Jump to content

Page:Satya harihschandra katha.pdf/36

From Nepali Proofreaders
This page has been proofread

(१२८)
हे नाथ्! रोहित पुत्रलाई वनमा टोकेर[1] मार्‍यो अरे ।
जान्छू हेरन केहि फुर्सत दिए हाजीर हूँला भरे ॥
बारम्बार विलाप यो गरि गरी भन्दी भईन्‌ तैपनी ।
गर्थे गालि अतीव निष्ठुर बनी हूँदैन जानू भनी ॥

(१२९)
साह्रै ढीपि गरिन्‌ र काम घरको चाँडो सकी जा भनी ।
आज्ञा पाइ गएर कम जति हो रूँदै गरिन्‌ त्यो पनी ॥
आधारातभएछ काम सक्दा निस्की गइन्‌ रातमा ।
हाहा! कष्ट! थिएन साथि अरको कोही पनी साथमा ॥

(१३०)
मृतक पुत्र उ रोहित थ्यो जहाँ ।
पुगि विलाप अघोर गरिन्‌ तहाँ ॥
मृतक होइन यो भनि भानले ।
लिइ झुराउँदथिन्‌ अति प्रेमले ॥

(१३१)
किन मलाइ यसोगरि शोकका ।
उदधि[2] बीच डुबाउँदछौ नि हा! ॥
उठ साहस गरी अब बोल बा ।
तिमि बिना म कसो गरि बाँचु हा! ॥

  1. सर्पले
  2. समुद्र