Jump to content

Page:Champa.pdf/22: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बूढाथोकीको वचनले हुन्छ ?” रामकान्त जाग्यो । “अझ अप्सरा जस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु !..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बूढाथोकीको वचनले हुन्छ ?रामकान्त जाग्यो
तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर  
हुन्छ ? बुढाथोकीको वचनले हुन्छ ?" रामकान्त जागे


“अझ अप्सरा जस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु ! जान त, तँ आँफै खोजेर ले ।”
"अझ अप्सराजस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग  
पो जाग्न आउँदो रहेछ, नाथु ! जान त, तँ आफैं खोजेर ले ।"


यति वचन सुनेपछि रामकान्तलाई कन्या नराम्री रहिछन् भन्ने त भएन । अप्सरा जस्ती ! फस्ट किलास ! लाखमा रोजा ! बेश ……… तर ती बकहरूलाई अप्सराको कल्पनै छैन ! …….. अस्तु ! ………….
यति वचन सुनेपछि रामकान्तलाई कन्या नराम्री रहिछन् भन्ने त  
भएन । अप्सराजस्ती ! फस्ट किलास ! लाखमा रोजा ! बेस … तर ती बकहरूलाई  
अप्सराको कल्पनै छैन ! अस्तु !


रामकान्तले कन्या हेर्न जाने निश्चय गरे …….. साथीको मोटर साइकिल मागेर भडभडाउँदै वाग्मतीपारि पुगे । एक पसलमा मोटर साइकिल राखेर सिगरेट किने । हेर्न भाडा पसलेलाई दिए र श्रीकान्त सुब्बाको घरको बोटो सोधेर अन्दाज गरिएको वरिपरि एक चक्कर लगाउन थाले । घरको पछाडिपट्टि पुग्नासाथ उनले होचो पर्खालबाट साना साना ठिटीहरू खेल्न लागेका देखे ।
रामकान्तले कन्या हेर्न जाने निश्चय गरे… साथीको मोटरसाइकिल
मागेर भडभडाउँदै वाग्मतीपारि पुगे । एक पसलमा मोटरसाइकिल राखेर  
सिगरेट किने । हेर्ने भाडा पसलेलाई दिए र श्रीकान्त सुब्बाको घरको  
बोटो सोधेर अन्दाज गरिएको वरिपरि एक चक्कर लगाउन थाले । घरको  
पछाडिपट्टि पुग्नासाथ उनले होचो पर्खालबाट सानासाना ठिटीहरू खेल्न  
लागेका देखे ।


बगैँचा रमणीय थियो ……. सुन्तला, हलुवावेद, भोगटे, मोसम, इत्यादिका प्रशस्त रुखहरू थिए । जाईका झांगहरू पनि देखिन्थे । एउटा ओखरको हाँगाबाट डोरी झुण्ड्याइएको थियो । काम्रो भएको मोटो पीङ मच्चाउने काममा ठिटीहरू सोरसराधमै दशैंको पूर्वस्मरण गरिरहेका थिए ।
बगैँचा रमणीय थियो… सुन्तला, हलुवावेद, भोगटे, मोसम,  
इत्यादिका प्रशस्त रूखहरू थिए । जाईका झाङहरू पनि देखिन्थे । एउटा  
ओखरको हाँगाबाट डोरी झुण्ड्याइएको थियो । काम्रो भएको मोटो  
पीङ मच्चाउने काममा ठिटीहरू सोर्‍हश्राद्धमै दशैँको पूर्वस्मरण गरिरहेका
थिए ।


एक ठिटी भन्न लागेकी थिई “दशैमा ता चम्पानानीको बिहा बाबै !
एक ठिटी भन्न लागेकी थिई, "दशैँमा ता चम्पानानीको बिहा बाबै !"


आर्कीले उत्तर दिई, “अँ ? हो ! ………. दधैंमा बिहे गर्छ कोही ?
आर्कीले उत्तर दिई, "अँ ? हो ! … दशैँमा बिहे गर्छ  
कोही ?"


