Page:Laxmi nibandhasangraha.pdf/157: Difference between revisions
→Not proofread: Created page with "नेपाली गुण्डो हामी ज्यादा पोशाकमा भाउ र भडक राख्नेलाई गुण्डो भन्छौं, बोक्रेपन नै गुण्डोको प्रधान लक्षण हो । उसलाई आफू सिंगारिनुभन्दा सृक्ष्म कला कहीं छैन । दुनियाँका नजरमा छाँटक..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
नेपाली गुण्डो | {{x-larger|'''नेपाली गुण्डो'''}} | ||
हामी ज्यादा पोशाकमा भाउ र भडक राख्नेलाई गुण्डो भन्छौं, | हामी ज्यादा पोशाकमा भाउ र भडक राख्नेलाई गुण्डो भन्छौं, | ||
बोक्रेपन नै गुण्डोको प्रधान लक्षण हो । उसलाई आफू सिंगारिनुभन्दा | बोक्रेपन नै गुण्डोको प्रधान लक्षण हो । उसलाई आफू सिंगारिनुभन्दा | ||
सृक्ष्म कला कहीं छैन । दुनियाँका नजरमा छाँटकाँट रङ्गले योग्यतामा | सृक्ष्म कला कहीं छैन । दुनियाँका नजरमा छाँटकाँट रङ्गले योग्यतामा | ||
दावा राख्दछ । | दावा राख्दछ । ऊ भौतिकवादी छ । बाह्य आकर्षणले आकर्षित हुन्छ र | ||
बोक्रे नजरहरूलाई आकर्षण गर्दछ । 'म' जस्तो राम्रो उसलाई केही | बोक्रे नजरहरूलाई आकर्षण गर्दछ । 'म' जस्तो राम्रो उसलाई केही | ||
छैन । क दुनियाँमा आफ्नो विज्ञापन जाहेर गर्दछ । | छैन । क दुनियाँमा आफ्नो विज्ञापन जाहेर गर्दछ । ऊ सामुसम्म पनि | ||
आउन सक्तैन । बस्तछ खोलमा नै । धाकी रङ्गहरू उसलाई प्यारा छन् । | आउन सक्तैन । बस्तछ खोलमा नै । धाकी रङ्गहरू उसलाई प्यारा छन् । | ||
उ मानौं विजेताको छडी घुमाएर सडक नै शासन गर्दछ । मानौं उसको | उ मानौं विजेताको छडी घुमाएर सडक नै शासन गर्दछ । मानौं उसको | ||
काम आफू सिंगारिनु र दुनियाँको काम उसको | काम आफू सिंगारिनु र दुनियाँको काम उसको तारीफ गर्नु मात्र हो । | ||
प्रशंसाले उसको नाक फुल्दछ । पैसाभन्दा उसलाई ठूलो केही छैन । ऊ | |||
प्रशंसाले उसको नाक फुल्दछ । पैसाभन्दा उसलाई ठूलो केही छैन । | |||
चार पैसा कमाउँछ तर चार सय खर्च गर्नको रवाफ अपरिचित | चार पैसा कमाउँछ तर चार सय खर्च गर्नको रवाफ अपरिचित | ||
नजरहरूअगाडि देखाउँछ । | नजरहरूअगाडि देखाउँछ । ऊ झगडामा पनि उत्तिकै अग्रसर छ र | ||
छक्का-पञ्जाका साङ्ग्रा चातुरीहरूलाई जीवन भन्दछ । उसका सुधारलाई | |||
छक्का-पञ्जाका साङ्ग्रा चातुरीहरूलाई जीवन भन्दछ । उसका | संसारै छैन । उसका मुस्कानहरू पछाडि छरिरहेका हुन्छन् । ऊ डरलाग्दो | ||
जन्तु हुन्छ । उसलाई स्वार्थभन्दा मीठो ध्येय दुनियाँमा छैन । ऊ खालि | |||
संसारै छैन । उसका मुस्कानहरू पछाडि छरिरहेका हुन्छन् । | |||
जन्तु हुन्छ । उसलाई स्वार्थभन्दा मीठो ध्येय दुनियाँमा छैन । | |||
छलले कमाउन, बलले मिच्नमा र देखाउनमा छ । | छलले कमाउन, बलले मिच्नमा र देखाउनमा छ । | ||
