Page:Shakuntala.pdf/105: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
थकित झोंझले राजकाजको । | |||
::दिन खुला हुँदा रम्य आजको ॥ | ::दिन खुला हुँदा रम्य आजको ॥ | ||
अब शिकारमा जान चित्त | अब शिकारमा जान चित्त भै । | ||
::वन | ::वन विहारमा छन् तयार ती ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
Line 19: | Line 19: | ||
बगलमा धरी चर्म म्यानमा । | बगलमा धरी चर्म म्यानमा । | ||
::अति सुहाउँदो वक्ररेख त्यो ॥ | ::अति सुहाउँदो वक्ररेख त्यो ॥ | ||
कनक ताज ली | कनक ताज ली हीरकद्युति । | ||
::रत्न लुर्कने दिव्य झल्मल ॥ | ::रत्न लुर्कने दिव्य झल्मल ॥ | ||
विपुल भालमा पीत चन्दन । | विपुल भालमा पीत चन्दन । | ||
::माल्ययुक्त छन् देशनन्दन ॥ | ::माल्ययुक्त छन् देशनन्दन ॥ | ||
पयर ढाक्दछन् टिम्म वस्त्रले । | पयर ढाक्दछन् टिम्म वस्त्रले । | ||
::सुन सिँगारको पाउपोस | ::सुन सिँगारको पाउपोस छ ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
Line 30: | Line 30: | ||
::टलकदार छन् अश्व तेजिला ॥ | ::टलकदार छन् अश्व तेजिला ॥ | ||
टाप कट्किने, लोह झिल्किने । | टाप कट्किने, लोह झिल्किने । | ||
:: | ::छाँटकाँटका स्निग्ध यालका ॥ | ||
गुच्छदार छन् लोल पुच्छर । | |||
:: | ::घावमेच्छु छ्न् रोकिँदा, तर ॥ | ||
पद अधीर भै ती | पद अधीर भै ती उचाल्दछन् । | ||
::हिन्हिनाउँदै मार्गखातिर ॥ | ::हिन्हिनाउँदै मार्गखातिर ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 14:28, 2 March 2025
उदय स्वर्णले खुल्छ शासन ।
दिनभरी फिँजी कीर्ति घामको ॥
दिन स्वदेशमा छन् समुज्ज्वल ।
स्वर्ण अस्तले स्वर्ग भज्दछन् ॥
अस्त भै यता, देशमा अरू ।
पछि उदाउँछन्, स्वर्णकीर्तिमा ॥
(३५)
थकित झोंझले राजकाजको ।
दिन खुला हुँदा रम्य आजको ॥
अब शिकारमा जान चित्त भै ।
वन विहारमा छन् तयार ती ॥
(३६)
कनक-सूतको कोट झल्मल ।
रत्नदारमा मन्मथोज्ज्वल ॥
बगलमा धरी चर्म म्यानमा ।
अति सुहाउँदो वक्ररेख त्यो ॥
कनक ताज ली हीरकद्युति ।
रत्न लुर्कने दिव्य झल्मल ॥
विपुल भालमा पीत चन्दन ।
माल्ययुक्त छन् देशनन्दन ॥
पयर ढाक्दछन् टिम्म वस्त्रले ।
सुन सिँगारको पाउपोस छ ॥
(३७)
रथ चढे तिनी चार अश्वको ।
टलकदार छन् अश्व तेजिला ॥
टाप कट्किने, लोह झिल्किने ।
छाँटकाँटका स्निग्ध यालका ॥
गुच्छदार छन् लोल पुच्छर ।
घावमेच्छु छ्न् रोकिँदा, तर ॥
पद अधीर भै ती उचाल्दछन् ।
हिन्हिनाउँदै मार्गखातिर ॥
(३८)