Page:Champa.pdf/32: Difference between revisions
→Not proofread: Created page with "यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर फर्के …… रामकान्तले सिन्दूर जात्र गरेर घर भित्र्याए । ठुलो भाग्यले छोरो बच्यो भन्ने ठुलो हर्ष भयो । भोलिपल्ट खसी ढल्यो । डाक्टरले अब मासु, माछा..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर | यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर फर्के… रामकान्तलाई | ||
सिन्दूरे जात्र गरेर घर भित्र्याए । ठूलो भाग्यले छोरो बाँच्यो | |||
भन्ने ठूलो हर्ष भयो । भोलिपल्ट खसी ढल्यो । डाक्टरले अब मासु, | |||
माछा सारा फुकाइदिएको थियो तर सुवासिनीदेखि परहेज राख्ने कुरामा | |||
जोड दिएको थियो । | |||
रामकान्त गजबसँग मोटाएका थिए । खुब | रामकान्त गजबसँग मोटाएका थिए । खुब लाललाल गाला हालेका | ||
थिए । टाउको डब्बल देखिन्थ्यो । मान्छेको चोला नै फेरिएको | |||
थियो । अब सबको मुटु ढुक्क थियो – रामकान्त बाँच्यो । | |||
एक | एक हप्ताबाट रामकान्त साथीभाइकहाँ जानु, डुलाडाल गर्नु, | ||
हँस्सीठट्टामा भाग लिनु सब चीज गर्न लागे । | |||
बराबर चम्पा कोठाभित्र पस्दथिन् । एक कोठा दिइएको थिएन तापनि उनलाई बराबर आउने जाने कुरामा ज्यादा रोकावट राखिएको थिएन । यस आवतजावतमा खतरा जरुर थियो । | बराबर चम्पा कोठाभित्र पस्दथिन् । एक कोठा दिइएको थिएन | ||
तापनि उनलाई बराबर आउने-जाने कुरामा ज्यादा रोकावट राखिएको | |||
थिएन । यस आवतजावतमा खतरा जरुर थियो । आमाचाहिँनीका आँखा | |||
देख्थे । तर उनले च्वाट्ट मुख फोर्न सकिनन्– छोराको डरले । | |||
बुहारी चम्पालाई होशियारी मात्र दिएकी थिइन् – त्यस्तै छोरालाई पनि | |||
तर रामकान्त आफैँ बराबर काम अर्हाउन बोलाउँथे । | |||
विवाहको जखडबन्धले बाँधिएको प्रफुल्ल बैँस | विवाहको जखडबन्धले बाँधिएको प्रफुल्ल बैँस | ||
आत्मप्रकाशनको अभावमा आफ्नो चुत्थो उपायतिर पनि बराबर लहसिन | |||
खोज्दथ्यो । प्रेमबिनाको पतिलाई नाटकीय नमूना बनाएर सिनेमा | |||
खेल्न चाहन्थ्यो । फिल्मस्टारको चरित्रको प्रारम्भतर्फ अग्रसर थियो । | |||
ऋषिमुनि मशीहाले "ह्या" भनिदिँदा लाखौँ प्रकृतिका स्वाभाविक गतिहरू | |||
रुद्ध भएर स्वाभाविक प्रकाशनदेखि खुम्चिन्छन् । प्रेमदेखि डराउँछन् | |||
र विवाहित जीवनको पतिपत्नीसम्बन्धी आखिरी नाटकीय आश्रयको मात्र आधार | |||
लिन्छन् । तर पतिपत्नीको घरेलु प्रेमलीला अभिनय मात्र हो, यथार्थ | |||
प्रेमको जीवन होइन । यसभन्दा सजिलो फिल्मस्टारी आकाङ्क्षाको | |||