उसलाई स्त्रीजातिको सतीत्व त्यत्तिको कदर गर्न लायकको | उसलाई स्त्रीजातिको सतीत्व त्यत्तिको कदर गर्न लायकको | ||
छैन ।सौन्दर्यलाई आफ्नै भोगका निमित्त सम्झन्छ । उसको सिद्धान्तमा | छैन ।सौन्दर्यलाई आफ्नै भोगका निमित्त सम्झन्छ । उसको सिद्धान्तमा | ||
पवित्र दूधको दखल कट्टरको बोक्रेपन हो । ऊ छल हो र छकावटले | |||
पवित्र दूधको दखल कट्टरको बोक्रेपन | |||
छोपिएका कुराहरूलाई सत्य मान्दैन । दुनियाँको आँखा छल्न पाए भोलानाथ | छोपिएका कुराहरूलाई सत्य मान्दैन । दुनियाँको आँखा छल्न पाए भोलानाथ | ||
अन्धा भन्ने उसको सिद्धान्त छ । ऊ मासुको उपासक हो न कि आत्माको | |||
अन्धा भन्ने उसको सिद्धान्त छ । | चाहनाको । समय मात्र उसलाई प्रेमको समय छ । ऊ पाशविक | ||
चाहनाको । समय मात्र उसलाई प्रेमको समय | निरुत्तरदायित्वमा खालि आफ्ना मजा खोज्दछ र लहडमा जीवन | ||
निरुत्तरदायित्वमा खालि | बिगारिदिन्छ । ऊ खालि भमरो होइन, माखो हो । बिगार्नु र सपार्नु | ||
आफ्ना मजा खोज्दछ र लहडमा जीवन | |||
बिगारिदिन्छ । | |||
Latest revision as of 14:32, 26 February 2025
नेपाली गुण्डो
हामी ज्यादा पोशाकमा भाउ र भडक राख्नेलाई गुण्डो भन्छौं, बोक्रेपन नै गुण्डोको प्रधान लक्षण हो । उसलाई आफू सिंगारिनुभन्दा सृक्ष्म कला कहीं छैन । दुनियाँका नजरमा छाँटकाँट रङ्गले योग्यतामा दावा राख्दछ । ऊ भौतिकवादी छ । बाह्य आकर्षणले आकर्षित हुन्छ र बोक्रे नजरहरूलाई आकर्षण गर्दछ । 'म' जस्तो राम्रो उसलाई केही छैन । क दुनियाँमा आफ्नो विज्ञापन जाहेर गर्दछ । ऊ सामुसम्म पनि आउन सक्तैन । बस्तछ खोलमा नै । धाकी रङ्गहरू उसलाई प्यारा छन् । उ मानौं विजेताको छडी घुमाएर सडक नै शासन गर्दछ । मानौं उसको काम आफू सिंगारिनु र दुनियाँको काम उसको तारीफ गर्नु मात्र हो । प्रशंसाले उसको नाक फुल्दछ । पैसाभन्दा उसलाई ठूलो केही छैन । ऊ चार पैसा कमाउँछ तर चार सय खर्च गर्नको रवाफ अपरिचित नजरहरूअगाडि देखाउँछ । ऊ झगडामा पनि उत्तिकै अग्रसर छ र छक्का-पञ्जाका साङ्ग्रा चातुरीहरूलाई जीवन भन्दछ । उसका सुधारलाई संसारै छैन । उसका मुस्कानहरू पछाडि छरिरहेका हुन्छन् । ऊ डरलाग्दो जन्तु हुन्छ । उसलाई स्वार्थभन्दा मीठो ध्येय दुनियाँमा छैन । ऊ खालि छलले कमाउन, बलले मिच्नमा र देखाउनमा छ ।
उसलाई स्त्रीजातिको सतीत्व त्यत्तिको कदर गर्न लायकको छैन ।सौन्दर्यलाई आफ्नै भोगका निमित्त सम्झन्छ । उसको सिद्धान्तमा पवित्र दूधको दखल कट्टरको बोक्रेपन हो । ऊ छल हो र छकावटले छोपिएका कुराहरूलाई सत्य मान्दैन । दुनियाँको आँखा छल्न पाए भोलानाथ अन्धा भन्ने उसको सिद्धान्त छ । ऊ मासुको उपासक हो न कि आत्माको चाहनाको । समय मात्र उसलाई प्रेमको समय छ । ऊ पाशविक निरुत्तरदायित्वमा खालि आफ्ना मजा खोज्दछ र लहडमा जीवन बिगारिदिन्छ । ऊ खालि भमरो होइन, माखो हो । बिगार्नु र सपार्नु