Jump to content

Page:Laxmi nibandhasangraha.pdf/82: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मानिसलाई पनि जब उत्तेजित भावले छुन्छ, तब तिनीहरूका उच्चारणमा
मानिसलाई पनि जब उत्तेजित भावले छुन्छ, तब तिनीहरूका उच्चारणमा
विचित्र रसको प्रादुर्भाव हुन्छ । मानिसका रुवाइमा सबैँ कविता हुन्छ,
विचित्र रसको प्रादुर्भाव हुन्छ । मानिसका रुवाइमा सधैं कविता हुन्छ,
त्यस्तै सच्चा उल्लासमा । हामी कविता बनाउन चाहन्छौं, निकाल्न
त्यस्तै सच्चा उल्लासमा । हामी कविता बनाउन चाहन्छौं, निकाल्न
चाहँदैनौं । यिनीहरू बनाउँदैनन्‌, भित्रैबाट झिक्तछन्‌ । हाम्रो शब्दको
चाहँदैनौं । यिनीहरू बनाउँदैनन्‌, भित्रैबाट झिक्तछन्‌ । हाम्रो शब्दको
चातुरी छ, यिनको भावको माधुरी । जडाउरी शब्दका माला गाँस्ने
चातुरी छ, यिनको भावको माधुरी । जडाउरी शब्दका माला गाँस्ने
कविहरू मसँग आषाढको पन्धमा आउन्‌ ।चर्को कृत्रिम रङ्ग चढाउन
कविहरू मसँग आषाढको पन्धमा आऊन्‌ । चर्को कृत्रिम रङ्ग चढाउन
खोज्नेलाई पनि, मेरो निमन्त्रणा छ । म दही-चिउरा खुबाउन चाहन्नँ,
खोज्नेलाई पनि, मेरो निमन्त्रणा छ । म दही-चिउरा खुवाउन चाहन्नँ,
गीत सुनाउन चाहन्छु ।
गीत सुनाउन चाहन्छु ।


हाम्रो तलतिर रोपाइँ पनि चलिरहेको थियो, केही खेलबहाड
हाम्रो तलतिर रोपाइँ पनि चलिरहेको थियो, केही खेलबहाड
पनि । साथसाधमा एउटीले अर्कीलाई अलिकति हातको हिलो छ्यापिदिइन्‌ ।
पनि । साथसाधमा एउटीले अर्कीलाई अलिकति हातको हिलो छ्यापिदिइन्‌ ।
आजको दिन हिलो छथाप्नु पनि प्रेम र आनन्दको बहाड सम्भिइन्छ
आजको दिन हिलो छ्याप्नु पनि प्रेम र आनन्दको बहाड सम्झिइन्छ
हिलोका छिर्का र बुट्टाहरू आजलाई ग्रामीण युवतीका वस्त्र र वदन
हिलोका छिर्का र बुट्टाहरू आजलाई ग्रामीण युवतीका वस्त्र र वदन
दुवैको सुन्दर शृङ्गार छन्‌ । प्रेम र खुशियालीको हिलो, द्वेष र ईर्ष्याको
दुवैको सुन्दर शृङ्गार छन्‌ । प्रेम र खुशियालीको हिलो, द्वेष र ईर्ष्याको
Line 25: Line 25:
आलुको तरकारी पनि राखिएको थियो । सब आएर ठाउँ-ठाउँमा
आलुको तरकारी पनि राखिएको थियो । सब आएर ठाउँ-ठाउँमा
शिष्टाचारका नियम र कानूनको आविष्कार हनुभन्दा अगाडिको युगमा
शिष्टाचारका नियम र कानूनको आविष्कार हनुभन्दा अगाडिको युगमा
बसेझैं बसे । मनमस्ती चालले खाजा खान थाले। यस्तो देखिन्थ्यो मानौं
बसेझैं बसे । मनमस्ती चालले खाजा खान थाले । यस्तो देखिन्थ्यो मानौं
यिनीहरूले अलकापुरीका व्यञ्जनका स्वादमा दुनियाँलाई आधा घण्टासम्म
यिनीहरूले अलकापुरीका व्यञ्जनका स्वादमा दुनियाँलाई आधा घण्टासम्म
बिर्सिरहेका थिए । परिश्रमले हद से हद ख्रा, रूखा खानामा पनि
बिर्सिरहेका थिए । परिश्रमले हद से हद खस्रा, रूखा खानामा पनि
बिचित्र स्वाद दिँदो रहेछ, अपूर्व माधुरी भर्दो रहेछ । हामी स्वाद बाहिर
विचित्र स्वाद दिंदो रहेछ, अपूर्व माधुरी भर्दो रहेछ । हामी स्वाद बाहिर
खोज्दछौँ, यिनीहरू भित्रैबाट निकाल्दछन्‌ । हामी मसलामाथि सुगन्ध
खोज्दछौं, यिनीहरू भित्रैबाट निकाल्दछन्‌ । हामी मसलामाथि सुगन्ध
थप्तछौं र कलेजामाथि अत्याचार गर्दछौं । यिनीहरूको खस्रो चिउराको
थप्तछौं र कलेजामाथि अत्याचार गर्दछौं । यिनीहरूको खस्रो चिउराको
मर्मराहटमा परिश्रमी जीवनको विचित्र आनन्द देखिन्थ्यो । गरीबलाई
मर्मराहटमा परिश्रमी जीवनको विचित्र आनन्द देखिन्थ्यो । गरीबलाई

