This page has been proofread
(६)
देख्छु यो जब बूढी अबलाई
लाग्छ हाँस्न मन हेर मलाई ।
दाँत खै त कुन ठाउँ अफाल्यौ
केशमा हिउँ अहो ! किन हाल्यौ ?
(७)
चाउरीहरू गला पनि तानी
कल्ल कल्लसित प्यूँदछ पानी ।
कान हेर बहिरी किन ज्यूँछे
आधि च्यानतिर भै जल प्यूँछे ॥
(८)
गुन्गुनाउँदछ हेरन ओठ
क्या बुढी छ बिनु पातकि बोट ।
तन्त्रमन्त्रहरू धेर निकाली
पाल्दछे कि छउँडा र बिराली ॥
(९)
ह्वैन ह्वैन अति जिस्किन हुन्न
हुन्छ है डर बुढी यदि रुन्न ।
छोप्दछे पछि त ऐठनद्वारा
यो भयंकर छ हेर बिचारा ॥