Jump to content

Page:Champa.pdf/49: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अघिल्लो जनममा बघिनी थिइन् कि भालुनी, कुन्नी ? सासूबुहारीको कथा घरेलु दैनिक उपन्यासका रूपमा यथार्थ दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो हुन्छ । यो जुगान्तर..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अघिल्लो जनममा बघिनी थिइन् कि भालुनी, कुन्नी ?
अघिल्लो जनममा बाघिनी थिइन् कि भालुनी, कुन्नी ?"


सासूबुहारीको कथा घरेलु दैनिक उपन्यासका रूपमा यथार्थ दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरूले परीक्षण गर्दा यौनभावको प्रतियोगितामा आपखरी बैठान बसाएका छन् । विनाछोराकी बुहारी घरकी कसिङ्गार देखिन्छे ………. विधवा होस् या सधवा होस् । छोरीको व्यक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक उग्र जलको बाढीलाई किनाराबद्ध गर्दिन्छ, तर सासूहरू खहरे भएर गड्कन्छन् त्यस वेला जुन वेला घरमा छोरो हुँदैन । नियन्त्रित सौतेनी ….. भावना सायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो बेहतियार अकेली रहन्छे । त्यस वेला देउरानीजेठानीका बलले समेत सासूको साम्राज्याधिकारको दाबा पोषण गर्ने थाल्दछन् ।
सासू–बुहारीको कथा घरेलु दैनिक उपन्यासको रूपमा यथार्थ  
दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो  
हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरूले परीक्षण  
गर्दा यौनभावको प्रतियोगितामा आखिरी बैठान बसाएका छन् ।  
बिनाछोराकी बुहारी घरकी कसिङ्गर देखिन्छे… विधवा, होस् या  
सधवा होस् । छोरीको व्यक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक  
उग्र जलको बाढीलाई किनाराबद्ध गरिदिन्छ; तर सब सासूहरू खहरे भएर  
गड्कन्छन् त्यस बेला जुन बेला घरमा छोरो हुँदैन । नियन्त्रित  
सौतेनी… भावना शायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो  
बेहतियार अकेली रहन्छे । त्यस बेला देवरानी, ज्येठानीका बलले  
समेत सासूको सम्राज्यधिकारको दावा पोषण गर्न थाल्दछन् ।


चम्पालाई घर टिकिसक्नुको भएन । कस्तो घर ! कुरा फाँड्या छन् फाँड्या छन् । कस्ता सुवासिनी मान्छेहरू छिः … एउटा बाजे आँखामा हाले पनि नबिझाउनेजस्ता नभा भे त भो !
चम्पालाई घर टिकिसक्नुको भएन । "कस्तो घर ! कुरा फाँड्या  
छन् फाँड्या छन् । कस्ता सुवासिनीमान्छेहरु छिः … एउटा बाजे  
आँखामा हाले पनि नबिझाउँनेजस्ता नभा भे त भो !"


चम्पाको जीवनस्वप्नको स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई एक आशा थिएन एक भरोस । बैँस गुनकेसरी, लाहुरे सुनगाभाझैँ फुल्यो । तर केका लागि ? रुन, च्याँठिन, बोक्सी लाग्न । बुहार्तन खान ।
चम्पाको जीवनस्वप्न, स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई  
एक आशा थिएन, एक भरोस । बैंस गुनकेशरी, लाहुरे, सुनगाभाझैँ  
फुल्यो । तर केको लागि ? रुन, च्याँट्ठिन, बोक्सी लाग्छ, बुहार्तन  
खान ।


