Jump to content

Page:Prometheus.pdf/92

From Nepali Proofreaders
This page has not been proofread

पढिरहेछु प्रतिक्षण । कुलिश तिम्रो छ महाशस्त्र,
मेरो छ कोमत, अतिकोमल कर्णा केवल ।
तिम्रो महागर्वको रवाफ छ, तिम्रो भैरवनाद ।
प्रमिथसको विनयको सुन्दरता छ जगत्मा,
सब सुन्दरताको सुन्दरता । प्रमिथसको मुटुको
ढुक्कर सातो बोल्दछ सानो स्वर अगाध सत्यको ।
त्यस स्वरले संसार-विजयी बनी लेला सतत
साम्राज्य, समस्तका हृदयमा भविष्यमा
जिउस, ए अत्याचारी । लौह न्याय होइन न्याय ।
न्याय भनेको आँसभन्दा कडा छ एक चीज,
तर वज्जभन्दा बहत नरम, विवेकका साथ ।
विवेक राजा हो, तिमी होइनौ, होइनौ तिमी
स्वर्गका रै अधिराज ! विवेकले जित्नेछ तिमीलाई ।

(४६)
"निहराउनेछैन म शीर्ष मेरो, जिउस तँ !
कहिल्यै तेरो अगाडि ! म छु न्यायपक्षमा नितान्त ।
तेरो पयर मेरो शिरलायक छैन स्वर्गराज ।
जग्नतक यस निर्दोषिताको सुवर्णताज
सुल्किरहला मेरो उच्च ललाटमा अविनत
जिउस ! तेरा निद्रामा छाया पर्नेछन्‌ अनिष्ट
सपनाका अनेक, अनेक यी वेदनाका मेरा
प्रतिदिन, प्रतिदिन ! अमर, अजेय छ यो प्रमिथस !
अमानुष अत्याचार अघि अचिनत शीर्ष
अचलमा अचल । यस टाइटान्‌ आत्माले कहीँ
मानव-जातिको महाप्रलयलाई गर्नेछन
राजी, सजिलो स्वीकार ! हे स्वर्गराज ! डरा,
डरा त्यस वेदनाको अतितीव्रताले स्वर्गराज !
जसले चिराचिरा छन्‌ ककेससका नगवर्ग !

(४७)
"ए अलिम्पस पर्वतको अत्याचारी देवेन्द्र !
घाम फ्याँक्दछन्‌ पालिसदार शस्त्रहरू तेरा,
सेता, धारीला लौहशस्त्र ! अयुत असिले
आशमान बनाई रुलरुल तेरो अकाटच
हुकुम चल्दछ स्वर्गबाट, पर्वतहरू कम्पी !
बिजुलीकँ शीघवेग ! तर सहस्र, सहस्र असि
विरुद्ध बनाई व्यायत छाती महावीरको