Page:Laxmi nibandhasangraha.pdf/196: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
त्यस्तालाई हामी चालिस–पचास रुपियाँ थपेर 'जा बाबू,संसारको यात्रा | |||
गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो | गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो त मानव आत्माले खतरासम्म | ||
खोजेको पो ! | खोजेको पो ! महिनाभरि एक सय असी घण्टा बाँधिएर सधैं उस्तै गरी | ||
आइरहने बोधो तलब लिनुमा के मोहनी छ | आइरहने बोधो तलब लिनुमा के मोहनी छ ? डब्लिने, तेब्रिने, चौबर, | ||
पचबर हुने | पचबर हुने औपन्यासिक्ता तिब्र कल्पना वालाले खोज्दछ । रुपियाँको | ||
पनि त बाकसमा | पनि त बाकसमा कुइरहने जीवन होइन । सडल–पडलपन अहंमानी | ||
प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको | प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको | ||
कानेखुसी | कानेखुसी गर्दछिन् र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक | ||
मुरी सुनौला बाली हात | मुरी सुनौला बाली हात लगाऊँ भन्ने प्रवृत्ति प्रशंसनीय नै छ । | ||
बाबुआमाहरु झन् भयङ्कर जुवा खेलिरहेकै थिए । परमेश्वरले | |||
मनुष्य–जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य | |||
क्षणरत्नहरु उनीहरु हरहमेशा फ्याँकिरहेछन् र बडो बोहोशीसँग । आफ्नो | |||
दाउसम्म पनि | दाउसम्म पनि उनीहरुलाई याद छैन । उनीहरु जथाभावी थापिदिन्छन् । | ||
पुत्ररुपी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन् । पुरानो खतराहीन | |||
बाटोमा लगाउन | बाटोमा लगाउन चाहन्छन् । भीरुता आफैं दण्ड पाउँछ; बागी बुद्धि | ||
जीवन खोज्दछ र | जीवन खोज्दछ र ठट्टाउँदा अक्षरहरुलाई छोडेर खतराको क्षेत्रमा दगुर्दछ । | ||
चार–पाँच जना ग्य्राजुएटहरु या पण्डितहरु एक–एक रुपियाँ | |||
साटेर एउटा छिंडीमा | साटेर एउटा छिंडीमा जुवा खेल्न बसून् र चुड्किला गफहरु गरुन् । | ||
कौडकिो उलटपुलटउपर राम्रा–राम्रा श्लोकहरु निकालून्, भाग्यको लहडी | |||
खेलउपर अध्ययनका नजर | खेलउपर अध्ययनका नजर लगाऊन् र आफ्नो सर्वस्व गुमेको र डब्लिएको | ||
उपर समालोचना गर्दै | उपर समालोचना गर्दै आऊन् । यो पनि एक किसिमको मजा हुन्छ । | ||
पण्डित लेखनाथ | पण्डित लेखनाथ पौड्यालले जुवा नखेलेको भए त्यो राम्रो चुड्किलो | ||
बहुमूल्य नाटक ' | बहुमूल्य नाटक 'लक्ष्मी–पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा | ||
आउने थिएन । ' | आउने थिएन । 'जुवा खेलेको छ, जुवा खराब हो, जुवा खेल्नलाई | ||
साथीभाइलाई बोलाउनु | साथीभाइलाई बोलाउनु आत्म–विरोध जस्तो देखिन्छ तर सबै विरोधहरु | ||
तेस्रो | तेस्रो तत्वमा साम्य पाउँछन् ।' उहाँ कौडी पनि हान्नु हुन्थ्यो र बराबर | ||
आफ्ना चुड्किला | आफ्ना चुड्किला श्लोकहरु सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा | ||
खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस | खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस | ||
आनन्दलाई साहित्यिक बनाउन | आनन्दलाई साहित्यिक बनाउन सक्नुमा तारिफ थियो, वहाँ रुपियाँलाई | ||
सेता | सेता मौरी र पैसालाई राता मौरी भन्नु हुन्थ्यो; उहाँका नजरमा तिनीहरुका | ||
पखेटा थिए र | पखेटा थिए र उड्दथे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको |
Latest revision as of 10:35, 21 June 2025
त्यस्तालाई हामी चालिस–पचास रुपियाँ थपेर 'जा बाबू,संसारको यात्रा गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो त मानव आत्माले खतरासम्म खोजेको पो ! महिनाभरि एक सय असी घण्टा बाँधिएर सधैं उस्तै गरी आइरहने बोधो तलब लिनुमा के मोहनी छ ? डब्लिने, तेब्रिने, चौबर, पचबर हुने औपन्यासिक्ता तिब्र कल्पना वालाले खोज्दछ । रुपियाँको पनि त बाकसमा कुइरहने जीवन होइन । सडल–पडलपन अहंमानी प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको कानेखुसी गर्दछिन् र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक मुरी सुनौला बाली हात लगाऊँ भन्ने प्रवृत्ति प्रशंसनीय नै छ ।
बाबुआमाहरु झन् भयङ्कर जुवा खेलिरहेकै थिए । परमेश्वरले मनुष्य–जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य क्षणरत्नहरु उनीहरु हरहमेशा फ्याँकिरहेछन् र बडो बोहोशीसँग । आफ्नो दाउसम्म पनि उनीहरुलाई याद छैन । उनीहरु जथाभावी थापिदिन्छन् । पुत्ररुपी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन् । पुरानो खतराहीन बाटोमा लगाउन चाहन्छन् । भीरुता आफैं दण्ड पाउँछ; बागी बुद्धि जीवन खोज्दछ र ठट्टाउँदा अक्षरहरुलाई छोडेर खतराको क्षेत्रमा दगुर्दछ ।
चार–पाँच जना ग्य्राजुएटहरु या पण्डितहरु एक–एक रुपियाँ साटेर एउटा छिंडीमा जुवा खेल्न बसून् र चुड्किला गफहरु गरुन् । कौडकिो उलटपुलटउपर राम्रा–राम्रा श्लोकहरु निकालून्, भाग्यको लहडी खेलउपर अध्ययनका नजर लगाऊन् र आफ्नो सर्वस्व गुमेको र डब्लिएको उपर समालोचना गर्दै आऊन् । यो पनि एक किसिमको मजा हुन्छ । पण्डित लेखनाथ पौड्यालले जुवा नखेलेको भए त्यो राम्रो चुड्किलो बहुमूल्य नाटक 'लक्ष्मी–पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा आउने थिएन । 'जुवा खेलेको छ, जुवा खराब हो, जुवा खेल्नलाई साथीभाइलाई बोलाउनु आत्म–विरोध जस्तो देखिन्छ तर सबै विरोधहरु तेस्रो तत्वमा साम्य पाउँछन् ।' उहाँ कौडी पनि हान्नु हुन्थ्यो र बराबर आफ्ना चुड्किला श्लोकहरु सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस आनन्दलाई साहित्यिक बनाउन सक्नुमा तारिफ थियो, वहाँ रुपियाँलाई सेता मौरी र पैसालाई राता मौरी भन्नु हुन्थ्यो; उहाँका नजरमा तिनीहरुका पखेटा थिए र उड्दथे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको