Jump to content

Page:Laxmi nibandhasangraha.pdf/12: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तर मलाई त उल्था भन्यो कि वाक्क लाग्छ । मैले पनि केही
तर मलाई त उल्था भन्यो कि वाक्क लाग्छ । मैले पनि केही
उल्था गरेधें । जस्तो साहित्यको प्राथमिक अवस्थामा गरिन्छ । तर 'प्रसिद्ध
उल्था गरेथें । जस्तो साहित्यको प्रातमिक अवस्तामा गरिन्छ । तर 'प्रसिद्ध
प्रबन्धहरू" पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो लवज
प्रबन्धहरू' पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो लवज
तौलने चिच्याटमा र विदेशी वक्रतामा उठेर आउँछन्‌ । अब म धेरै
तौलने चिच्याटमा र विदेशी वक्रतामा उठेर आउँछन्‌ । अब म धेरै
पंखफुका छु । मलाई कुनै म्लेच्छ पङ्क्तिहरू जबर्जस्ती घिच्याएर नाकडोरी
पंखफुका छु । मलाई कुनै म्लेच्छ पङ्क्तिहरू जबर्जस्ती घिच्याएर नाकडोरी
लगाउँदैनन्‌ । म अर्काको भनाइ र शैलीमा नत्थिन्नँ । म सागरपारिका
लगाउँदैनन्‌ । म अर्काको भनाइ र शैलीमा नत्थिन्नँ । म सागरपारिका
जटिल लवजका छायाभेद तौलेर गञुँकाउन्नँ । अब मेरो आफ्नै माकुराजाले
जटिल लवजका छायाभेद तौलेर गर्हुँकाउन्नँ । अब मेरो आफ्नै माकुराजाले
मगज छ । जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाक
मगज छ । जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाऊ
आफ्नै यात्रामा ।
आफ्नै यात्रामा ।


काम पनि क्या मजाकोर क्या मिल्दो । लहडदासलाई तरंगभन्दा
काम पनि क्या मजाको र क्या मिल्दो । लहडदासलाई तरंगभन्दा
मजा दिने के होला दुनियाँमा ! बस ! गफ गर । अरूले नसुनून्‌ एक्लै
मजा दिने के होला दुनियाँमा ! बस ! गफ गर । अरूले नसुनून्‌ एक्लै
छौ, साथी भए कुरा काटने थियो, यहाँ त एक अदृश्य पाठक छ, जो सधैँ
छौ, साथी भए कुरा काटने थियो, यहाँ त एक अदृश्य पाठक छ, जो सधैं
सुनिदिन्छ, जो चाख लिन्छ, जो 'हाँ' मा हाँ गर्दछ, 'होइन' मा होइन । म
सुनिदिन्छ, जो चाख लिन्छ, जो 'हाँ' मा हाँ गर्दछ, 'होइन' मा होइन । म
यता पल्टाउँछु र उता, न बहस न बहसको बाजे ।न न्यायका रौं चिर्ने
यता पल्टाउँछु र उता, न बहस न बहसको बाजे ।न न्यायका रौं चिर्ने
भेदहरू, न नियमको चौखुन्याहट, न शैलीको बाँध ।
भेदहरू, न नियमको चौखुर्याहट, न शैलीको बाँध ।


म भन्छु 'ए मन, तँ रंगिइजा:-रूपौला लहर झल्काई सिलिङ
म भन्छु 'ए मन, तँ रंगिइजा:-रूपौला लहर झल्काई सिलिङ
मिलिङ गरेर सलसली नालाहरू वनमा नागबेली पर्दै पहाडका सजिला
मिलिङ गरेर सलसली नालाहरू वनमा नागवेली पर्दै पहाडका सजिला
फेद कुना खोज्दै समुद्वतिर चलमलाउँछन्‌ । सोझै सागर पुग्ने काम
फेद कुना खोज्दै समुद्रतिर चलमलाउँछन्‌ । सोझै सागर पुग्ने काम
तँलाई छैन, तँ त खेल्न आएको पो ! जीवन भनेको नै लहराउनु,
तँलाई छैन, तँ त खेल्न आएको पो ! जीवन भनेको नै लहराउनु,
तरंगिनु, चलमलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने
तरंगिनु, चलमलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने
Line 24: Line 24:
आनन्द विश्वमा तैँलाई छ । तँलाई न पुराण भन्नु छ, न गर्नु छ शास्त्रार्थ;
आनन्द विश्वमा तैँलाई छ । तँलाई न पुराण भन्नु छ, न गर्नु छ शास्त्रार्थ;
कोही किनारडुलुवाको कानमा गुनगुन गर्दै अल्सी क्षणलाई बहलाइदे;
कोही किनारडुलुवाको कानमा गुनगुन गर्दै अल्सी क्षणलाई बहलाइदे;
केही जीवनको गुनगुने रहस्यफझल्का झल्काइदे । एकान्तलाई मीठो पार्‌
केही जीवनको गुनगुने रहस्यझल्का झल्काइदे । एकान्तलाई मीठो पार्‌
र अगाडि बढ्‌, कतै निर्झरको हाम्फाल्नुले, कतै पतलिएको कलकलले ।
र अगाडि बढ्‌, कतै निर्झरको हाम्फाल्नुले, कतै पतलिएको कलकलले ।
अहा ! के लहडतरगले जीवनको सच्चा मुटु छुँदैन र ?
अहा ! के लहडतरगले जीवनको सच्चा मुटु छुँदैन र ?


