Page:Bhanubhaktako ramayan.pdf/24: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> राम्लाई म नदेखि बाँच्छु कसरी एक् यै कठिन् भो अनी । इन्लाई नदिया सराप् पनि दिनन् की लाग्छ यस्तो पनी ॥ यस्मा श्रेय यसो छ यो गर भनी पाऊँछु आज्ञा जसो । सोही काम म गर्दछ..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
राम्लाई म नदेखि बाँच्छु कसरी एक् यै कठिन् भो अनी । | |||
इन्लाई नदिया सराप् पनि दिनन् की लाग्छ यस्तो पनी ॥ | |||
यस्मा श्रेय यसो छ यो गर भनी पाऊँछु आज्ञा जसो । | |||
सोही काम म गर्दछू हित हुन्या कुन् पाठ् छ गर्नू कसो ॥७२॥ | सोही काम म गर्दछू हित हुन्या कुन् पाठ् छ गर्नू कसो ॥७२॥ | ||
यो बिन्ती | यो बिन्ती दशरथ्जिको जब सुन्या ताहीं गुरूले पनी । | ||
राम्को गुह्य कुरो सबै भनि दिया यस्ता इ राम् हुन् भनी ॥ | |||
हे राजन् तिमि ता इ राम अहिले हुन् पुत्र मेरा भनी । | हे राजन् ! तिमि ता इ राम अहिले हुन् पुत्र मेरा भनी । | ||
भन्छौ पुत्र त हुन् तथापि इनि हुन् चौधै | भन्छौ पुत्र त हुन् तथापि इनि हुन् चौधै भुवन्का धनी ॥७३॥ | ||
भूभार् हर्न निमित्त आज भगवान् यस् | भूभार् हर्न निमित्त आज भगवान् यस् पृथ्वितल्मा झर्या । | ||
कौशल्या तिर जन्मनू पनि थियो सो सत्य ऐल्हे | कौशल्या तिर जन्मनू पनि थियो सो सत्य ऐल्हे गर्या ॥ | ||
कौशल्या दशरथ् दुवै तिमि अघी कश्यप् अदीती थियौ । | कौशल्या दशरथ् दुवै तिमि अघी कश्यप् अदीती थियौ । | ||
ईश्वर्लाइ म पुत्र पाउँ भनि तप् गर्दै समाधी लियौ ॥७४॥ | |||
खूसी भै वरदान् दिया प्रभुजिले छोरो म हूँला भनी । | खूसी भै वरदान् दिया प्रभुजिले छोरो म हूँला भनी । | ||
Line 27: | Line 27: | ||
दीन्यै योग्य म मान्दछू भनि गुरूले अर्ति दीया जसै । | दीन्यै योग्य म मान्दछू भनि गुरूले अर्ति दीया जसै । | ||
खुसी भै | खुसी भै दशरथ्जिले पनि दिया लक्ष्मण् सहित् राम् तसै ॥ | ||
राम् लक्ष्मण् कन पाउँदा ऋषि पनी अत्यन्त खूसी भया । | राम् लक्ष्मण् कन पाउँदा ऋषि पनी अत्यन्त खूसी भया । | ||
आशिर्वाद् | आशिर्वाद् दशरथ्जिलाइ दिइ राम् लक्ष्मण् लिई ती गया ॥७७॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:24, 19 June 2025
राम्लाई म नदेखि बाँच्छु कसरी एक् यै कठिन् भो अनी ।
इन्लाई नदिया सराप् पनि दिनन् की लाग्छ यस्तो पनी ॥
यस्मा श्रेय यसो छ यो गर भनी पाऊँछु आज्ञा जसो ।
सोही काम म गर्दछू हित हुन्या कुन् पाठ् छ गर्नू कसो ॥७२॥
यो बिन्ती दशरथ्जिको जब सुन्या ताहीं गुरूले पनी ।
राम्को गुह्य कुरो सबै भनि दिया यस्ता इ राम् हुन् भनी ॥
हे राजन् ! तिमि ता इ राम अहिले हुन् पुत्र मेरा भनी ।
भन्छौ पुत्र त हुन् तथापि इनि हुन् चौधै भुवन्का धनी ॥७३॥
भूभार् हर्न निमित्त आज भगवान् यस् पृथ्वितल्मा झर्या ।
कौशल्या तिर जन्मनू पनि थियो सो सत्य ऐल्हे गर्या ॥
कौशल्या दशरथ् दुवै तिमि अघी कश्यप् अदीती थियौ ।
ईश्वर्लाइ म पुत्र पाउँ भनि तप् गर्दै समाधी लियौ ॥७४॥
खूसी भै वरदान् दिया प्रभुजिले छोरो म हूँला भनी ।
सोही सत्य गराउना कन यहाँ जन्म्या परात्मा पनी ॥
शेष् हुन् लक्ष्मण शङ्ख हुन् भरतजी शत्रुघ्न चक्रावतार् ।
हुन् को जान्दछ तत्त्व यो बुझ तिमी लीला प्रभूकी अपार् ॥७५॥
मुल् शक्ती प्रभुकी अनन्त गुणकी सो दिव्य मूर्ती बनी ।
छोरी भै ति बस्याकि छन् जनककी सीता छ नाऊँ पनी ॥
सीता राम् दुइको विवाहविधिले संयोग् गराऊँ भनी ।
विश्वामित्रजिका भयो र मनमा आई रह्याछन् पनी ॥७६॥
दीन्यै योग्य म मान्दछू भनि गुरूले अर्ति दीया जसै ।
खुसी भै दशरथ्जिले पनि दिया लक्ष्मण् सहित् राम् तसै ॥
राम् लक्ष्मण् कन पाउँदा ऋषि पनी अत्यन्त खूसी भया ।
आशिर्वाद् दशरथ्जिलाइ दिइ राम् लक्ष्मण् लिई ती गया ॥७७॥