Page:Laxmi nibandhasangraha.pdf/147: Difference between revisions
→Not proofread: Created page with "वैराग्य म जबसम्म जवानीको तासीरले गरुँला र भरुँलाहरूका टुनामा आनन्द पाएर सपना देखिरहेको थिएँ, त्यस वेलासम्म मलाई बिलकुल थाहा थिएन कि बैराग्य भनेको कुन चीज हो, यद्यपि म कहिले संसार..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
वैराग्य | {{x-larger|'''वैराग्य'''}} | ||
म जबसम्म जवानीको तासीरले गरुँला र भरुँलाहरूका टुनामा | म जबसम्म जवानीको तासीरले गरुँला र भरुँलाहरूका टुनामा | ||
आनन्द पाएर सपना देखिरहेको थिएँ, त्यस वेलासम्म मलाई बिलकुल | आनन्द पाएर सपना देखिरहेको थिएँ, त्यस वेलासम्म मलाई बिलकुल | ||
थाहा थिएन कि वैराग्य भनेको कुन चीज हो, यद्यपि म कहिले संसार | |||
थाहा थिएन कि | |||
सपना हो र यसमा सार छैन भन्ने कविता पनि लेख्तथें । आभ्यन्तरिक | सपना हो र यसमा सार छैन भन्ने कविता पनि लेख्तथें । आभ्यन्तरिक | ||
चैतन्यबाट उठेको वैराग्य मात्र सच्चा स्वरूप धारण गर्दछ र विषयसम्बन्धी | चैतन्यबाट उठेको वैराग्य मात्र सच्चा स्वरूप धारण गर्दछ र विषयसम्बन्धी | ||
दुःखका अनुभवद्वारा भित्रतिर उठेको संसारी निस्सारताको चैतन्य मात्र | दुःखका अनुभवद्वारा भित्रतिर उठेको संसारी निस्सारताको चैतन्य मात्र | ||
वैराग्यको आत्मा बन्दछ । खालि पढेर गुनेर मात्र विरक्ति लिनेले अरूहरूको | वैराग्यको आत्मा बन्दछ । खालि पढेर गुनेर मात्र विरक्ति लिनेले अरूहरूको | ||
अनुभव-प्रतिबिम्बद्वारा झल्किएका भावहरूलाई रुचाएर संसारको | अनुभव-प्रतिबिम्बद्वारा झल्किएका भावहरूलाई रुचाएर संसारको | ||
निस्सारताको काल्पनिक अनुभव पाउँदछन् र आफूलाई बुद्धिमान् ठान्दछन् । | |||
निस्सारताको काल्पनिक अनुभव पाउँदछन् र आफूलाई | तर तिनीहरू कच्चा र प्रलोभनशील हुन्छन् । सच्चा वैरागी भनेको त्यो | ||
तर तिनीहरू कच्चा र प्रलोभनशील हुन्छन् । सच्चा | |||
हो जसले जीवनका अनुभवहरूमा अनित्यको परिवर्तनशीलता हुने संयोग, | हो जसले जीवनका अनुभवहरूमा अनित्यको परिवर्तनशीलता हुने संयोग, | ||
वियोगहरूको तिक्तता अनुभव गर्ने सहृदयता राखेर नित्यको इशारा | |||
वियोगहरूको तिक्तता अनुभव गर्ने | पाउँदछ र त्यसको पछि दृढतया लाग्दछ– त्यस्तो तीव्र चैतन्यले, जसलाई | ||
पाउँदछ र त्यसको पछि दृढतया लाग्दछ | |||
फेरि विषयको टुनाले बहकाउन सक्तैन । | फेरि विषयको टुनाले बहकाउन सक्तैन । | ||
शुकजीलाई बाल्यावस्थादेखि नै वैराग्य उत्पन्न भएको थियो । | शुकजीलाई बाल्यावस्थादेखि नै वैराग्य उत्पन्न भएको थियो । | ||
हामी देख्छौं कोही-कोही महापुरुष या साधुहरू पूर्वजन्मका संस्कारद्वारा | हामी देख्छौं कोही-कोही महापुरुष या साधुहरू पूर्वजन्मका संस्कारद्वारा | ||
