाउने चेष्टा  
गरिरहेकी थिइन् ।


तब यस्तैमा एक दिन उनको सासूसँग घनघोर झगडा पर्‍यो ।
तब यस्तैमा एक दिन उनको सासूसँग घनघोर झगडा पर्‍यो ।


"ए कान्छी !"
"ए कान्छी !" चम्पाले आधा सुनिन् ।


चम्पाले आधा सुनिनन् ।
"अझ सुन्दिन ! भर्खर गुनगुनाइरहेकी थिई !"


"अझ सुन्दिन ! भर्खर गुनगुनाइरहेकी थिइन "
"आ" चम्पाले आङ कर्काइन् । रातको एघार बजेको छ


"अ३"- चम्पाले आङ कर्काइन् । रातको एघार बजेको छ ।
"ए चम्पा ! तेरो कान छैन ? अझ बोल्दिनस् अजिर्नी ?"


"एक चम्पा ! तेरो कान छैन ! अझ बोल्दिनस् अजिर्नी ?"
चम्पा सासूको कोठामा फन्किँदै पसिन् रिसले । बुढियाको
पिँडौलामा घिउ घस्नु थियो ।


चम्पा सासूको कोठामा फन्किँदै पसिन्-रिसले बुढियाको पिँडौलामा घिउ घस्नु थियो ।
"आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !"


"आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !"
"कस्तो घिउ घस्नुपर्‍यो… पहाडीको पिँडौला"


"कस्तो घिउ घस्नुपर्‍यो ….. पहाडीका पिँडौला "
च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मनमनै भनेँ
भन्ठानेकी थिइन् । बस् ! बज्र चड्क्यो


च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मन-मनमै भने भन्ठानेकी थिइन् । बस् ! वज्र चड्क्यो ।
"के भनिस् चोथाले ? च्यात्नुपर्‍यो बेस्सेका गाला ?"


"के भनिस् चोथाले ? च्यात्नुपर्‍यो वेश्येका गाला ?"
"बेस्से भन्नुपर्दैन आर्कालाई ! हामीले को नाठा खेला

Latest revision as of 11:50, 20 June 2025

This page has been proofread

देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो, यसको अभाव शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब एक चीज हुँ भन्दछ, र अरू चीजसँग लड्न थाल्दछ, ऊ केही न केही बन्न जान्दछ । जब ऊ सब किसिमको चीजमा एकाकार रहन्छ या सब मतको समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालको रूपमा रहन्छ । महत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो । आज्ञाकारिताको विष्णुसहस्रनाम सबैले लेखेका छन् । तर केवल झुकाई र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाको निमित्त, प्रकृतिका नियमले नै जीवनको सर्वस्वभाविक सब क्रिया र गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको निन्याउरो मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न खोज्दथिन् तर चम्पा डराउँदथिन्, उनमा संस्कारहरू भयङ्कर थिए । पूर्वजन्मका भीषण कीटाणुहरू, पुस्तान पुस्ताका विषाक्त वाष्पहरू क्रियाशील थिए । उनी अझै परिस्थितिकी दासी थिइन् । तर प्रकृतिले उनलाई वर्ड्सवर्थको लुसीलाई झैँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने आवश्यकीय जीव शिक्षाको पाठशालामा एकदम अगाडि बढाउने चेष्टा गरिरहेकी थिइन् ।

तब यस्तैमा एक दिन उनको सासूसँग घनघोर झगडा पर्‍यो ।

"ए कान्छी !" चम्पाले आधा सुनिन् ।

"अझ सुन्दिन ! भर्खर गुनगुनाइरहेकी थिई !"

"आ" चम्पाले आङ कर्काइन् । रातको एघार बजेको छ ।

"ए चम्पा ! तेरो कान छैन ? अझ बोल्दिनस् अजिर्नी ?"

चम्पा सासूको कोठामा फन्किँदै पसिन् रिसले । बुढियाको पिँडौलामा घिउ घस्नु थियो ।

"आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !"

"कस्तो घिउ घस्नुपर्‍यो… पहाडीको पिँडौला"

च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मनमनै भनेँ भन्ठानेकी थिइन् । बस् ! बज्र चड्क्यो ।

"के भनिस् चोथाले ? च्यात्नुपर्‍यो बेस्सेका गाला ?"

"बेस्से भन्नुपर्दैन आर्कालाई ! हामीले को नाठा खेला