तेस्रीले भनी, “त्यस्तो कुरा गरे हामी यहाँ खेल्दै न खेल्ने ! बुवालाई बिन्ति चढाएर पीङ काट्न नलाईकन, पख ! नकच्चरीहरूहो !
तेस्रीले भनी, "त्यस्तो कुरा गरे हामी यहाँ खेल्दै  
नखेल्ने ! बुबालाई बिन्ति चढाएर पीङ काट्न नलाईकन, पख !  
कच्चरीहरूहो !"


रामकान्तले पर्खालको प्वालबाट चियाएर हेरे । ती तेस्री केटी उनीतर्फ सामुमा फर्केकी थिइन् । तिनको नाम चम्पा रहेछ ।
रामकान्तले पर्खालको प्वालबाट चियाएर हेरे । ती तेस्री केटी  
उनी- तरफ सामुमा फर्केकी थिइन् । तिनको नाम चम्पा रहेछ ।


रामकान्तले आँखाले परीक्षा गर्दै मनमनै भने, “चिनिया कदको भन्न त अलि सुहाउँदैन, बा ! यिनी जरुर बढालू छन् । अग्ली गोरीमाको हुन् । भेनेशियन सुन्दरी ! ……… यो ककेसियन् टाईपकी । म चाहान्छु आफू जस्ती
रामकान्तले आँखाले परीक्षा गर्दै मनमनै भने– "चिनियाँ कदकी
भन्न त अलि सुहाउँदैन, बा ! यिनी जरुर बढालु छन् । अग्ली गोरीमाको  
भेनेशियन सुन्दरी ! यो ककेसियन टाइपकी । म चाहान्छु आफूजस्ती

Latest revision as of 11:50, 15 June 2025

This page has been proofread

तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बुढाथोकीको वचनले हुन्छ ?" रामकान्त जागे ।

"अझ अप्सराजस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु ! जान त, तँ आफैं खोजेर ले ।"

यति वचन सुनेपछि रामकान्तलाई कन्या नराम्री रहिछन् भन्ने त भएन । अप्सराजस्ती ! फस्ट किलास ! लाखमा रोजा ! बेस … तर ती बकहरूलाई अप्सराको कल्पनै छैन ! … अस्तु … !

रामकान्तले कन्या हेर्न जाने निश्चय गरे… साथीको मोटरसाइकिल मागेर भडभडाउँदै वाग्मतीपारि पुगे । एक पसलमा मोटरसाइकिल राखेर सिगरेट किने । हेर्ने भाडा पसलेलाई दिए र श्रीकान्त सुब्बाको घरको बोटो सोधेर अन्दाज गरिएको वरिपरि एक चक्कर लगाउन थाले । घरको पछाडिपट्टि पुग्नासाथ उनले होचो पर्खालबाट सानासाना ठिटीहरू खेल्न लागेका देखे ।

बगैँचा रमणीय थियो… सुन्तला, हलुवावेद, भोगटे, मोसम, इत्यादिका प्रशस्त रूखहरू थिए । जाईका झाङहरू पनि देखिन्थे । एउटा ओखरको हाँगाबाट डोरी झुण्ड्याइएको थियो । काम्रो भएको मोटो पीङ मच्चाउने काममा ठिटीहरू सोर्‍हश्राद्धमै दशैँको पूर्वस्मरण गरिरहेका थिए ।

एक ठिटी भन्न लागेकी थिई, "दशैँमा ता चम्पानानीको बिहा बाबै !"

आर्कीले उत्तर दिई, "अँ ? हो ! … दशैँमा बिहे गर्छ कोही ?"

तेस्रीले भनी, "त्यस्तो कुरा गरे हामी यहाँ खेल्दै नखेल्ने ! बुबालाई बिन्ति चढाएर पीङ काट्न नलाईकन, पख ! कच्चरीहरूहो !"

रामकान्तले पर्खालको प्वालबाट चियाएर हेरे । ती तेस्री केटी उनी- तरफ सामुमा फर्केकी थिइन् । तिनको नाम चम्पा रहेछ ।

रामकान्तले आँखाले परीक्षा गर्दै मनमनै भने– "चिनियाँ कदकी भन्न त अलि सुहाउँदैन, बा ! यिनी जरुर बढालु छन् । अग्ली गोरीमाको भेनेशियन सुन्दरी ! … यो ककेसियन टाइपकी । म चाहान्छु आफूजस्ती