Jump to content

Page:Laxmi nibandhasangraha.pdf/155: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हरेक आकारमा अभिप्राय झल्किंदा हामी संसारलाई अन्धो शून्यता भन्न सक्तैनौं । परिवर्तनका क्रमहरूको पर्दामा दिव्य चित्रकारी, दिव्य रेखाहरू र रङ्गहरू यपिरहेकै छ । आकारहरू आभासित बन्..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हरेक आकारमा अभिप्राय झल्किंदा हामी संसारलाई अन्धो शून्यता
हरेक आकारमा अभिप्राय झल्किंदा हामी संसारलाई अन्धो शून्यता
भन्न सक्तैनौं । परिवर्तनका क्रमहरूको पर्दामा दिव्य चित्रकारी, दिव्य
भन्न सक्तैनौं । परिवर्तनका क्रमहरूको पर्दामा दिव्य चित्रकारी, दिव्य
रेखाहरू र रङ्गहरू थपिरहेकै छ । आकारहरू आभासित बन्दछन्‌,
बिलाउँछन्‌ । तर हरेकमा दिव्य प्रतिभा झल्केकै देखिन्छ ।


रेखाहरू र रङ्गहरू यपिरहेकै छ । आकारहरू
पृथ्वीको गोल आकार, आकाशको रूप, ताराहरूको बनौट सबमा
 
कला पाइन्छ । पृथ्वीको गोलाइले दिन-रात ऋतुसञ्चालनको महिमा
आभासित बन्दछन्‌,
 
विलाउँछन्‌ । तर हरेकमा दिव्य प्रतिभा झल्केकै देखिन्छ ।
पृथ्वीको गोल आकार, आकाशको रूप, ताराहरूको बनौट सवमा
कला पाइन्छ । पृथ्वीको गोलाइले दिन-रात त्रतुसञ्चालनको महिमा
 
राख्तछ, राम्रो समय र देशको नाम-विभाग सजिलो हुनजान्छ । आकाशको
राख्तछ, राम्रो समय र देशको नाम-विभाग सजिलो हुनजान्छ । आकाशको
गोलाइमा हामी ईश्वरको दिव्य स्थितिको गोलाइ देख्तछौं, जसमा सब
गोलाइमा हामी ईश्वरको दिव्य स्थितिको गोलाइ देख्तछौं, जसमा सब
चीज ठेगानसँग राखिएको छ । यसको ठूलो गोलामा साना वर्तुलाकृति
रूपमा पूर्णका साना पूर्ण झैं ताराहरू झल्किन्छन्‌ ।


चीज ठेगानसँग राखिएको छ । यसको ठूलो गोलामा साना बर्तुलाकृति
शोपन्‌हारसाहेबको दर्शनमा सारा इच्छाशक्तिकै विकास र तारतम्यको
रूपमा पूर्णका साना पूर्ण झैं ताराहरू झल्किन्छन्‌ ।
शोपनूहारसाहेबको दर्शनमा सारा इच्छाशक्तिकै विकास र तारतम्यको
रूपमा संसार दर्शाइएको छ । आकृति केवल इच्छाको विकास हो । रेखाहरू
रूपमा संसार दर्शाइएको छ । आकृति केवल इच्छाको विकास हो । रेखाहरू
 
सब अभिप्रायबाट अङ्कित भएका जस्ता विदित हुन्छन्‌ । व्यक्तिमा आभ्यन्तरिक
सब अभिप्रायबाट अङ्िति भएका जस्ता विदित हुन्छन्‌ । व्यक्तिमा आभ्यन्तरिक
 
