सबै सत्य पग्ली शशीमा सुधा भो।
त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥
असत् बीच लज्जा बनी चारु लाली ।
भयो नृत्य नै जिन्दगी नाम खालि ॥
(२९)
"लताकेशमा रेशमी पालुवा छ।
मुगा ओठ मेरा, गुलाबी कपोल ॥
नशामा छ नाला उषालाल लोल ।
ममा प्रेम गर्नेछ को आज ? बोल॥
(३०)
म ता माघुरी सत्यको मोहनी हुँ ।
म आत्माहरू खिच्न आएँ झरेर ॥
सबै स्वर्गका तर्फ बोलाउँदी छु ।
असत्को तपस्या अरू हुन्छ हेर ॥
(३१)
नछोए असत्ले जगत्मा मलाई ।
बडो लाजले भाग्छ आत्मा डराई ॥
भए प्रेम सच्चा म लैजान्छु स्वर्ग ।
नजान्ने कुनै प्रेम गर्नै मलाई ॥
(३२)
म देखेर जो मोहनीले छुँदैन ।
उ आत्मा जगत्मा सजीवै हुँदैन ॥
तपस्या महुँ, ईशकी भै सिँगार ।
अरू कष्ट हुन् हेर फुम्रा अँगार ॥
(३३)
तपस्वी हठी शून्यमा पुग्छ मेरो ।
भुली मोहनी, गर्व ली तुच्छ सार ॥
सबै सिर्जना डग्मगाएर काँप्छे ।
सबै सभ्यता बन्छ कालो अँगार ॥
(३४)
Page:Shakuntala.pdf/44
Appearance
This page has not been proofread
