राजद्रोही हो, बुस् प्रमिषस ! नीच बागी स्वर्गको !
न्रहीत छ तेरो उच्चगर्वको बिशाल भाल !
जटिल बन्धनमा जकडिइस् अब स्तेच्छाको
यो भयंकर परिणाम ! ए अदबविनाको
अनागरिक सुरदेशको, चाख् यो अनन्त मजा !
(१९)
"बिधिको विध्यान विरुद्ध स्वर्गको इच्छाको
बरखिलाफ चल्ने तँ देवको दुश्मन !हेर्,
हेर् अन विधिको चाल 1 ए जिउसको शपथारि
महाप्रतिभा थियो तेरो, तर त्यो छ भयंकर
वि्कृति-गतिमा अफ अन्धताको अपेक्षा
बिलकूल आतट्म-विध्वेसिती ! तैँले गरिस् अति ।
अति स्वतन्त्रता, अति स्वेच्छाचारिता तेरो !
तेरो एकोहोरो दृढतामा अन्धो, लाटो भूत
आरुढ भएथ्यो ! मानिस्, तैँले अरूको उपदेश ?
कहाँ गयो अब गर्ब तेरो शतचर, चुर ?
नोको, बाछो सदृश बलिदान अगाडि
फुरफुर नाची के काम ? ए विशाल अभागी ।
(२०)
"विधिविजयी हुँ भन्थिस् । उठ्, सक्छस् भने,
अब किन सक्तैनस् उठन तँ रै प्रमिस ?
उचाल्, उचाल् अञ् शिर तेरो, महागर्बी !
सक्तैनस् ? छैन तँमा क्रोध, शरम, तेज ?
खोज् आफ्नो मोचन ए ! मस्तिष्क चतुर !
नत्र तँ युग, युग अनगिने, अनगिन,
रहलास् लाचार चट्टानमा दृढकीलित !
ए रूख, तै खापा भइस् भयंकर कब्जामा-
तेरा घमंडलाई धिक्कार, धिक्कार शातवार !
लाचार महागर्वी व्यक्तित्व ! । एक विशाल खंडहर !
(२१)
"अन बृढो गौरुको घन-टाउकोको के काम ?
यदि भुसुनाहरू फुंडमुँंड नहोच्याञन् उसलाई ?
अन अनन्त वेदना छ तेरो दाइजो, मूर्ख !
त्यस मर्खताको जसले कमाई यसलाई ।
वर्षाको ए जलतरंग ! ए चट्टानमा चट्टान !
तेरा वज्ज अभिप्रायहरू बरनेछन् धमिला भई,
धमिला, धमिला आँसुमा यगयग पहीं ।
Page:Prometheus.pdf/84
Appearance
This page has not been proofread