इच्छाहरू रूपमा प्रकाशित हुन्छन्‌ र विश्वमा समष्टिरूप दिव्य इच्छाशक्तिका
इच्छाहरू रूपमा प्रकाशित हुन्छन्‌ र विश्वमा समष्टिरूप दिव्य इच्छाशक्तिका
बनोटहरू जस्ता देखिन्छन्‌ । आँखाको खोपिल्टोमा संरक्षणार्थ अभिप्राय छ ।
बनोटहरू जस्ता देखिन्छन्‌ । आँखाको खोपिल्टोमा संरक्षणार्थ अभिप्राय छ ।
जिभ्रोका गिर्खहरूमा आस्वादनात्मक चमत्कारहरूका सूक्ष्म कला पाइन्छन्‌ ।
जिभ्रोका गिर्खहरूमा आस्वादनात्मक चमत्कारहरूका सूक्ष्म कला पाइन्छन्‌ ।
चेहरामा मन झल्किन्छ । फियोको बनोटमा समरभूमिको तयारी छ,
चेहरामा मन झल्किन्छ । फियोको बनोटमा समरभूमिको तयारी छ,
 
माछालाई पानीभित्र सास फेर्न आकार दिइयो, हात्तीको आकारले सूचना
माछालाई पानीभित्र सास फेर्न आकार दिड्यो, हात्तीको आकारले स्‌चना
 
दिन्छ कि उसको बुद्धिमा खालि ठूलो हुनु नै सर्वविजयिता रहेछ । परिस्थिति
दिन्छ कि उसको बुद्धिमा खालि ठूलो हुनु नै सर्वविजयिता रहेछ । परिस्थिति
र जीवनका भागहरूले इच्छाको विकास गर्दछन्‌ र हाम्रा इच्छाहरू सुन्दर
र जीवनका भागहरूले इच्छाको विकास गर्दछन्‌ र हाम्रा इच्छाहरू सुन्दर
र सूक्ष्मतिर विकासिनु सभ्यता हो ।
र सूक्ष्मतिर विकासिनु सभ्यता हो ।
बिश्वमा आकृति र अभिप्राय साथसाथ देखिन्छन्‌ र अभिप्रायकै


विश्वमा आकृति र अभिप्राय साथसाथ देखिन्छन्‌ र अभिप्रायकै
खँदिलो भौतिक रेखालाई हामी आकारको रूपमा देख्तछौं । मलाई बराबर
खँदिलो भौतिक रेखालाई हामी आकारको रूपमा देख्तछौं । मलाई बराबर
वस्तुहरू खँदिला छैनन्‌ कि भनेर छाम्न मन लाग्दछ; किनकि संसार
वस्तुहरू खँदिला छैनन्‌ कि भनेर छाम्न मन लाग्दछ; किनकि संसार
खालि विश्वनिर्माण-कर्ताको कल्पनारेखा जस्तो विदित हुन्छ । यहाँ खालि
खालि विश्वनिर्माण-कर्ताको कल्पनारेखा जस्तो विदित हुन्छ । यहाँ खालि
सपना, भावना र इच्छाका खँदिलापनहरू मात्र छन्‌ । परमाणुहरू पनि
सपना, भावना र इच्छाका खँदिलापनहरू मात्र छन्‌ । परमाणुहरू पनि
खालि कम्पनका संख्यामा र ढङ्गमा आकारित भएका जस्ता विदित
खालि कम्पनका संख्यामा र ढङ्गमा आकारित भएका जस्ता विदित
हुन्छन्‌ ! दिव्य इच्छाका लहरहरू नै अड्ति हुँदा संसारमा वस्तुहरू
हुन्छन्‌ ! दिव्य इच्छाका लहरहरू नै अङ्कित हुँदा संसारमा वस्तुहरू
खँदिला भएजस्तो हाम्रो भित्री चेतले दर्शाउँछ । यो संसार काकताली
खँदिला भएजस्तो हाम्रो भित्री चेतले दर्शाउँछ । यो संसार काकताली
होइन, अभिप्रायशील विकासशील आकार हो ।बाह्य रूपहरू आभ्यन्तरिक
होइन, अभिप्रायशील विकासशील आकार हो । बाह्य रूपहरू आभ्यन्तरिक
 
