Page:Shakuntala.pdf/282: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
गम्भीरा गौतमी छन् | गम्भीरा गौतमी छन् वचनहरु गमी बोल्न खोज्दी अगाडि । | ||
::सानी छन् छाउरी | ::सानी छन् छाउरी झैं कसुमनिकरकी ती उज्याली पछाडि ॥ | ||
रङ्गीलो दिव्य राम्रा मगमग | रङ्गीलो दिव्य राम्रा मगमग कुसुमी कोठरीका वसन्ती । | ||
::नाघी | ::नाघी सङ्घार आधा चकित हृदय ती देख्दछिन् वैजयन्ती ॥ | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
केटी छन् अप्सरा झैं सुमधुरवसना ठाँटिएकी | केटी छन् अप्सरा झैं सुमधुरवसना ठाँटिएकी कुरङ्गी । | ||
::प्याला रङ्गीन | ::प्याला रङ्गीन राम्रा मृदुल कर धनी सुस्त बोल्ने विहङ्गी । | ||
रङ्गी | रङ्गी चङ्गी छ भित्ता कुसुमित लहरा हिल्दछन् झैं उज्याला । | ||
::राजा छन् शोच गर्दा मलिनमुख त्यहाँ बिर्सिएतुल्य केही ॥ | ::राजा छन् शोच गर्दा मलिनमुख त्यहाँ बिर्सिएतुल्य केही ॥ | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
मुस्केलान् | मुस्केलान् झैं अधर मृदु छन् नेत्र सन्देशवाला । | ||
::होलिन् जस्ती मधुरवदनी प्राकृत प्रेमसाथ ॥ | ::होलिन् जस्ती मधुरवदनी प्राकृत प्रेमसाथ ॥ | ||
चम्केलान् ती विपुल दृगले सौख्य पाएर हेरी । | चम्केलान् ती विपुल दृगले सौख्य पाएर हेरी । | ||
Line 19: | Line 19: | ||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
"को हौ के हो कहाँका | "को हौ के हो कहाँका कुन खबर लिई आउँछ्यौ भन्नु के छ ?" | ||
::भन्ने आज्ञा सुनेकी अझ अपरिचिता छक्क भै हेर्न थालिन् ॥ | ::भन्ने आज्ञा सुनेकी अझ अपरिचिता छक्क भै हेर्न थालिन् ॥ | ||
राजाको चेहरामा अलिकति गहिरो देख्दछिन् ती विषाद । | राजाको चेहरामा अलिकति गहिरो देख्दछिन् ती विषाद । | ||
:: | ::शोचैमा छन् डुबेका अझ नृपति भनी मेट्दछिन् क्यै फसाद ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
केही सर्दी अगाडि प्रबलयश महाभूपका नेत्रलाई । | केही सर्दी अगाडि प्रबलयश महाभूपका नेत्रलाई । | ||
:: | ::आश्चर्यैले म ल्यूँला चकित झलकमा चट्ट पारी चिनाई ॥ | ||
"ओहो " भन्लान् मलाई किन यति मनमा चट्ट राखी विचार । | "ओहो " भन्लान् मलाई किन यति मनमा चट्ट राखी विचार । | ||
:: | ::सामुन्नेतुल्य सोझो वदन दिन रहिन् नेत्र तीखा लगाई ॥ | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
"को हुन् यी सुन्दरी नि" | "को हुन् यी सुन्दरी नि" नृपमणि अब ती सोद्धछन् गौतमीमा । | ||
::दोटै बोल्नै नसक्ने अपरिचित कुनै मूर्ति जस्ता बनाई ॥ | ::दोटै बोल्नै नसक्ने अपरिचित कुनै मूर्ति जस्ता बनाई ॥ | ||
छायो चाँडै अँध्यारो हृदय डर पस्यो | छायो चाँडै अँध्यारो हृदय डर पस्यो मञ्जुलाको समस्त । | ||
::स्वप्ना मीठो | ::स्वप्ना मीठो गुमे झैं तर अचल रहिन् फेरि खामोससाथ ॥ | ||
{{pcn|(५२)}} | {{pcn|(५२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:28, 27 May 2025
गम्भीरा गौतमी छन् वचनहरु गमी बोल्न खोज्दी अगाडि ।
सानी छन् छाउरी झैं कसुमनिकरकी ती उज्याली पछाडि ॥
रङ्गीलो दिव्य राम्रा मगमग कुसुमी कोठरीका वसन्ती ।
नाघी सङ्घार आधा चकित हृदय ती देख्दछिन् वैजयन्ती ॥
(४७)
केटी छन् अप्सरा झैं सुमधुरवसना ठाँटिएकी कुरङ्गी ।
प्याला रङ्गीन राम्रा मृदुल कर धनी सुस्त बोल्ने विहङ्गी ।
रङ्गी चङ्गी छ भित्ता कुसुमित लहरा हिल्दछन् झैं उज्याला ।
राजा छन् शोच गर्दा मलिनमुख त्यहाँ बिर्सिएतुल्य केही ॥
(४८)
मुस्केलान् झैं अधर मृदु छन् नेत्र सन्देशवाला ।
होलिन् जस्ती मधुरवदनी प्राकृत प्रेमसाथ ॥
चम्केलान् ती विपुल दृगले सौख्य पाएर हेरी ।
भन्दी आशा हरित अडिँदी द्वारमा छन् खडा ती ॥
(४९)
"को हौ के हो कहाँका कुन खबर लिई आउँछ्यौ भन्नु के छ ?"
भन्ने आज्ञा सुनेकी अझ अपरिचिता छक्क भै हेर्न थालिन् ॥
राजाको चेहरामा अलिकति गहिरो देख्दछिन् ती विषाद ।
शोचैमा छन् डुबेका अझ नृपति भनी मेट्दछिन् क्यै फसाद ॥
(५०)
केही सर्दी अगाडि प्रबलयश महाभूपका नेत्रलाई ।
आश्चर्यैले म ल्यूँला चकित झलकमा चट्ट पारी चिनाई ॥
"ओहो " भन्लान् मलाई किन यति मनमा चट्ट राखी विचार ।
सामुन्नेतुल्य सोझो वदन दिन रहिन् नेत्र तीखा लगाई ॥
(५१)
"को हुन् यी सुन्दरी नि" नृपमणि अब ती सोद्धछन् गौतमीमा ।
दोटै बोल्नै नसक्ने अपरिचित कुनै मूर्ति जस्ता बनाई ॥
छायो चाँडै अँध्यारो हृदय डर पस्यो मञ्जुलाको समस्त ।
स्वप्ना मीठो गुमे झैं तर अचल रहिन् फेरि खामोससाथ ॥
(५२)