Page:Laxmi nibandhasangraha.pdf/106: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्, न त | टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्, न त | ||
थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै | थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पर्यो । पादचारीहरूको | ||
अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्तै | |||
सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी जुँघामा ताउ | सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी जुँघामा ताउ | ||
लगाएर फेरि एक हात कम्मरमा अड्याएर | लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रेझोक्रूवा मिजासको | ||
जन्तुलाई पयरको | जन्तुलाई पयरको ऐंडी र लगामको झटारोले अगाडि बढाउँथे– लिखे | ||
टुकुर टुक्रमा | टुकुर टुक्रमा– र यो मीठो चैतन्य उनमाथि गद्गदाएर चढ्थ्यो कि | ||
हजारौं गोडाहरू उचालिँदै पछारिँदै ठक्कर-ठेस खाँदै वाहनबिना | |||
बागबजारको सडकमा रंगमगिइरहेछन् । | बागबजारको सडकमा रंगमगिइरहेछन् । | ||
जुन दिनको हामी उपाख्यान | जुन दिनको हामी उपाख्यान गरिरहेछौं उस दिन जुँघामा ताउ | ||
लगाएर यस्तै रसिला तरङ्गहरू मनमा भरिएका हाम्रा भिषगराज | लगाएर यस्तै रसिला तरङ्गहरू मनमा भरिएका हाम्रा भिषगराज | ||
बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर | बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर | ||
आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले | आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले | ||
धम्मरधुस घोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै ल्याएको | |||
रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर | रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर | ||
स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न | स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न झुसमुसे दाढीवाल | ||
कविराजलाई देख्यो, न उहाँको गधघामुखे | कविराजलाई देख्यो, न उहाँको गधघामुखे वाहनलाई, हामी निश्चित | ||
तवरले भन्न सक्तैनौं । दुईतर्फबाट यस कुराको फैसला हन सक्तैन । तर | |||
त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको | त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको | ||
भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको | भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको | ||
गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको | गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको | ||
छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात् वनको बाघ | छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात् वनको बाघ | ||
आएझैं डर पसेर सातो-पुत्लो उडेको बेलामा कहिले उत्तरतिर, कहिले | |||
दक्षिणतिर, कहिले | दक्षिणतिर, कहिले स्ट्याच्यूतिर, कहिले बिजुली-अड्डातिर सहारा खोज्न | ||
रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै | रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै | ||
टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने | टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने– तर भाग्यवश | ||
सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे | सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे– तैपनि त्यस | ||
बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन् | बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन् रन्थनिएछ– | ||
कति सय | अनि सबउपर त्यसै बेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि | ||
दिँदै भ्वाँक् ! भ्वाँक् | कति सय उनसठ्ठी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न | ||
दिँदै भ्वाँक् ! भ्वाँक् !! भ्याँक् !" गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा |
Latest revision as of 16:41, 18 February 2025
टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्, न त थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पर्यो । पादचारीहरूको अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्तै सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी जुँघामा ताउ लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रेझोक्रूवा मिजासको जन्तुलाई पयरको ऐंडी र लगामको झटारोले अगाडि बढाउँथे– लिखे टुकुर टुक्रमा– र यो मीठो चैतन्य उनमाथि गद्गदाएर चढ्थ्यो कि हजारौं गोडाहरू उचालिँदै पछारिँदै ठक्कर-ठेस खाँदै वाहनबिना बागबजारको सडकमा रंगमगिइरहेछन् ।
जुन दिनको हामी उपाख्यान गरिरहेछौं उस दिन जुँघामा ताउ लगाएर यस्तै रसिला तरङ्गहरू मनमा भरिएका हाम्रा भिषगराज बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले धम्मरधुस घोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै ल्याएको रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न झुसमुसे दाढीवाल कविराजलाई देख्यो, न उहाँको गधघामुखे वाहनलाई, हामी निश्चित तवरले भन्न सक्तैनौं । दुईतर्फबाट यस कुराको फैसला हन सक्तैन । तर त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात् वनको बाघ आएझैं डर पसेर सातो-पुत्लो उडेको बेलामा कहिले उत्तरतिर, कहिले दक्षिणतिर, कहिले स्ट्याच्यूतिर, कहिले बिजुली-अड्डातिर सहारा खोज्न रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने– तर भाग्यवश सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे– तैपनि त्यस बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन् रन्थनिएछ– अनि सबउपर त्यसै बेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि कति सय उनसठ्ठी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न दिँदै भ्वाँक् ! भ्वाँक् !! भ्याँक् !" गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा