Page:Champa.pdf/31: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको | यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको | ||
कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग | कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग | ||
चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग | चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्तथिन् रिसले । | ||
पाखुरा जर्किन्थे । | पाखुरा जर्किन्थे । | ||
तब सासूले मुख फोरिन् । "ए क्या हो ? तेरो चाला | तब सासूले मुख फोरिन् । "ए, क्या हो ? तेरो चाला | ||
आजकल ? के भन्ला ए दुनियाँले पनि ? | आजकल ? के भन्ला ए दुनियाँले पनि ? … अवस्था हेरेर पो | ||
चल्नुपर्छ… कान्छो टोखामा पुग्या छ । तँ कस्बीसमान ठाँटिएर यसरी | |||
बस्ने ? कतिको फा, | बस्ने ? कतिको फा, कतिको लाली तिमीहरूको ! आँखीभौँको गति | ||
हेर । फूलचनले | हेर । फूलचनले खौर्या जस्तो छ ए !" | ||
चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ | चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ | ||
गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन् | गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन् । | ||
"कँठेनीहरूले सभ्य | "कँठेनीहरूले सभ्य शृङ्गार देख्या भे पो त कहिल्यै !" | ||
सासू उफ्रिन् | सासू उफ्रिन्, "जान पाउन्नस् बाहिर … बस् ! कल्लाई… | ||
कँठेनी भन्या ए शहरिया ?" | |||
"छन् नि कोही-कोही यहाँ" | "छन् नि कोही-कोही यहाँ ।" पहिलो नजर पोखर्यालपुत्रीतर्फ | ||
दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ । | दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ । | ||
"त्यसरी आफूभन्दा | "त्यसरी आफूभन्दा ज्येठा मान्नेलाई बोल्न हुन्छ ? चुप लाग् । | ||
कसूर तेरै हो ।" | |||
"लुगा लगाउनु पनि अपराध रहेछ अब !" | "लुगा लगाउनु पनि अपराध रहेछ अब !" | ||
Line 29: | Line 30: | ||
"आफ्नो समयमा को कम छन् र ह्याँ ?" | "आफ्नो समयमा को कम छन् र ह्याँ ?" | ||
"तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस् | "तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस्, अलि | ||
ओठ सेला । | ओठ सेला । | ||
"साग नकेला छैन । | कामकाजमा पटक्क चित्त छैन ल । त्यसो गर्न हुन्छ ?" | ||
"साग नकेला छैन । कूचो नबढार्या छैन । बिछ्यौना तह | |||
नला छैन ।" | नला छैन ।" | ||
"अँ | "अँ !… भर्याङ तलमाथि पनि नगर्या छैन भन्न ।" | ||
चम्पाले चारकुने चटक्क छोडेर बाहिर निस्किन् । | चम्पाले चारकुने चटक्क छोडेर बाहिर निस्किन् । | ||
"हेर, रिसाही !" सासूले देखाइन्, "फन्क्या हेरन । पख् | "हेर, रिसाही !" सासूले देखाइन्, "फन्क्या हेरन । पख्, यसको | ||
मेख मार्नुपर्या छ | मेख मार्नुपर्या छ एक दिन ।" | ||
{{nop}} | {{nop}} |
Latest revision as of 18:52, 17 June 2025
यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्तथिन् रिसले । पाखुरा जर्किन्थे ।
तब सासूले मुख फोरिन् । "ए, क्या हो ? तेरो चाला आजकल ? के भन्ला ए दुनियाँले पनि ? … अवस्था हेरेर पो चल्नुपर्छ… कान्छो टोखामा पुग्या छ । तँ कस्बीसमान ठाँटिएर यसरी बस्ने ? कतिको फा, कतिको लाली तिमीहरूको ! आँखीभौँको गति हेर । फूलचनले खौर्या जस्तो छ ए !"
चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन् ।
"कँठेनीहरूले सभ्य शृङ्गार देख्या भे पो त कहिल्यै !"
सासू उफ्रिन्, "जान पाउन्नस् बाहिर … बस् ! कल्लाई… कँठेनी भन्या ए शहरिया ?"
"छन् नि कोही-कोही यहाँ ।" पहिलो नजर पोखर्यालपुत्रीतर्फ दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ ।
"त्यसरी आफूभन्दा ज्येठा मान्नेलाई बोल्न हुन्छ ? चुप लाग् । कसूर तेरै हो ।"
"लुगा लगाउनु पनि अपराध रहेछ अब !"
"समयले पो हुन्छ सबै कुरा ।"
"आफ्नो समयमा को कम छन् र ह्याँ ?"
"तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस्, अलि ओठ सेला ।
कामकाजमा पटक्क चित्त छैन ल । त्यसो गर्न हुन्छ ?"
"साग नकेला छैन । कूचो नबढार्या छैन । बिछ्यौना तह नला छैन ।"
"अँ !… भर्याङ तलमाथि पनि नगर्या छैन भन्न ।"
चम्पाले चारकुने चटक्क छोडेर बाहिर निस्किन् ।
"हेर, रिसाही !" सासूले देखाइन्, "फन्क्या हेरन । पख्, यसको मेख मार्नुपर्या छ एक दिन ।"