Jump to content

Page:Prometheus.pdf/72

From Nepali Proofreaders
This page has not been proofread

किन, के कारण अल्प छ जीवन हाम्रो ?
पी विषय कल्पना र विबेकका बहाड हन्‌ ।
तर ठोत वत्तु हो आत्मा, जो मर्दैन ।
आत्माउपर होला अर्को परमात्मा पनि ।
होओस्‌ या नहोओस्‌ हामीलाई तर
छैन अति परबाह ! आत्मा, एक अक्षर तत,
यही छ प्रशस्त, प्रशस्त, हो, मानवहो !
तिमीहरू मर्नेछैनौ- मर्नेछैनौ- मर्दैनौ ।

(३४)
"तिम्रो जाति छ अफ स्वर्गको तानाशाहीले
घन्किड्रहेको महाप्रलयले, महाप्रलयले !
तर त्यो जिउस तानाशाही पनि हो तिमीजस्तै
केवल आत्मा...अमरहरू जो असल गर्दछन्‌
बन्दछन्‌ देवहरू, जो गर्दछन्‌ खराब, दानव ।
त्यो स्वर्गको राजा जसले ध्वंसन शपथ्यो
तिमीहरूकन त्यो होइन देवता तिम्रो
मुस्तेद बन संग्राम गर्न ₹ मानव ! त्यस सँगमा
छाती बनाङ पत्थर अब हड्डी बनाउ बज्ज ।
उसको कुलिश पनि हो आफ्नो पुजारीको हाड ।
स्वर्गविरुद्ध गन बलवा... होओ सब क्राल्तिकार !
अन्यायअगाडि फुक्नु होद्दन मानवहो !
महावीरता, महाविकास ! अन्याय हटाउ,
मूलोच्छेदन गर त्यसको, जो तिमीउपर
गर्दछ महाक्र्रताको निन्दनीय व्यबहार !
लड, लड, संघर्ष गर, गर आत्मनिर्णय ।...

(३५)
"स्वर्ग छ आज बदलीदार...क्रर, प्रकपित
उफ्र, उफ्र मानवहो ! लात देओ त्यो घनमा ।
आत्मनिर्णयको अधिकार छ तिम्रो सदा
स्वर्ग विरुद्ध पनि । मानव, नहोओ हताश ।
नंगा आत्मा निस्केला सत्यप्रकाश तारासरि
धपधप कुनै कुनामा यस विश्व गगनको,
पदि भौतिक रणमा तिमीहरू हुनेछौ मानब
सर्वस्व-वञ्चित ! सत्य छ, सत्य छु विजयी
सब संसारमा, सब कालमा सब अवकाशमा
मानव !