(१४४)
यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥
दीयो खङ्ग तथापि आँट्ननसकीभन्छन्तद[1] काँतर्बनी ॥
हे चाण्डालपते । अह्राउ गरूँला जो काम होला अरू ।
यस्तो काम कदापि गर्दिन मता यो प्राण जावस् बरु ॥
(१४५)
मार्नू काम अयोग्य हो तर पनी तिम्रा हकुम्ले गरी ।
औरै कोहि भए म तत्पर भई मार्थे अगाडि सरी ॥
एक्ता ज्यान लिनूछ कर्म घटिया कोही हवस तापनि ।
उस्माथी पनि स्त्री र ब्राह्मण[2] इता कस्तै हउन् तापनि ॥
(१४६)
मार्नू छैन अवध्य छन् बुझ तिमी हुँदैन यो सर्वथा ।
जावस् ज्यान बरू म दिन्छु बदला गर्दीन योकाम् मता ॥
यस्ता बात सुनीसकी स्वपच त्यो केही रिसाईकन ।
लाग्यो भन्न तँलाइ यो सब कुरा वास्ता छ के दुर्जन ॥
(१४७)
मेरो चाकरहोस् म भन्दछु जसो तेसो तँगर् लौ यहाँ ।
मान्दैनस् यदि पीटनेछ छडिले बाँधेर खम्बा महाँ ॥
नारी ब्राह्मण मार्नुछैन छनता हो जान्दछू मै पनी ।
दुस्कर्मी छ भने उ मारन महाँ लाग्दैन दोष् क्यै पनी ॥
Page:Satya harihschandra katha.pdf/40
Appearance
This page has been proofread
