Page:Satya harihschandra katha.pdf/12: Difference between revisions
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
आत्मा हो सब प्राणधारिजतिको छोरो भनेको जती । | आत्मा हो सब प्राणधारिजतिको छोरो भनेको जती । | ||
हे बाबू ! अहिले गयौ यदि भने हूनेछ तिम्रो खती ॥ | हे बाबू ! अहिले गयौ यदि भने हूनेछ तिम्रो खती ॥ | ||
मर्छौ निश्चय यज्ञमा पशु सरी तस्मात् नजाऊ वहाँ । | |||
भन्दा चित्त बुझ्यो बसे वनमहाँ वर्ष बित्यो एक् तहाँ ॥ | भन्दा चित्त बुझ्यो बसे वनमहाँ वर्ष बित्यो एक् तहाँ ॥ | ||
Latest revision as of 10:58, 2 July 2025
(३२)
आत्मा हो सब प्राणधारिजतिको छोरो भनेको जती ।
हे बाबू ! अहिले गयौ यदि भने हूनेछ तिम्रो खती ॥
मर्छौ निश्चय यज्ञमा पशु सरी तस्मात् नजाऊ वहाँ ।
भन्दा चित्त बुझ्यो बसे वनमहाँ वर्ष बित्यो एक् तहाँ ॥
(३३)
रोग ग्रस्त भई पिता अति दुखी छन् रे भनेको सुनी ।
लागे जान र इन्द्र गैकन फिरी रोके न जाऊ भनी ॥
राजा आकुल भै वशिष्ठगुरुमा सोधे गरूँ के भनी ।
यौटा केहि उपाय शोचि मनमा भन्दा भए ती मुनि ॥
(३४)
छोरो ब्राह्मणको किनेर महाराज् त्यो यज्ञ गर्नू पर्यो ।
छोरैहुन्छ किने पछी सुन नृपे ! शास्त्रोक्तकै बातहो ॥
यस्ता बात सुनी वषिष्ठऋषिको गर्छू म त्यै काम्भनी ।
तेस्तै ब्राह्मण पुत्र खोज्न भनी दूत् धेर् पठाये पनी ॥
(३५)
दुःखी ब्राह्माण कोहि एक घरमा थीए दरिद्री अती ।
थीए बालक तीन पुत्र[1] उनका आफू दुई दम्पती ॥
सल्लाहा गरि ज्येष्ठ बाबुतिर भो कान्छो उ आमातिर ।
बेचीनेतिर माहिलो हुन गयो बेची दिए आखिर ॥
- ↑ (१) अजीगर्त (२) शुनःशेफ (३) शुनःलांगूल ।