This page has been proofread
(२)
रङ्ग छैन मुखमा न छ पट्ठी
हातमा छ निहुरी लिन लट्ठी ।
आधि हेर जिउ भै उसपट्टि
रूप क्या छ यसको सब छुट्टी ॥
(३)
भाँच्छ ढाड पनि काल बसेर
केश पाक्दछ तुषार झरेर ।
छैन ज्योति धमिलो अब आँखा
छैन यो जगत हेर्न चनाखा ॥
(४)
मार्दछे अब बसीकन माखा
झल्लरी सब धुजाहरू लाखाँ ।
आँगनै छ, निहुरी तर हैंसा
माग्दछे अझ यातातिर पैसा ॥
(५)
यो न बाँदर न भूत न बोक्सी
क्या बुढी जिउ सबै अब टाक्सी ।
खसिईकन बनीकन खाक्सो
माग्दछे मसँग "देऊन चाक्सो ॥"