पूर्ति हम्मेसि पाइँदैन । यसकारण विवाहिताहरू लोग्नेसँग प्रेमको | |||
नाटकीय रङ्ग पाएर सन्तोष लिने कोशिश गर्छन् । | |||
वसन्त ऋतुको समयमा एक दिन रामकान्तले चम्पासँग भने, "कीचक | वसन्त ऋतुको समयमा एक दिन रामकान्तले चम्पासँग भने, | ||
"कीचक ! तिमी यस्तो हलक्क बढौलीजस्तो लाग्या थिएन मलाई । के | |||
विघ्न सप्रेकी ! हाम्रो घरको खाना त, पहाडिया भए पनि , हँ ?" | |||
चम्पा | चम्पा, "कीचक किन मर्जी भा होला ? राम्रो नाम पनि नभा |
Latest revision as of 19:06, 17 June 2025
यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर फर्के… रामकान्तलाई सिन्दूरे जात्र गरेर घर भित्र्याए । ठूलो भाग्यले छोरो बाँच्यो भन्ने ठूलो हर्ष भयो । भोलिपल्ट खसी ढल्यो । डाक्टरले अब मासु, माछा सारा फुकाइदिएको थियो तर सुवासिनीदेखि परहेज राख्ने कुरामा जोड दिएको थियो ।
रामकान्त गजबसँग मोटाएका थिए । खुब लाललाल गाला हालेका थिए । टाउको डब्बल देखिन्थ्यो । मान्छेको चोला नै फेरिएको थियो । अब सबको मुटु ढुक्क थियो – रामकान्त बाँच्यो ।
एक हप्ताबाट रामकान्त साथीभाइकहाँ जानु, डुलाडाल गर्नु, हँस्सीठट्टामा भाग लिनु सब चीज गर्न लागे ।
बराबर चम्पा कोठाभित्र पस्दथिन् । एक कोठा दिइएको थिएन तापनि उनलाई बराबर आउने-जाने कुरामा ज्यादा रोकावट राखिएको थिएन । यस आवतजावतमा खतरा जरुर थियो । आमाचाहिँनीका आँखा देख्थे । तर उनले च्वाट्ट मुख फोर्न सकिनन्– छोराको डरले । बुहारी चम्पालाई होशियारी मात्र दिएकी थिइन् – त्यस्तै छोरालाई पनि तर रामकान्त आफैँ बराबर काम अर्हाउन बोलाउँथे ।
विवाहको जखडबन्धले बाँधिएको प्रफुल्ल बैँस आत्मप्रकाशनको अभावमा आफ्नो चुत्थो उपायतिर पनि बराबर लहसिन खोज्दथ्यो । प्रेमबिनाको पतिलाई नाटकीय नमूना बनाएर सिनेमा खेल्न चाहन्थ्यो । फिल्मस्टारको चरित्रको प्रारम्भतर्फ अग्रसर थियो । ऋषिमुनि मशीहाले "ह्या" भनिदिँदा लाखौँ प्रकृतिका स्वाभाविक गतिहरू रुद्ध भएर स्वाभाविक प्रकाशनदेखि खुम्चिन्छन् । प्रेमदेखि डराउँछन् र विवाहित जीवनको पतिपत्नीसम्बन्धी आखिरी नाटकीय आश्रयको मात्र आधार लिन्छन् । तर पतिपत्नीको घरेलु प्रेमलीला अभिनय मात्र हो, यथार्थ प्रेमको जीवन होइन । यसभन्दा सजिलो फिल्मस्टारी आकाङ्क्षाको पूर्ति हम्मेसि पाइँदैन । यसकारण विवाहिताहरू लोग्नेसँग प्रेमको नाटकीय रङ्ग पाएर सन्तोष लिने कोशिश गर्छन् ।
वसन्त ऋतुको समयमा एक दिन रामकान्तले चम्पासँग भने, "कीचक ! तिमी यस्तो हलक्क बढौलीजस्तो लाग्या थिएन मलाई । के विघ्न सप्रेकी ! हाम्रो घरको खाना त, पहाडिया भए पनि , हँ ?"
चम्पा, "कीचक किन मर्जी भा होला ? राम्रो नाम पनि नभा