Page:Shakuntala.pdf/313: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"हिंडूँ आमै !" भन्छन् द्विजवर नसुन्दा रिससित । | |||
::"कसोरी छोडूँ नि ! स्वहृदय यहाँको जनसित ? | |||
बनी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा ! | |||
::अभागी हा बाबा ! निठुर विधिले छौ नि पथरा ॥" | |||
{{pcn|(२१६)}} | |||
"हिंडूँ आमै" भन्छन् रिससित अझै ती द्विजवर । | |||
::"वहाँ बन्ने आमा शहर कुटुनी के छ रहर ? | |||
शिला पग्लेला है तर हृदय जो दृष्ट छ तहाँ । | |||
::कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥ | |||
{{pcn|(२१७)}} | |||
न मानैको तिम्रो डर न भरपर्दा वचन छन् । | |||
::यहाँ राजा छैनन् अब मरिसके दूर पर छन् ॥" | |||
भनेको सुन्दी ती धवलमहिमा के गरुँसरि । | |||
::यसो हेर्थिन् आँखा भरिभरि बनाई वरिपरि ॥ | |||
{{pcn|(२१८)}} | |||
हिंडिन् वृद्धा ढीली सजलनयनी त्यक्तदुहिता । | |||
::उचाली आँखाका जल नृपतिको आकृतितिर ॥ | |||
पुकारा गर्दी ती अझ अब निराशासरि बनिन् । | |||
::"भलो होला राजा" यतिसित घुमी ती पनि हिंडिन् ॥ | |||
{{pcn|(२१९)}} | |||
सबै ओर्ले राजा पनि अब चियोको भर गरी । | |||
::बसे टोली केही चकित सपनाले सरि कुनै ॥ | |||
हिंडिन् फन्फन् क्रोधी युवति अब ती अप्सर-सुता । | |||
::पुगिन् ढोकासम्मन् मरुबिच रुझे झैं अब यता ॥ | |||
{{pcn|(२२०)}} | |||
कठै ! जस्तो सारा महल वनको राज रहने । | |||
::हुनूपर्थ्यो जस्को हुकुम शिरमा गर्व नहुने ॥ | |||
लिई गद्दी बस्ने जुन महलमा जून हँसिली । | |||
::उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥ | |||
{{pcn|(२२१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:50, 29 May 2025
"हिंडूँ आमै !" भन्छन् द्विजवर नसुन्दा रिससित ।
"कसोरी छोडूँ नि ! स्वहृदय यहाँको जनसित ?
बनी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा !
अभागी हा बाबा ! निठुर विधिले छौ नि पथरा ॥"
(२१६)
"हिंडूँ आमै" भन्छन् रिससित अझै ती द्विजवर ।
"वहाँ बन्ने आमा शहर कुटुनी के छ रहर ?
शिला पग्लेला है तर हृदय जो दृष्ट छ तहाँ ।
कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥
(२१७)
न मानैको तिम्रो डर न भरपर्दा वचन छन् ।
यहाँ राजा छैनन् अब मरिसके दूर पर छन् ॥"
भनेको सुन्दी ती धवलमहिमा के गरुँसरि ।
यसो हेर्थिन् आँखा भरिभरि बनाई वरिपरि ॥
(२१८)
हिंडिन् वृद्धा ढीली सजलनयनी त्यक्तदुहिता ।
उचाली आँखाका जल नृपतिको आकृतितिर ॥
पुकारा गर्दी ती अझ अब निराशासरि बनिन् ।
"भलो होला राजा" यतिसित घुमी ती पनि हिंडिन् ॥
(२१९)
सबै ओर्ले राजा पनि अब चियोको भर गरी ।
बसे टोली केही चकित सपनाले सरि कुनै ॥
हिंडिन् फन्फन् क्रोधी युवति अब ती अप्सर-सुता ।
पुगिन् ढोकासम्मन् मरुबिच रुझे झैं अब यता ॥
(२२०)
कठै ! जस्तो सारा महल वनको राज रहने ।
हुनूपर्थ्यो जस्को हुकुम शिरमा गर्व नहुने ॥
लिई गद्दी बस्ने जुन महलमा जून हँसिली ।
उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥
(२२१)