Latest revision as of 13:47, 15 February 2025

This page has been proofread

मानिसलाई पनि जब उत्तेजित भावले छुन्छ, तब तिनीहरूका उच्चारणमा विचित्र रसको प्रादुर्भाव हुन्छ । मानिसका रुवाइमा सधैं कविता हुन्छ, त्यस्तै सच्चा उल्लासमा । हामी कविता बनाउन चाहन्छौं, निकाल्न चाहँदैनौं । यिनीहरू बनाउँदैनन्‌, भित्रैबाट झिक्तछन्‌ । हाम्रो शब्दको चातुरी छ, यिनको भावको माधुरी । जडाउरी शब्दका माला गाँस्ने कविहरू मसँग आषाढको पन्धमा आऊन्‌ । चर्को कृत्रिम रङ्ग चढाउन खोज्नेलाई पनि, मेरो निमन्त्रणा छ । म दही-चिउरा खुवाउन चाहन्नँ, गीत सुनाउन चाहन्छु ।

हाम्रो तलतिर रोपाइँ पनि चलिरहेको थियो, केही खेलबहाड पनि । साथसाधमा एउटीले अर्कीलाई अलिकति हातको हिलो छ्यापिदिइन्‌ । आजको दिन हिलो छ्याप्नु पनि प्रेम र आनन्दको बहाड सम्झिइन्छ । हिलोका छिर्का र बुट्टाहरू आजलाई ग्रामीण युवतीका वस्त्र र वदन दुवैको सुन्दर शृङ्गार छन्‌ । प्रेम र खुशियालीको हिलो, द्वेष र ईर्ष्याको दाग जस्तो देखिँदैन । किसानका ठिटाहरूका निधारमा पृथ्वीले आशीर्वादको टीका लगाइदिएजस्तो भान पर्दछ । मानिसको प्राणलाई वर्ष दिनको थमौती मिल्दछ । आलीका केही हरिया झरीहरू एउटीको केशमा लगाइन्छन्‌, केही धानका हरिया बीउहरू अर्कीको कपालमा चढाइन्छन्‌ । कसैले असारेका राता फूल सिउरेका छन्‌ । कसैले एक-दुई मकैको कलिलो चमर पनि । यहाँ जीवनको मनोहर दृश्य छ ।

जब खाजा खाने वेला भएको थियो, खेतको किनारामा प्रकृतिका हातबाट बान्किला भएर बनेका कमलका हरिया बाटुला थलियाहरू बिछाइए । केही चिउरा र नून, अदुवाका सितन साथमा अलिकति आलुको तरकारी पनि राखिएको थियो । सब आएर ठाउँ-ठाउँमा शिष्टाचारका नियम र कानूनको आविष्कार हनुभन्दा अगाडिको युगमा बसेझैं बसे । मनमस्ती चालले खाजा खान थाले । यस्तो देखिन्थ्यो मानौं यिनीहरूले अलकापुरीका व्यञ्जनका स्वादमा दुनियाँलाई आधा घण्टासम्म बिर्सिरहेका थिए । परिश्रमले हद से हद खस्रा, रूखा खानामा पनि विचित्र स्वाद दिंदो रहेछ, अपूर्व माधुरी भर्दो रहेछ । हामी स्वाद बाहिर खोज्दछौं, यिनीहरू भित्रैबाट निकाल्दछन्‌ । हामी मसलामाथि सुगन्ध थप्तछौं र कलेजामाथि अत्याचार गर्दछौं । यिनीहरूको खस्रो चिउराको मर्मराहटमा परिश्रमी जीवनको विचित्र आनन्द देखिन्थ्यो । गरीबलाई