Jump to content

Page:Laxmi nibandhasangraha.pdf/138: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
रक्ताणु प्राकृत तवरले लाग्दछन्‌ र भित्रबाट तिनका निषेध नाप्नामा के-
रक्ताणु प्राकृत तवरले लाग्दछन्‌ र भित्रबाट तिनका निषेध नाप्नामा के-
के चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछ्ु । म ज्यादा अन्धविश्वासी
के चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछु । म ज्यादा अन्धविश्वासी
हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तिनँ ।
हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तिनँ ।
मलाई वैज्ञानिक भझिलिमिलीहरू अझसम्म 'पराईका पाप” जस्ता
मलाई वैज्ञानिक झिलिमिलीहरू अझसम्म 'पराईका पाप' जस्ता
लाग्दैछन्‌ । म तिनलाई ग्रहण गर्नमा आधा तर्सिएकै हुन्छु। म
लाग्दैछन्‌ । म तिनलाई ग्रहण गर्नमा आधा तर्सिएकै हुन्छु। म
विदेशसँग प्रेम राख्न चाहन्छु तर अन्धविश्वासले जीवन समर्पण गर्न
विदेशसँग प्रेम राख्न चाहन्छु तर अन्धविश्वासले जीवन समर्पण गर्न
सक्तिनँ । अंग्रेजी अध्यापकहरूका मीठो कथाकुङ्मी [ङ्ग्री सुनेपछि पनि
सक्तिनँ । अंग्रेजी अध्यापकहरूका मीठो कथाकुथुङ्ग्री सुनेपछि पनि
मलाई संस्कृत पण्डितजीहरूसँग पढ्न मन थियो । पादरीको
मलाई संस्कृत पण्डितजीहरूसँग पढ्न मन लाग्दै थियो । पादरीको
व्याख्यान मलाई राम्रो लाग्छ तर साधुको एक बोली भए पनि सत्य
व्याख्यान मलाई राम्रो लाग्छ तर साधुको एक बोली भए पनि सत्य
जस्तो लाग्दछ, र बालकले औंला समातेभझैं मेरो हृदय आखिर क्रषिकै
जस्तो लाग्दछ, र बालकले औंला समातेझैं मेरो हृदय आखिर ऋषिकै
पछि लाग्दछ ।
पछि लाग्दछ ।


म आधुनिक हुन पनि चाहन्छु । बोक्रे अन्धविश्वासदेखि बलवा
म आधुनिक हुन पनि चाहन्छु । बोक्रे अन्धविश्वासदेखि बलवा
गर्नु विवेकको स्वभाव हो र प्राचीन सब क्रा बेभूल सत्य होलान्‌ भन्ने
गर्नु विवेकको स्वभाव हो र प्राचीन सब कुरा बेभूल सत्य होलान्‌ भन्ने
कुरामा अन्वेषक आत्मा बराबर शङ्का गर्दछ र समाधान खोज्दछ । मलाई
कुरामा अन्वेषक आत्मा बराबर शङ्का गर्दछ र समाधान खोज्दछ । मलाई
त्यो नास्तिकता होइन, जो ईश्वर छैन भनेर ईश्वरमा आइपुग्न चाहन्छ ।
त्यो नास्तिकता होइन, जो ईश्वर छैन भनेर ईश्वरमा आइपुग्न चाहन्छ ।
नत्र मेरो जेहेनको के काम ? मेरो जीवनका शक्तिहरू निदाइराखे म के
नत्र मेरो जेहेनको के काम ? मेरो जीवनका शक्तिहरू निदाइराखे म के
मानिस ? म उधिन्न पनि चाहन्छु, उघन पनि, उघार्न पनि ! मलाई
मानिस ? म उधिन्न पनि चाहन्छु, उघ्रन पनि, उघार्न पनि ! मलाई
मुटुमा के छ भनेर हेर्न मन लाग्दछ ! प्राकृत जिज्ञासा !
मुटुमा के छ भनेर हेर्न मन लाग्दछ ! प्राकृत जिज्ञासा !
<blockquote><b>
<blockquote><b>
Line 25: Line 25:
</poem>
</poem>
</b></blockquote>
</b></blockquote>
{{c|-नपन्तजी}}
{{c|-पन्तजी}}
शङ्का गर्नु बेस हो, किनकि बुझिन्छ, खोतलिन्छ । प्रश्न सबै हो,
शङ्का गर्नु बेस हो, किनकि बुझिन्छ, खोतलिन्छ । प्रश्न सबै हो,
उत्तर परिपक्वता हो । शिशुलाई गुलाफको फूल चुँड्न मन लाग्दछ,
उत्तर परिपक्वता हो । शिशुलाई गुलाफको फूल चुँड्न मन लाग्दछ,
मानौं पत्तीभित्र केही रहस्यमय प्राप्ति छ, तर मेरो आर्यप्रकृति आखिर
मानौं पत्तीभित्र केही रहस्यमय प्राप्ति छ, तर मेरो आर्यप्रकृति आखिर
आडर भरोसा त्यहीँ लिन जान्छ जहाँ क्रषिमुनिहरूका जस्ता भस्मलेपन
आड र भरोसा त्यहीं लिन जान्छ जहाँ ऋषिमुनिहरूका जस्ता भस्मलेपन
र धैर्यको शान्त मुहार झैँ भएर सहज श्रेष्ठताले आत्मालाई शासन
र धैर्यको शान्त मुहार झैं भएर सहज श्रेष्ठताले आत्मालाई शासन
गर्दछन्‌ ।
गर्दछन्‌ ।