कल्पनातत्त्वहरूका खँदिला प्रदर्शन मात्र हुन्‌ कि भन्ने हामीलाई लाग्दछ ।
कल्पनातत्त्वहरूका खेँदिला प्रदर्शन मात्र हुन्‌ कि भन्ने हामीलाई लाग्दछ ।
१४६ लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 14:25, 26 February 2025

This page has been proofread

हरेक आकारमा अभिप्राय झल्किंदा हामी संसारलाई अन्धो शून्यता भन्न सक्तैनौं । परिवर्तनका क्रमहरूको पर्दामा दिव्य चित्रकारी, दिव्य रेखाहरू र रङ्गहरू थपिरहेकै छ । आकारहरू आभासित बन्दछन्‌, बिलाउँछन्‌ । तर हरेकमा दिव्य प्रतिभा झल्केकै देखिन्छ ।

पृथ्वीको गोल आकार, आकाशको रूप, ताराहरूको बनौट सबमा कला पाइन्छ । पृथ्वीको गोलाइले दिन-रात ऋतुसञ्चालनको महिमा राख्तछ, राम्रो समय र देशको नाम-विभाग सजिलो हुनजान्छ । आकाशको गोलाइमा हामी ईश्वरको दिव्य स्थितिको गोलाइ देख्तछौं, जसमा सब चीज ठेगानसँग राखिएको छ । यसको ठूलो गोलामा साना वर्तुलाकृति रूपमा पूर्णका साना पूर्ण झैं ताराहरू झल्किन्छन्‌ ।

शोपन्‌हारसाहेबको दर्शनमा सारा इच्छाशक्तिकै विकास र तारतम्यको रूपमा संसार दर्शाइएको छ । आकृति केवल इच्छाको विकास हो । रेखाहरू सब अभिप्रायबाट अङ्कित भएका जस्ता विदित हुन्छन्‌ । व्यक्तिमा आभ्यन्तरिक इच्छाहरू रूपमा प्रकाशित हुन्छन्‌ र विश्वमा समष्टिरूप दिव्य इच्छाशक्तिका बनोटहरू जस्ता देखिन्छन्‌ । आँखाको खोपिल्टोमा संरक्षणार्थ अभिप्राय छ । जिभ्रोका गिर्खहरूमा आस्वादनात्मक चमत्कारहरूका सूक्ष्म कला पाइन्छन्‌ । चेहरामा मन झल्किन्छ । फियोको बनोटमा समरभूमिको तयारी छ, माछालाई पानीभित्र सास फेर्न आकार दिइयो, हात्तीको आकारले सूचना दिन्छ कि उसको बुद्धिमा खालि ठूलो हुनु नै सर्वविजयिता रहेछ । परिस्थिति र जीवनका भागहरूले इच्छाको विकास गर्दछन्‌ र हाम्रा इच्छाहरू सुन्दर र सूक्ष्मतिर विकासिनु सभ्यता हो ।

विश्वमा आकृति र अभिप्राय साथसाथ देखिन्छन्‌ र अभिप्रायकै खँदिलो भौतिक रेखालाई हामी आकारको रूपमा देख्तछौं । मलाई बराबर वस्तुहरू खँदिला छैनन्‌ कि भनेर छाम्न मन लाग्दछ; किनकि संसार खालि विश्वनिर्माण-कर्ताको कल्पनारेखा जस्तो विदित हुन्छ । यहाँ खालि सपना, भावना र इच्छाका खँदिलापनहरू मात्र छन्‌ । परमाणुहरू पनि खालि कम्पनका संख्यामा र ढङ्गमा आकारित भएका जस्ता विदित हुन्छन्‌ ! दिव्य इच्छाका लहरहरू नै अङ्कित हुँदा संसारमा वस्तुहरू खँदिला भएजस्तो हाम्रो भित्री चेतले दर्शाउँछ । यो संसार काकताली होइन, अभिप्रायशील विकासशील आकार हो । बाह्य रूपहरू आभ्यन्तरिक कल्पनातत्त्वहरूका खँदिला प्रदर्शन मात्र हुन्‌ कि भन्ने हामीलाई लाग्दछ ।