Jump to content

Page:Shakuntala.pdf/313: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
"हिंडूँ आमै !" भन्छन्‌ द्विजवर नसुन्दा रिससित ।
"हिंडूँ आमै !" भन्छन्‌ द्विजवर नसुन्दा रिससित ।
::"कसोरी छोडुँ नि ! स्वहृदय यहाँको जनसित :
::"कसोरी छोडूँ नि ! स्वहृदय यहाँको जनसित ?
ननी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा !
बनी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा !
::अभागी हा नाबा ! निदुर विधिले छौ नि पथरा ॥"
::अभागी हा बाबा ! निठुर विधिले छौ नि पथरा ॥"
{{pcn|(२१६)}}
{{pcn|(२१६)}}


"हिँडूँ आमै" भन्छन्‌ रिससित अझै ती द्विजवर ।
"हिंडूँ आमै" भन्छन्‌ रिससित अझै ती द्विजवर ।
::"वहाँ बन्ने आमा शहर कदुनी के छ रहर ?
::"वहाँ बन्ने आमा शहर कुटुनी के छ रहर ?
शिल्ला पग्लेला है तर हृदय जो दृष्ट छ तहौं
शिला पग्लेला है तर हृदय जो दृष्ट छ तहाँ
::कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥
::कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥
{{pcn|(२१७)}}
{{pcn|(२१७)}}


न मानैको तिम्रो डर न भरपर्दा वचन छन्‌ ।
न मानैको तिम्रो डर न भरपर्दा वचन छन्‌ ।
::यहाँ राजा छैनन्‌ अब मरिसके दुर पर छन्‌ ॥"
::यहाँ राजा छैनन्‌ अब मरिसके दूर पर छन्‌ ॥"
भनेको सुन्दी ती धवलमहिमा के गरँसरि
भनेको सुन्दी ती धवलमहिमा के गरुँसरि
::यसो हेर्थिन्‌ आँखा भरिभरि बनाई वरिपरि ॥
::यसो हेर्थिन्‌ आँखा भरिभरि बनाई वरिपरि ॥
{{pcn|(२१८)}}
{{pcn|(२१८)}}


हिंडिन्‌ बृद्धा ढीली सजलनयनी त्यक्तदहिता
हिंडिन्‌ वृद्धा ढीली सजलनयनी त्यक्तदुहिता
::उचाली आँखाका जल नृपतिको आकूतितिर
::उचाली आँखाका जल नृपतिको आकृतितिर
पुकारा गर्दी ती अझ अब निराशासरि ननिन्‌
पुकारा गर्दी ती अझ अब निराशासरि बनिन्‌
::"भलो होला राजा" यतिभित घुमी ती पनि हिँडिन्‌
::"भलो होला राजा" यतिसित घुमी ती पनि हिंडिन्‌
{{pcn|(२१९)}}
{{pcn|(२१९)}}


सबै ओर्ले राजा पनि अब चियोको भर गरी ।
सबै ओर्ले राजा पनि अब चियोको भर गरी ।
::बसे टोली केही चकित सपनाले सरि कुनै ॥
::बसे टोली केही चकित सपनाले सरि कुनै ॥
हिँडिन्‌ फन्‌फन्‌ क्रोधी युवति अब' ती अप्सर-सुता ।
हिंडिन्‌ फन्‌फन्‌ क्रोधी युवति अब ती अप्सर-सुता ।
::पुगिन्‌ ढौकासम्मन्‌ मरुबिच रुझै झै अब यता ॥
::पुगिन्‌ ढोकासम्मन्‌ मरुबिच रुझे झैं अब यता ॥
{{pcn|(२२०)}}
{{pcn|(२२०)}}


कठै ! जस्तो सारा महल वनको राज रहने ।
कठै ! जस्तो सारा महल वनको राज रहने ।
::हुनृपर्ध्यो जस्को हकम शिरमा गर्व नहुने ॥
::हुनूपर्थ्यो जस्को हुकुम शिरमा गर्व नहुने ॥
लिई गही बस्नै जुन महलमा जून हंँसिली
लिई गद्दी बस्ने जुन महलमा जून हँसिली
::उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥
::उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥
{{pcn|(२२१)}}
{{pcn|(२२१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:50, 29 May 2025

This page has been proofread

"हिंडूँ आमै !" भन्छन्‌ द्विजवर नसुन्दा रिससित ।
"कसोरी छोडूँ नि ! स्वहृदय यहाँको जनसित ?
बनी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा !
अभागी हा बाबा ! निठुर विधिले छौ नि पथरा ॥"
(२१६)

"हिंडूँ आमै" भन्छन्‌ रिससित अझै ती द्विजवर ।
"वहाँ बन्ने आमा शहर कुटुनी के छ रहर ?
शिला पग्लेला है तर हृदय जो दृष्ट छ तहाँ ।
कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥
(२१७)

न मानैको तिम्रो डर न भरपर्दा वचन छन्‌ ।
यहाँ राजा छैनन्‌ अब मरिसके दूर पर छन्‌ ॥"
भनेको सुन्दी ती धवलमहिमा के गरुँसरि ।
यसो हेर्थिन्‌ आँखा भरिभरि बनाई वरिपरि ॥
(२१८)

हिंडिन्‌ वृद्धा ढीली सजलनयनी त्यक्तदुहिता ।
उचाली आँखाका जल नृपतिको आकृतितिर ॥
पुकारा गर्दी ती अझ अब निराशासरि बनिन्‌ ।
"भलो होला राजा" यतिसित घुमी ती पनि हिंडिन्‌ ॥
(२१९)

सबै ओर्ले राजा पनि अब चियोको भर गरी ।
बसे टोली केही चकित सपनाले सरि कुनै ॥
हिंडिन्‌ फन्‌फन्‌ क्रोधी युवति अब ती अप्सर-सुता ।
पुगिन्‌ ढोकासम्मन्‌ मरुबिच रुझे झैं अब यता ॥
(२२०)

कठै ! जस्तो सारा महल वनको राज रहने ।
हुनूपर्थ्यो जस्को हुकुम शिरमा गर्व नहुने ॥
लिई गद्दी बस्ने जुन महलमा जून हँसिली ।
उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥
(२२१)