धेरै जना भन्नेछन्‌, 'यो के गन्थन ! यो के झुत्रे गफाडी गुन्द्रक
धेरै जना भन्नेछन्‌, 'यो के गन्थन ! यो के झुत्रे गफाडी गुन्द्रुक
हो ?' तर प्रबन्धले र विदेशीले कुरा बुझाउन लिएको बाङ्गो व्यंग्यसहितको
हो ?' तर प्रबन्धले र विदेशीले कुरा बुझाउन लिएको बाङ्गो व्यंग्यसहितको
मुस्कुराहट साथमा भन्दछ, 'महाशय ! या पण्डितजी, म त हाँस्न, खेल्न
मुस्कुराहट साथमा भन्दछ, 'महाशय ! या पण्डितजी, म त हाँस्न, खेल्न
र रमाउन मात्र जन्मेको, म एउटा ठटयौलो रसिलो साथी हुँ । तपाईँको
र रमाउन मात्र जन्मेको, म एउटा ठट्यौलो रसिलो साथी हुँ । तपाईको
शास्त्र, गउहंगो मगज भारी झोक्रचाइ र रौं-चिर्ने बहससँग मेरो गोरु
शास्त्र, गर्हुंगो मगज भारी झोक्र्याइ र रौं-चिर्ने बहससँग मेरो गोरु

Latest revision as of 02:17, 29 January 2025

This page has been proofread

तर मलाई त उल्था भन्यो कि वाक्क लाग्छ । मैले पनि केही उल्था गरेथें । जस्तो साहित्यको प्रातमिक अवस्तामा गरिन्छ । तर 'प्रसिद्ध प्रबन्धहरू' पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो लवज तौलने चिच्याटमा र विदेशी वक्रतामा उठेर आउँछन्‌ । अब म धेरै पंखफुका छु । मलाई कुनै म्लेच्छ पङ्क्तिहरू जबर्जस्ती घिच्याएर नाकडोरी लगाउँदैनन्‌ । म अर्काको भनाइ र शैलीमा नत्थिन्नँ । म सागरपारिका जटिल लवजका छायाभेद तौलेर गर्हुँकाउन्नँ । अब मेरो आफ्नै माकुराजाले मगज छ । जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाऊ आफ्नै यात्रामा ।

काम पनि क्या मजाको र क्या मिल्दो । लहडदासलाई तरंगभन्दा मजा दिने के होला दुनियाँमा ! बस ! गफ गर । अरूले नसुनून्‌ एक्लै छौ, साथी भए कुरा काटने थियो, यहाँ त एक अदृश्य पाठक छ, जो सधैं सुनिदिन्छ, जो चाख लिन्छ, जो 'हाँ' मा हाँ गर्दछ, 'होइन' मा होइन । म यता पल्टाउँछु र उता, न बहस न बहसको बाजे ।न न्यायका रौं चिर्ने भेदहरू, न नियमको चौखुर्याहट, न शैलीको बाँध ।

म भन्छु 'ए मन, तँ रंगिइजा:-रूपौला लहर झल्काई सिलिङ मिलिङ गरेर सलसली नालाहरू वनमा नागवेली पर्दै पहाडका सजिला फेद कुना खोज्दै समुद्रतिर चलमलाउँछन्‌ । सोझै सागर पुग्ने काम तँलाई छैन, तँ त खेल्न आएको पो ! जीवन भनेको नै लहराउनु, तरंगिनु, चलमलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने तँलाई कोही छैन, तँ जा तरंगिई, लहडको लहरीमा, आफूखुशीको आनन्द विश्वमा तैँलाई छ । तँलाई न पुराण भन्नु छ, न गर्नु छ शास्त्रार्थ; कोही किनारडुलुवाको कानमा गुनगुन गर्दै अल्सी क्षणलाई बहलाइदे; केही जीवनको गुनगुने रहस्यझल्का झल्काइदे । एकान्तलाई मीठो पार्‌ र अगाडि बढ्‌, कतै निर्झरको हाम्फाल्नुले, कतै पतलिएको कलकलले । अहा ! के लहडतरगले जीवनको सच्चा मुटु छुँदैन र ?

धेरै जना भन्नेछन्‌, 'यो के गन्थन ! यो के झुत्रे गफाडी गुन्द्रुक हो ?' तर प्रबन्धले र विदेशीले कुरा बुझाउन लिएको बाङ्गो व्यंग्यसहितको मुस्कुराहट साथमा भन्दछ, 'महाशय ! या पण्डितजी, म त हाँस्न, खेल्न र रमाउन मात्र जन्मेको, म एउटा ठट्यौलो रसिलो साथी हुँ । तपाईको शास्त्र, गर्हुंगो मगज भारी झोक्र्याइ र रौं-चिर्ने बहससँग मेरो गोरु