Page:Prometheus.pdf/56: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सुजना सुन्दरी पंगारमयी । जन मर्छ यो, | |||
फूल-पात-पहाड-जल-तारा-आका शसहित | |||
तब पनि मर्दैन त्यो-मर्दैन त्यो-मर्दैन । | |||
त्यो डोरी हो, सर्प होइन, हे मानवहो, हँस्सी, | |||
उडाऔँ त्यसको, नबनौँ लाछी, नबनौँ कातर ! | |||
{{pcn|(९)}} | |||
"सर्वस्व जलेको सूर्यलाई हेर, गगनमा । | |||
त्यो सधैँ जिउँदो सेतो राप पृथिवीअघि | |||
त्यो अमर अपोलो कसरी जियो देह-भस्म ? | |||
यसरी जिइन्छ मृत्युको पश्चाद-देबताहरू | |||
पो जान्दछन् जो तिमीहरू जान्दैनौ, है मानव ! | |||
यत्ति फरक मानब, देवता बीच-यत्ति । | |||
तिमीहरू हौ उही अमरबीज-तर अज्ञानी । | |||
तिनीहरू स्फुटित पल्लब; तिमीहरू तर | |||
बीजकोष मृत्तिकामा, तुषारमनि आच्छन्न । | |||
"ओ तेज, कारा तोड्न सिका" भन । "ओ किरण, | |||
उक्लन स्तरउपर उपरिस्तरमा अक, | |||
ग्रन्थि, ग्रन्थि छिचोल्न सिका तमका । बिरुवा झैँ | |||
हामी प्रस्फुटित हुन्छौं बीजकोषबाट खुलामा । | |||
उक्लन दे" भन, "पूर्ण स्वरूपतिर । आफै हन | |||
सच्चा, यथार्थ अभ्चम" मत्यु अँध्यारोको नाम । | |||
नाम उज्यालोको अमृत । त्यही, त्यही आत्मा, आत्मा, | |||
चिन, बन, बल, दनदन बल, मानवहो ! | |||
हँस्सी उडाऔ अतिबलको, हँस्सी उडाओ नर ! | |||
जस्तो हाँस्दछ रुदा तारा तिमिर चिरी चरक्क, | |||
बिलयबिलासी मध्यनिशामा । मर त्यसरी, | |||
नमर्न, नगर्न नित्य । क्रान्ति, क्रान्ति, क्रान्ति गर ! | |||
तिमिरको बिरुद्ध उठ सशक्त, हो मानव, | |||
गिज्याई मर अन्धकार, रातो वा सैतो रापमा, | |||
अमरत्नको लेक चेत, स्वर्गविरुढ उठ ।" | |||
{{pcn|(१०)}} | |||
यसरी प्रमिथसते बोले, भाबको भाषामा | |||
सांकेतिक, ध्वनिमय, उच्च स्वर- मानव भौ | |||
पहिले विस्मित...अनि जिज्ञासु, अनि प्रगाढ | |||
प्रभावले .संचालित । अनुयायी भए उनका | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:11, 6 June 2025
सुजना सुन्दरी पंगारमयी । जन मर्छ यो,
फूल-पात-पहाड-जल-तारा-आका शसहित
तब पनि मर्दैन त्यो-मर्दैन त्यो-मर्दैन ।
त्यो डोरी हो, सर्प होइन, हे मानवहो, हँस्सी,
उडाऔँ त्यसको, नबनौँ लाछी, नबनौँ कातर !
(९)
"सर्वस्व जलेको सूर्यलाई हेर, गगनमा ।
त्यो सधैँ जिउँदो सेतो राप पृथिवीअघि
त्यो अमर अपोलो कसरी जियो देह-भस्म ?
यसरी जिइन्छ मृत्युको पश्चाद-देबताहरू
पो जान्दछन् जो तिमीहरू जान्दैनौ, है मानव !
यत्ति फरक मानब, देवता बीच-यत्ति ।
तिमीहरू हौ उही अमरबीज-तर अज्ञानी ।
तिनीहरू स्फुटित पल्लब; तिमीहरू तर
बीजकोष मृत्तिकामा, तुषारमनि आच्छन्न ।
"ओ तेज, कारा तोड्न सिका" भन । "ओ किरण,
उक्लन स्तरउपर उपरिस्तरमा अक,
ग्रन्थि, ग्रन्थि छिचोल्न सिका तमका । बिरुवा झैँ
हामी प्रस्फुटित हुन्छौं बीजकोषबाट खुलामा ।
उक्लन दे" भन, "पूर्ण स्वरूपतिर । आफै हन
सच्चा, यथार्थ अभ्चम" मत्यु अँध्यारोको नाम ।
नाम उज्यालोको अमृत । त्यही, त्यही आत्मा, आत्मा,
चिन, बन, बल, दनदन बल, मानवहो !
हँस्सी उडाऔ अतिबलको, हँस्सी उडाओ नर !
जस्तो हाँस्दछ रुदा तारा तिमिर चिरी चरक्क,
बिलयबिलासी मध्यनिशामा । मर त्यसरी,
नमर्न, नगर्न नित्य । क्रान्ति, क्रान्ति, क्रान्ति गर !
तिमिरको बिरुद्ध उठ सशक्त, हो मानव,
गिज्याई मर अन्धकार, रातो वा सैतो रापमा,
अमरत्नको लेक चेत, स्वर्गविरुढ उठ ।"
(१०)
यसरी प्रमिथसते बोले, भाबको भाषामा
सांकेतिक, ध्वनिमय, उच्च स्वर- मानव भौ
पहिले विस्मित...अनि जिज्ञासु, अनि प्रगाढ
प्रभावले .संचालित । अनुयायी भए उनका