जीवन भन्या खै ? उनले विचार गर्न थालिन् । खै जीवन ? …. के छानामनि वास गर्नु चिथरेसन कोपरेसनको नाम जीवन हो ? हामी किन जन्म्यौँ ? चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने तत्त्वहरू प्रारम्भिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, विचरी ! साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको चेत भएको गुण मनुष्यको मूर्तिझैँ ती आफूउपरका नियन्त्रक अधिकारीवर्गविरुद्ध बागी फटाफटाइ लिन खोज्थ्यो जो हामीहरू अन्यायपूर्वक तल थिचिएका छौँ भन्ने चैतन्य अन्तर्हृदयमा राख्तछन् । यो सहानुभूतिहीन भरेलु जीवन ? बोक्रा बाख्राहरू साथसाथ राखिँदा मनोरञ्जक सिँगौरी लडाइँ गर्छन् । त्यसमा द्वेष छैन ? …..
"जीवन भन्या खै ?" उनले विचार गर्न थालिन्— "खै जीवन ?  
के छानामनि बास गर्नु चिथरसान् कोपरसन्‌को नाम जीवन हो ?  
हामी किन जन्म्यौँ ?" चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने  
तत्वहरु अझ प्राम्भरिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, बिचरी !  
साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको  
चेत भएको गुण मनुष्यको मूर्तिझैँ आफूउपरका नियन्त्रित
अधिकारीवर्गविरुद्ध बागी फटाफटाइ लिन खोन्थ्यो, जो हामीहरू  
अन्यायपूर्वक तल थिचिएका छौँ भन्ने चैतन्य अन्तरहृदयमा राख्तछन् ।  
यो सहानुभूतिहीन घरेलु जीवन ? बोकाबाख्राहरू साथसाथ राखिँदा  
मनोरञ्जक सिँगौरी लडाइँ गर्छन् । त्यसमा द्वेषता छैन ?…


चिमट, विष छदाइ, कोट्याइ, छेड, रुवाइ,
चिमट, विष छदाइ, कोट्याइ, हलेदा कोट्याइ, छेड, रुवाइ,

Latest revision as of 11:38, 20 June 2025

This page has been proofread

अघिल्लो जनममा बाघिनी थिइन् कि भालुनी, कुन्नी ?"

सासू–बुहारीको कथा घरेलु दैनिक उपन्यासको रूपमा यथार्थ दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरूले परीक्षण गर्दा यौनभावको प्रतियोगितामा आखिरी बैठान बसाएका छन् । बिनाछोराकी बुहारी घरकी कसिङ्गर देखिन्छे… विधवा, होस् या सधवा होस् । छोरीको व्यक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक उग्र जलको बाढीलाई किनाराबद्ध गरिदिन्छ; तर सब सासूहरू खहरे भएर गड्कन्छन् त्यस बेला जुन बेला घरमा छोरो हुँदैन । नियन्त्रित सौतेनी… भावना शायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो बेहतियार अकेली रहन्छे । त्यस बेला देवरानी, ज्येठानीका बलले समेत सासूको सम्राज्यधिकारको दावा पोषण गर्न थाल्दछन् ।

चम्पालाई घर टिकिसक्नुको भएन । "कस्तो घर ! कुरा फाँड्या छन् फाँड्या छन् । कस्ता सुवासिनीमान्छेहरु छिः … एउटा बाजे आँखामा हाले पनि नबिझाउँनेजस्ता नभा भे त भो !"

चम्पाको जीवनस्वप्न, स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई एक आशा थिएन, एक भरोस । बैंस गुनकेशरी, लाहुरे, सुनगाभाझैँ फुल्यो । तर केको लागि ? रुन, च्याँट्ठिन, बोक्सी लाग्छ, बुहार्तन खान ।

"जीवन भन्या खै ?" उनले विचार गर्न थालिन्— "खै जीवन ? के छानामनि बास गर्नु चिथरसान् र कोपरसन्‌को नाम जीवन हो ? हामी किन जन्म्यौँ ?" चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने तत्वहरु अझ प्राम्भरिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, बिचरी ! साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको चेत भएको गुण मनुष्यको मूर्तिझैँ आफूउपरका नियन्त्रित अधिकारीवर्गविरुद्ध बागी फटाफटाइ लिन खोन्थ्यो, जो हामीहरू अन्यायपूर्वक तल थिचिएका छौँ भन्ने चैतन्य अन्तरहृदयमा राख्तछन् । यो सहानुभूतिहीन घरेलु जीवन ? बोकाबाख्राहरू साथसाथ राखिँदा मनोरञ्जक सिँगौरी लडाइँ गर्छन् । त्यसमा द्वेषता छैन ?…

चिमट, विष छदाइ, कोट्याइ, हलेदा कोट्याइ, छेड, रुवाइ,