Page:Champa.pdf/35: Difference between revisions
→Not proofread: Created page with ""अँ, मार्दैनन् अर्कालाई ?" "कसले मार्ने ?" "कुन्नि त ? …… खुर्सानीको हातले गाला मुसारिछु भन्छु …. माथि । जेठानी देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ !" चम्पा गएर ऐनामा गालाको परीक्षा गर..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"अँ, मार्दैनन् अर्कालाई | "अँ, मार्दैनन् अर्कालाई !" | ||
"कसले मार्ने ?" | "कसले मार्ने ?" | ||
"कुन्नि त | "कुन्नि त । खुर्सानीको हातले गाला मुसारिछु भन्छु । माथि | ||
ज्येठानी-देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ ।" | |||
चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन् के लाग्या छ र | चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन्, के लाग्या छ र ! | ||
" | "के ? के ? अहो ! छुँदैमा हातको छाप लाग्छ त !" | ||
"क्या हो । क्या हो ।" | |||
"छिः" उनले भनिन्, "कसरी माथि जाने ! थाहा पाउँदैनन् ?" | |||
"के आम्मै… के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !" | |||
"भो बा ! म त फेरि हजूरकहाँ फर्केर नआउने बा ! डर | |||
लाग्यो !" | |||
चम्पा निस्किन्… | |||
त्यस दिन माथि घरमा ज्येठानीका आँखा हाँसोले क्रूर देखिन्थे । | |||
सासू बूढीले बताइसकेकी थिइन् । | |||
" | "तरुणाहरूको आर्कै रङ्ग, आर्कै रोशन ।" चुनुले खिसी गरिन् ! | ||
"म भा भे त तिमी मोरीलाई काँचै मासु खाइदिने ।" बुलु | |||
बोलिन् । | |||
चम्पालाई असह्य भयो । उनी आँखा तरेर | "यसो कोठामा बराबर जाने गर्नू, पाउ दाब्नू । कस्ती लाटी !" | ||
चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्साकोठाबाट तल | |||
ओर्लिन् । "घर भन्ने कस्तो बिकम्मा जेल हुन्छ । अर्काको मानो | |||
खानु, त्यो पनि काम गरिन भनेर सासू ज्येठानी, बाहुनीको षड्यन्त्रले | |||
गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने– बराबर । आफूलाई भनेर | |||
दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने । वचनको कोर्रा | |||
खानु उस्तै । खिसिटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन्, बुहारीहरू | |||
मस्यौटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने, डुँडो | |||
भयो भने, अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही । वसुन्धरीले पाउडर | |||
ला जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला | |||
नेपालीहरूको दालभात गुदगुद, कूचो, मस्यौटो, ढिक्की, जाँतो । | |||
केवल भान्साको क्षेत्रमा । कसौँडी, ताप्केसिवाय साथीको नाममा बन्द । |
Latest revision as of 19:43, 17 June 2025
"अँ, मार्दैनन् अर्कालाई !"
"कसले मार्ने ?"
"कुन्नि त । खुर्सानीको हातले गाला मुसारिछु भन्छु । माथि ज्येठानी-देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ ।"
चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन्, के लाग्या छ र !
"के ? के ? अहो ! छुँदैमा हातको छाप लाग्छ त !"
"क्या हो । क्या हो ।"
"छिः" उनले भनिन्, "कसरी माथि जाने ! थाहा पाउँदैनन् ?" "के आम्मै… के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !"
"भो बा ! म त फेरि हजूरकहाँ फर्केर नआउने बा ! डर लाग्यो !"
चम्पा निस्किन्…
त्यस दिन माथि घरमा ज्येठानीका आँखा हाँसोले क्रूर देखिन्थे । सासू बूढीले बताइसकेकी थिइन् ।
"तरुणाहरूको आर्कै रङ्ग, आर्कै रोशन ।" चुनुले खिसी गरिन् !
"म भा भे त तिमी मोरीलाई काँचै मासु खाइदिने ।" बुलु बोलिन् ।
"यसो कोठामा बराबर जाने गर्नू, पाउ दाब्नू । कस्ती लाटी !"
चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्साकोठाबाट तल ओर्लिन् । "घर भन्ने कस्तो बिकम्मा जेल हुन्छ । अर्काको मानो खानु, त्यो पनि काम गरिन भनेर सासू ज्येठानी, बाहुनीको षड्यन्त्रले गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने– बराबर । आफूलाई भनेर दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने । वचनको कोर्रा खानु उस्तै । खिसिटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन्, बुहारीहरू मस्यौटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने, डुँडो भयो भने, अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही । वसुन्धरीले पाउडर ला जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला नेपालीहरूको दालभात गुदगुद, कूचो, मस्यौटो, ढिक्की, जाँतो । केवल भान्साको क्षेत्रमा । कसौँडी, ताप्केसिवाय साथीको नाममा बन्द ।