Jump to content

Page:Laxmi nibandhasangraha.pdf/212: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{x-larger|'''सत्य सोझो हुन्छ'''}}}}
{{Right|{{x-larger|'''सत्य सोझो हुन्छ'''}}}}


सत्य प्राकृतिक छ असत्य अप्राकृतिक । मेरो आत्मा झूटो चाहँदैन ।
सत्य प्राकृतिक छ असत्य अप्राकृतिक । मेरो आत्मा झुटो चाहँदैन ।  
मनुष्यको आत्माभित्र सेतो हुन्छ, सबै कालो हुन्न' ठूला-ठूलाको भनाइ
'मनुष्यको आत्माभित्र सेतो हुन्छ, सबै कालो हुन्न' ठुला–ठुलाको भनाइ  
छ । ईश्वर साथ हुन्‌, मानवात्मा शान्ति-पोषण पाउँछ । असत्य आत्मघाती
छ । ईश्वर साथ हुन्, मानवात्मा शान्ति–पोषण पाउँछ । असत्य आत्मघाती  
छ।
छ ।


झूटो बोल्दा दोहरो चलाकी गर्छु, सत्य बुभ्ने र सत्यलाई
झुटो बोल्दा दोहरो चलाकी गर्छु, सत्य बुझ्ने र सत्यलाई  
छिपाउने । झूटो बोल्नासाथ मभित्र वक्रताको प्रादुर्भाव हुन्छ । अनि
छिपाउने । झुटो बोल्नासाथ मभित्र वक्रताको प्रादुर्भाव हुन्छ । अनि  
झूटोलाई स्वीकार नगरुञ्जेल मलाई झूटोउपर झूटो थप्ने प्रवृत्तिहरू
झुटोलाई स्वीकार नगरुञ्जेल मलाई झुटोउपर झुटो थप्ने प्रवृत्तिहरु
बढेर बाङ्गो बाटोमा विभिन्न पत्रे भूलभुलैया बनाइदिन्छन्‌ । सच्चा आत्मा
बढेर बाङ्गो बाटोमा विभिन्न पत्रे भुलभुलैया बनाइदिन्छन् । सच्चा आत्मा  
भझूटोबाट डराउँछ, मिथ्याका निमित्त उसको सामर्थ्य नै हुँदैन । यिनै
झुटोबाट डराउँछ, मिथ्याका निमित्त उसको सामर्थ्य नै हुँदैन । यिनै  
वक्रताहरू विकृति हुन्‌, नरकको कुण्ड भनेको यिनैका क्रिया हुन्‌
वक्रताहरु विकृति हुन्, नरकको कुण्ड भनेको यिनैका क्रिया हुन् ।  
यिनमा ज्वलन छ, अँधेरी आतस कम्प ! अनन्त कालको थिचाइले
यिनका ज्वलन छ, अँधेरी आतस कम्प ! अनन्त कालको थिचाइले  
मानवात्मालाई बङ्गयाएर राख्तछन्‌।
मानवात्मालाई बङ्ग्याएर राख्तछन् ।


त्यो जाति जिउन सक्तैन, जो असत्यको पोषण गर्दछ ! उसका
त्यो जाति जिउन सक्तैन, जो असत्यको पोषण गर्दछ ! उसका  
अङ्गहरू बाङ्रिँदै जान्छन्‌ विचारधाराहरूले अनन्त वक्रता लिंदा अनन्तको
अङ्गहरु बाङ्गिंदै जान्छन् विचारधाराहरुले अनन्त वक्रता लिंदा अनन्तको  
उत्तर भागको शक्तिले सत्यतर्फ नसोभिउञ्जेल त्यसलाई दुःख दिदै
उत्तर भागको शक्तिले सत्यतर्फ नसोझिउञ्जेल त्यसलाई दुःख दिंदै
लैजान्छन्‌ । असत्यको आधार गरेर जीवनको आशा हुन सक्तैन । संसारको
लैजान्छन् । असत्यको आधार गरेर जीवनको आशा हुन सक्तैन । संसारको  
सत्यले त्यस जातिलाई थिचाइमा संहार गर्छ, जो असत्यको वक्रतामा
सत्यले त्यस जातिलाई थिचाइमा संहार गर्छ, जो असत्यको वक्रतामा  
संसारसँग लडाइँ गर्दछ । ज्यादा दीर्घ लडाइँले त्यसका सब अङ्ग नाश
संसारसँग लडाइँ गर्दछ । ज्यादा दीर्घ लडाइँले त्यसका सब अङ्ग नाश  
हुन सक्छन्‌, तर थोरै समयको वक्रताले खण्डनाशसँग थोरै अङ्गभङ्गबाट
हुन सक्छन्, तर थोरै समयको वक्रताले खण्डनाशसँग थोरै अङ्ग भङ्गबाट
सत्यको होश मिलेर बच्न सक्तछ ।
सत्यको होश मिलेर बच्न सक्तछ ।


