ए स्वर्गले थिचिएको भुसुनो ! तँ गर् जप,
युग, युग अन जिउसको नाम, नत-शीर्ष ।
काकहरू गिज्याउलान् भुर्र पंखमा हाँसेफेँ
उडी-उडी तँलाई युग-युग ! ए अमोच्य
अनन्तको कालो कैदी । तँ गती गती तलड्लास्
लाखार महामरुमा डशाङरचांग एक सीनु झैँ महान्
खीसा तारा, नकली आँस् जस्ता, स्वर्ग भर् भर्
हेर्नेछन् हाँसी चमचम अलग बनी तेरो क्लेश !
चीलहरूको स्वतंत्र उडानको डाहाड गरी
तँ सलिलेक्षण बन्लास् पंखहीन पुरुष
ए दुर्भाग्यको दुर्भाग्य ! उपहास्य ए प्रमिथस !"
(२२)
रातो रंग चढेसरि भो प्रमियसको कपोलमा
बारबार ! यिन कु शब्दका जहरिला आक्षेप
घुट्को, घुद्को निले तर ती महाधीरले,
आखिर आतट्मदमतले ओजस्वी, महाप्रशान्त
बोलेनन् ती, जसरी बोल्दैन महाकाशको
समुच्छित नक्षत्र, स्यालहरूका उपहासमा प्रसन्न,
हेय नदीको तीर, सडल-पडलमा प्रसन्न ।
(२३)
क्राटोसका क्रर ध्वनिहरू आफैँ भए विलीन,
बराबर शब्द त्यो मरुमा बनस्पति देवता
रोए तरतर त्यस निष्ठुर उच्चारणमा
क्षणभर प्रमिधसले चिम्ले विपुल लोचन;
जस्तो ढुक्कुरहरू चिम्लन्छन् व्याधाका करमा
अति- निर्दोषिताले सहन नसके छै क्रुर
यथार्थको चोट, संसारको मुख देख्न नपर्ने
_ गरी ईष्याहीन निमीलन युगल दुगको ।
(२४)
तर जब ती कर्मचारीहरू गए दूर,
तब खोले उनले लोचन ककेससका
उच्चा;चलहरू समृद्र किनारनिर
छायादार थिए अपराष्टनमा, गरल-दष्ट !
युग युगका आँधी, मरीले थिए चाउरीदार
ती अचल रेखाहरू, दु:ःखसुखका अनुभवी
तिनउपर नजर डाले अभागी प्रमिथसले ।
(२५)
ती अचलहरू । स्वर्ग उडानको आशा कुंठित
Page:Prometheus.pdf/85
Appearance
This page has not been proofread