किनकि तिनमा साधघुता छ । म शिशु झैं आमा-बाबुलाई लछतै-
किनकि तिनमा साधुता छ । म शिशु झैं आमा-बाबुलाई लुछ्तै-
चुँड्दै बढिरहेछु, तर हाम्रो झगडा होइन । उनीहरूलाई लात मारे पनि
चुँड्दै बढिरहेछु, तर हाम्रो झगडा होइन । उनीहरूलाई लात मारे पनि
आखिर हाँसिदिन्छन्‌ ।
आखिर हाँसिदिन्छन्‌ ।
{{nop}}

Latest revision as of 21:04, 25 February 2025

This page has been proofread

रक्ताणु प्राकृत तवरले लाग्दछन्‌ र भित्रबाट तिनका निषेध नाप्नामा के- के चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछु । म ज्यादा अन्धविश्वासी हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तिनँ । मलाई वैज्ञानिक झिलिमिलीहरू अझसम्म 'पराईका पाप' जस्ता लाग्दैछन्‌ । म तिनलाई ग्रहण गर्नमा आधा तर्सिएकै हुन्छु। म विदेशसँग प्रेम राख्न चाहन्छु तर अन्धविश्वासले जीवन समर्पण गर्न सक्तिनँ । अंग्रेजी अध्यापकहरूका मीठो कथाकुथुङ्ग्री सुनेपछि पनि मलाई संस्कृत पण्डितजीहरूसँग पढ्न मन लाग्दै थियो । पादरीको व्याख्यान मलाई राम्रो लाग्छ तर साधुको एक बोली भए पनि सत्य जस्तो लाग्दछ, र बालकले औंला समातेझैं मेरो हृदय आखिर ऋषिकै पछि लाग्दछ ।

म आधुनिक हुन पनि चाहन्छु । बोक्रे अन्धविश्वासदेखि बलवा गर्नु विवेकको स्वभाव हो र प्राचीन सब कुरा बेभूल सत्य होलान्‌ भन्ने कुरामा अन्वेषक आत्मा बराबर शङ्का गर्दछ र समाधान खोज्दछ । मलाई त्यो नास्तिकता होइन, जो ईश्वर छैन भनेर ईश्वरमा आइपुग्न चाहन्छ । नत्र मेरो जेहेनको के काम ? मेरो जीवनका शक्तिहरू निदाइराखे म के मानिस ? म उधिन्न पनि चाहन्छु, उघ्रन पनि, उघार्न पनि ! मलाई मुटुमा के छ भनेर हेर्न मन लाग्दछ ! प्राकृत जिज्ञासा !

'शान्त सरोवरका उर
किस इच्छासे लहराकर
हो उठता चञ्चल, चञ्चल ?'

-पन्तजी

शङ्का गर्नु बेस हो, किनकि बुझिन्छ, खोतलिन्छ । प्रश्न सबै हो, उत्तर परिपक्वता हो । शिशुलाई गुलाफको फूल चुँड्न मन लाग्दछ, मानौं पत्तीभित्र केही रहस्यमय प्राप्ति छ, तर मेरो आर्यप्रकृति आखिर आड र भरोसा त्यहीं लिन जान्छ जहाँ ऋषिमुनिहरूका जस्ता भस्मलेपन र धैर्यको शान्त मुहार झैं भएर सहज श्रेष्ठताले आत्मालाई शासन गर्दछन्‌ ।

किनकि तिनमा साधुता छ । म शिशु झैं आमा-बाबुलाई लुछ्तै- चुँड्दै बढिरहेछु, तर हाम्रो झगडा होइन । उनीहरूलाई लात मारे पनि आखिर हाँसिदिन्छन्‌ ।