विषयउपर घृणा र पारमार्थिक सारउपर श्रद्धा उत्पन्न भएर सानै उमेरमा | |||
संसार त्याग गर्दारहेछन् । तर भित्र मर्मस्थानमा विषयको वेदना यस्तो | संसार त्याग गर्दारहेछन् । तर भित्र मर्मस्थानमा विषयको वेदना यस्तो | ||
हन्छ भन्ने सजीव अनुभव नभई मानिसलाई संसारमा सच्चा तवरले | |||
उत्पन्न हुन सक्तो रहेनछ । रोगीहरूको दर्शनमा मिथ्याको स्वरूप | वैराग्य उत्पन्न हुन सक्तो रहेनछ । रोगीहरूको दर्शनमा मिथ्याको स्वरूप | ||
झल्किन्छ र हामीहरू असत्यको अत्याचारबाट अमलेख बन्न खोज्दछौं, | झल्किन्छ र हामीहरू असत्यको अत्याचारबाट अमलेख बन्न खोज्दछौं, | ||
तर पूर्वजन्महरूका अनुभवद्वारा पनि कोही-कोहीमा सच्चा वैराग्य उठ्न | तर पूर्वजन्महरूका अनुभवद्वारा पनि कोही-कोहीमा सच्चा वैराग्य उठ्न | ||
संभव रहेछ । | संभव रहेछ । | ||
जबसम्म हामी संसारमा ठूला हुन चाहन्छौं या यति-उति गरौंला | जबसम्म हामी संसारमा ठूला हुन चाहन्छौं या यति-उति गरौंला | ||
Latest revision as of 12:30, 26 February 2025
वैराग्य
म जबसम्म जवानीको तासीरले गरुँला र भरुँलाहरूका टुनामा आनन्द पाएर सपना देखिरहेको थिएँ, त्यस वेलासम्म मलाई बिलकुल थाहा थिएन कि वैराग्य भनेको कुन चीज हो, यद्यपि म कहिले संसार सपना हो र यसमा सार छैन भन्ने कविता पनि लेख्तथें । आभ्यन्तरिक चैतन्यबाट उठेको वैराग्य मात्र सच्चा स्वरूप धारण गर्दछ र विषयसम्बन्धी दुःखका अनुभवद्वारा भित्रतिर उठेको संसारी निस्सारताको चैतन्य मात्र वैराग्यको आत्मा बन्दछ । खालि पढेर गुनेर मात्र विरक्ति लिनेले अरूहरूको अनुभव-प्रतिबिम्बद्वारा झल्किएका भावहरूलाई रुचाएर संसारको निस्सारताको काल्पनिक अनुभव पाउँदछन् र आफूलाई बुद्धिमान् ठान्दछन् । तर तिनीहरू कच्चा र प्रलोभनशील हुन्छन् । सच्चा वैरागी भनेको त्यो हो जसले जीवनका अनुभवहरूमा अनित्यको परिवर्तनशीलता हुने संयोग, वियोगहरूको तिक्तता अनुभव गर्ने सहृदयता राखेर नित्यको इशारा पाउँदछ र त्यसको पछि दृढतया लाग्दछ– त्यस्तो तीव्र चैतन्यले, जसलाई फेरि विषयको टुनाले बहकाउन सक्तैन ।
शुकजीलाई बाल्यावस्थादेखि नै वैराग्य उत्पन्न भएको थियो । हामी देख्छौं कोही-कोही महापुरुष या साधुहरू पूर्वजन्मका संस्कारद्वारा विषयउपर घृणा र पारमार्थिक सारउपर श्रद्धा उत्पन्न भएर सानै उमेरमा संसार त्याग गर्दारहेछन् । तर भित्र मर्मस्थानमा विषयको वेदना यस्तो हन्छ भन्ने सजीव अनुभव नभई मानिसलाई संसारमा सच्चा तवरले वैराग्य उत्पन्न हुन सक्तो रहेनछ । रोगीहरूको दर्शनमा मिथ्याको स्वरूप झल्किन्छ र हामीहरू असत्यको अत्याचारबाट अमलेख बन्न खोज्दछौं, तर पूर्वजन्महरूका अनुभवद्वारा पनि कोही-कोहीमा सच्चा वैराग्य उठ्न संभव रहेछ ।
जबसम्म हामी संसारमा ठूला हुन चाहन्छौं या यति-उति गरौंला