त्यसकारण, हे समयका शिशुहो ! सत्यमा लाग ।बाङ्गो नबन,
त्यसकारण, हे समयका शिशुहो ! सत्यमा लाग । बाङ्गो नबन,  
आत्मघात वीरता होइन ।फोस्रो इज्जत, रवाफ र महत्त्वले आत्मवञ्चनामा
आत्मघात वीरता होइन । फोस्रो इज्जत, रवाफ र महत्वले आत्मवञ्चनमा
नपस । सत्यको विरुद्ध बहादुरी काम लाग्दैन । तिमीहरू त्यहाँ नास्तिक
नपस् । सत्यको विरुद्ध बहादुरी काम लाग्दैन । तिमीहरु त्यहाँ नास्तिक  
हुन्छौ, जहाँ सत्य छाडेर बोक्रे बन्छौ । ईश्वर र अनन्तकाल छकिन्तन्‌
हुन्छौ, जहाँ सत्य छाडेर बोक्रे बन्छौ । ईश्वर र अनन्तकाल छकिन्नन्

Latest revision as of 11:21, 21 June 2025

This page has not been proofread

सत्य सोझो हुन्छ

सत्य प्राकृतिक छ असत्य अप्राकृतिक । मेरो आत्मा झुटो चाहँदैन । 'मनुष्यको आत्माभित्र सेतो हुन्छ, सबै कालो हुन्न' ठुला–ठुलाको भनाइ छ । ईश्वर साथ हुन्, मानवात्मा शान्ति–पोषण पाउँछ । असत्य आत्मघाती छ ।

म झुटो बोल्दा दोहरो चलाकी गर्छु, सत्य बुझ्ने र सत्यलाई छिपाउने । झुटो बोल्नासाथ मभित्र वक्रताको प्रादुर्भाव हुन्छ । अनि झुटोलाई स्वीकार नगरुञ्जेल मलाई झुटोउपर झुटो थप्ने प्रवृत्तिहरु बढेर बाङ्गो बाटोमा विभिन्न पत्रे भुलभुलैया बनाइदिन्छन् । सच्चा आत्मा झुटोबाट डराउँछ, मिथ्याका निमित्त उसको सामर्थ्य नै हुँदैन । यिनै वक्रताहरु विकृति हुन्, नरकको कुण्ड भनेको यिनैका क्रिया हुन् । यिनका ज्वलन छ, अँधेरी आतस कम्प ! अनन्त कालको थिचाइले मानवात्मालाई बङ्ग्याएर राख्तछन् ।

त्यो जाति जिउन सक्तैन, जो असत्यको पोषण गर्दछ ! उसका अङ्गहरु बाङ्गिंदै जान्छन् । विचारधाराहरुले अनन्त वक्रता लिंदा अनन्तको उत्तर भागको शक्तिले सत्यतर्फ नसोझिउञ्जेल त्यसलाई दुःख दिंदै लैजान्छन् । असत्यको आधार गरेर जीवनको आशा हुन सक्तैन । संसारको सत्यले त्यस जातिलाई थिचाइमा संहार गर्छ, जो असत्यको वक्रतामा संसारसँग लडाइँ गर्दछ । ज्यादा दीर्घ लडाइँले त्यसका सब अङ्ग नाश हुन सक्छन्, तर थोरै समयको वक्रताले खण्डनाशसँग थोरै अङ्ग भङ्गबाट सत्यको होश मिलेर बच्न सक्तछ ।

त्यसकारण, हे समयका शिशुहो ! सत्यमा लाग । बाङ्गो नबन, आत्मघात वीरता होइन । फोस्रो इज्जत, रवाफ र महत्वले आत्मवञ्चनमा नपस् । सत्यको विरुद्ध बहादुरी काम लाग्दैन । तिमीहरु त्यहाँ नास्तिक हुन्छौ, जहाँ सत्य छाडेर बोक्रे बन्छौ । ईश्वर र अनन्तकाल छकिन्नन् ।