Jump to content

Page:Prometheus.pdf/71

From Nepali Proofreaders
This page has not been proofread

(९)
तब एक चचले मानवले प्रेरणप्रधात
एक समात्यो अगुल्टो, छाम्त अगिनको शक्ति !
च्वाम्म चुम्यो चर्म्म आगोले भीषणजिह्न,
रातो तपतप, चरचर ! डाम्यो, डाम्यो कोमलमाँस
सोला दी, पोली । उपय्रो भयानक त्यो, चितुवा ठेँ,
मत्यस्वरूप गोमनले ठुँगेडँ- घनघोर ।
बुर्लुक्क, नुर्लुक्क । भीषण करायो गल्नर धर्काई ।
प्रमिथस आई हेरे- लगाइदिए बूटी, पहिले
सेकाउन लगाई त्यही आगोमा-नमाने पनि,
जबर्दस्त ! अनि उनको शीतल उपचारले
संतृष्ट त्यो पस्य्रो पाउमा प्रश्न गरी "के गर्छु
आज रातमा, बाई मुख आकाशतिर ?"
"मर्दैनस्‌" भने उनले । "यो गोमन, अजिंगर,
विषधर होइन आगो- तँलाई हुन्छ निको भोलि ।"
सब छक्क परे । के गजब, त्यसरी डसिएपछि,
त्यसरी उफ्रेपछि दु:खले कसरी नाँच्दछ
त्यो दुईखुट्टे भाइ ?..." आश्वासित त्यो सुत्न गयो,
स्याउलाहरूमा फ्लदार आशादार॒ कतब्ञ ।

(१०)
यसरी ती महादेव भए मानवका प्रिय,
अतिप्रिय, अतिशय प्रिय प्रथम युगमा !
अनि मानिस लाग्यो इशारामा नाच्न, सत्वर,
आण्यमा लाग्यो दुगुर्न देव अधि, भयहीन
हुनगो उनको अतिमानब छायामा, बल्यो
आश्वासित मानवजातिमा, चमत्कारद्वारा
ककाचाँध, एक भीषण क्रान्तिको हताशन
स्वर्गविद्द्ध ! लागे तारा लाउन मानिसहरू
"जिउसको पतन, महापतन ! परम थेओस"
(किनकि प॒मियसलाई यसरी संबोधन
गर्थे मानिस-"अमर रह्न्‌ सदा सुपूज्य !")
१ ),५ १
त्यही छ ठोस... अरू सब अल्पस पर्वतका तुषार
अल्पसमय शिखरोद्भासी, पछि विलीन !

(३३)
"किन देखिन्न त्यो जगत्को चत्र कर्म्मी यहाँ ?
किन छन्‌ यहाँ द्रव्यग्‌ण जस्ता यी पाइन्छन्‌ ?