Page:Laxmi nibandhasangraha.pdf/87: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
नव प्राप्ति गर्दछ, जहाँ अन्धसंसार चतुर आँखालाई कुनै खँदिलो सत्य | नव प्राप्ति गर्दछ, जहाँ अन्धसंसार चतुर आँखालाई कुनै खँदिलो सत्य | ||
हुँदैन । कति जना वृक्षका छायामा सुतेर आनन्द अनुभव गर्दै आइरहेछन् | हुँदैन । कति जना वृक्षका छायामा सुतेर आनन्द अनुभव गर्दै आइरहेछन् | ||
तर कति | तर कति थोरैले त्यसमा अलौकिक सूचना, त्यो मिठास, त्यो जीवनको | ||
रहस्योद्घाटक सूक्ष्मभाव पाइरहेछन् । ती मिर्मिरे भावनाहरूको सत्य जो | |||
प्रकाश र अन्धकारको बीचमा रहन पाए होलान्, जो पन्तजीको 'छाया' | प्रकाश र अन्धकारको बीचमा रहन पाए होलान्, जो पन्तजीको 'छाया' | ||
नामक | नामक जादू जस्तो कवितामा पाइन्छ, कतिले टुहुरालाई भेटे होलान् तर | ||
टुहुराको आत्मा उघारेर देखाउन 'रतन'-का दादालाई मात्र थियो । कति | |||
आकाश देखिरहेछन् तर रस्किन साहेबको 'आकाश' नामक प्रबन्धमा | आकाश देखिरहेछन् तर रस्किन साहेबको 'आकाश' नामक प्रबन्धमा | ||
त्यो आकाशको अपरिचित टुना झलमलाउँछ, | त्यो आकाशको अपरिचित टुना झलमलाउँछ, जो हेर्नेले हेर्दै हेरेन, | ||
सुन्नेले सुन्दै सुनेन । मानिसहरू टेबिलमा कवाबको रिकापी लिएर | सुन्नेले सुन्दै सुनेन । मानिसहरू टेबिलमा कवाबको रिकापी लिएर | ||
जुगानजुगदेखि स्वाद | जुगानजुगदेखि स्वाद लिंदै आएका छन्, तर 'रोस्कपिग' नामक | ||
ल्याम्बसाहेबको प्रबन्धमा देखिने कलाको हँसिलो सर्वयुगी | ल्याम्बसाहेबको प्रबन्धमा देखिने कलाको हँसिलो सर्वयुगी टुना कसैले | ||
त्यसमा देखेनन् । चीजहरू बाहिरी रोगन र झलमलावटले | त्यसमा देखेनन् । चीजहरू बाहिरी रोगन र झलमलावटले राम्रा हुँदैनन्, | ||
जस्तो हनुमान्ले हीराको मालालाई टोकी-टोकी मिल्काएर रामजीलाई | जस्तो हनुमान्ले हीराको मालालाई टोकी-टोकी मिल्काएर रामजीलाई | ||
बिन्ती गरेथे रे 'यो झिल्के टुक्रामा त | बिन्ती गरेथे रे 'यो झिल्के टुक्रामा त 'राम' कहीं पनि पाइनँ !' त्यस्तै | ||
कलाको भक्तलाई भित्री मोहनी नभई कनै चीज राम्रो लाग्दैन र बोक्रे | कलाको भक्तलाई भित्री मोहनी नभई कनै चीज राम्रो लाग्दैन र बोक्रे | ||
बाह्य कराहरूमा केही सौन्दर्य त्यसले पाउन सक्तैन, जो भित्रको झल्का | बाह्य कराहरूमा केही सौन्दर्य त्यसले पाउन सक्तैन, जो भित्रको झल्का | ||
खोज्दछ । तर रामजीको जवाफ यस्तो हुनुपर्ने 'मैले दिएका टुक्राहरूमा | खोज्दछ । तर रामजीको जवाफ यस्तो हुनुपर्ने 'मैले दिएका टुक्राहरूमा | ||
म हरेक दानामा झल्किरहेकै थिएँ नि !' बस, परमेश्वर हाम्रो आत्मालाई | म हरेक दानामा झल्किरहेकै थिएँ नि !' बस, परमेश्वर हाम्रो आत्मालाई | ||
त्यसै भन्नुहुन्छ । तर हामी वनकर झैं सब चीज मामुली | त्यसै भन्नुहुन्छ । तर हामी वनकर झैं सब चीज मामुली देख्तछौं र | ||
हीराहरू | हीराहरू झैं मिल्काउँछौँ, तर झल्का र मोहनी पाउने आँखाहरू संसारमा | ||
कम हुन्छन् । मनुष्यको हृदयमा झूटो परिचयको अत्याचार छ र उनीहरू | कम हुन्छन् । मनुष्यको हृदयमा झूटो परिचयको अत्याचार छ र उनीहरू | ||
बोक्रे सन्तोषले अत्तर-छालामै अड्दछन्, तर कल्पनाशील व्यक्ति बालुवाको | बोक्रे सन्तोषले अत्तर-छालामै अड्दछन्, तर कल्पनाशील व्यक्ति बालुवाको | ||
दानालाई विश्व पाएर अनन्त समयको विलास देख्तछ र रस्किनसाहेबको | दानालाई विश्व पाएर अनन्त समयको विलास देख्तछ र रस्किनसाहेबको | ||
