झरे झल्किई निर्फरी शीकराणु ।
सुधारश्मिका वन्य मीठा मरुत्मा ॥
मिल्यो जूनमा शब्दमाघुर्य सारा ।
झन्यो कानमा दिव्य पीयूषधारा ॥
(२३)
परी भन्दछिन् निर्भरी झैं बनेर ।
सबै ग्रामका शब्दका माघुरीमा ॥
“अकेला उनी बस्नलाई उठेर ।
कहाँ छन् तिनी श्री ?” भनी खोज्न लागे ॥
(२४)
तिनी मुस्कुराएर नाचेर आइन् ।
बन्यो स्वर्ग प्रासाद आनन्दलाई ॥
पहीलो त्यहीँ ब्यूँफियो प्रेमनामा ।
कुनै तत्त्व मीठो दुवैका नशामा ॥
(२५)
सबै विकारङ्गार भो प्रेमलाई ।
ब्यूँफझिए काम सौन्दर्य पाई ॥
पहीली उषा फुल्न लागी गुलाफी ।
उठे। राम-बुट्टा बनी छिर्बिराई ॥
(२६)
महाशून्यमा तारका झिल्मिलाए ।
फुले चाँद नालाहरू झल्मलाए ॥
सबै कीयलीले वनै खल्बलाए ।
जसै कामले रङ्ग राम्रा रँगाए॥
(२७)
'शशी-मोहले मुग्ध बन्छन् चकोर ।
नदी चल्दछन् प्रेम बेली विलोर ॥
जुहारी बने हेर तारा उज्याला ।
चढे इन्द्रका कण्ठमा प्रेममाला ॥
(२८)
Page:Shakuntala.pdf/43
Appearance
This page has not been proofread