नजरमा मकैमा यस्तो मोहनी देखियो कि उहाँ भन्नुहुन्छ, 'ईश्वर र | नजरमा मकैमा यस्तो मोहनी देखियो कि उहाँ भन्नुहुन्छ, 'ईश्वर र | ||
संसार | संसार बुझ्नुपरे मकै उम्रिरहेको हेरे पुग्छ ।' वास्तवमा हामीले दुनियाँमा | ||
बहुत थोरै कुरा रामरी चिनेका छौं र एउटा कमिला पढ्नुमा तीन सय | |||
वर्षको शेभियन् जीवन पाए पनि हामीलाई कम हुने थियो, तर भावुक | वर्षको शेभियन् जीवन पाए पनि हामीलाई कम हुने थियो, तर भावुक | ||
हृदयलाई चिरसमयको जरूरत छैन, सच्चा अवलोकनमा एक युगको | हृदयलाई चिरसमयको जरूरत छैन, सच्चा अवलोकनमा एक युगको | ||
सन्देश मिल्दछ, र सच्चा लक्षणहरू अनन्तका झिल्काजस्ता छन्! दीर्घ | सन्देश मिल्दछ, र सच्चा लक्षणहरू अनन्तका झिल्काजस्ता छन् ! दीर्घ | ||
जीवन पाए पनि हामीहरू न तारा देख्दछौं, न आकाश, न वायु, न फूल । | जीवन पाए पनि हामीहरू न तारा देख्दछौं, न आकाश, न वायु, न फूल । |
Latest revision as of 15:15, 15 February 2025
नव प्राप्ति गर्दछ, जहाँ अन्धसंसार चतुर आँखालाई कुनै खँदिलो सत्य हुँदैन । कति जना वृक्षका छायामा सुतेर आनन्द अनुभव गर्दै आइरहेछन् तर कति थोरैले त्यसमा अलौकिक सूचना, त्यो मिठास, त्यो जीवनको रहस्योद्घाटक सूक्ष्मभाव पाइरहेछन् । ती मिर्मिरे भावनाहरूको सत्य जो प्रकाश र अन्धकारको बीचमा रहन पाए होलान्, जो पन्तजीको 'छाया' नामक जादू जस्तो कवितामा पाइन्छ, कतिले टुहुरालाई भेटे होलान् तर टुहुराको आत्मा उघारेर देखाउन 'रतन'-का दादालाई मात्र थियो । कति आकाश देखिरहेछन् तर रस्किन साहेबको 'आकाश' नामक प्रबन्धमा त्यो आकाशको अपरिचित टुना झलमलाउँछ, जो हेर्नेले हेर्दै हेरेन, सुन्नेले सुन्दै सुनेन । मानिसहरू टेबिलमा कवाबको रिकापी लिएर जुगानजुगदेखि स्वाद लिंदै आएका छन्, तर 'रोस्कपिग' नामक ल्याम्बसाहेबको प्रबन्धमा देखिने कलाको हँसिलो सर्वयुगी टुना कसैले त्यसमा देखेनन् । चीजहरू बाहिरी रोगन र झलमलावटले राम्रा हुँदैनन्, जस्तो हनुमान्ले हीराको मालालाई टोकी-टोकी मिल्काएर रामजीलाई बिन्ती गरेथे रे 'यो झिल्के टुक्रामा त 'राम' कहीं पनि पाइनँ !' त्यस्तै कलाको भक्तलाई भित्री मोहनी नभई कनै चीज राम्रो लाग्दैन र बोक्रे बाह्य कराहरूमा केही सौन्दर्य त्यसले पाउन सक्तैन, जो भित्रको झल्का खोज्दछ । तर रामजीको जवाफ यस्तो हुनुपर्ने 'मैले दिएका टुक्राहरूमा म हरेक दानामा झल्किरहेकै थिएँ नि !' बस, परमेश्वर हाम्रो आत्मालाई त्यसै भन्नुहुन्छ । तर हामी वनकर झैं सब चीज मामुली देख्तछौं र हीराहरू झैं मिल्काउँछौँ, तर झल्का र मोहनी पाउने आँखाहरू संसारमा कम हुन्छन् । मनुष्यको हृदयमा झूटो परिचयको अत्याचार छ र उनीहरू बोक्रे सन्तोषले अत्तर-छालामै अड्दछन्, तर कल्पनाशील व्यक्ति बालुवाको दानालाई विश्व पाएर अनन्त समयको विलास देख्तछ र रस्किनसाहेबको नजरमा मकैमा यस्तो मोहनी देखियो कि उहाँ भन्नुहुन्छ, 'ईश्वर र संसार बुझ्नुपरे मकै उम्रिरहेको हेरे पुग्छ ।' वास्तवमा हामीले दुनियाँमा बहुत थोरै कुरा रामरी चिनेका छौं र एउटा कमिला पढ्नुमा तीन सय वर्षको शेभियन् जीवन पाए पनि हामीलाई कम हुने थियो, तर भावुक हृदयलाई चिरसमयको जरूरत छैन, सच्चा अवलोकनमा एक युगको सन्देश मिल्दछ, र सच्चा लक्षणहरू अनन्तका झिल्काजस्ता छन् ! दीर्घ जीवन पाए पनि हामीहरू न तारा देख्दछौं, न आकाश, न वायु, न फूल ।