Jump to content

Page:Prometheus.pdf/36

From Nepali Proofreaders
This page has not been proofread

यिनको गर्छु म विध्यंस ।"

(१२)
अहो ! भयंकर देव-शपथ स्वर्ग-राजको !
त्यत्त दित आकाश अँध्यारो प्रयो घनघोर ।
उनको भूका खंडखंड मैं संशामय,
मुम्मिए सुलसी घन विद्युन्मय, गर्जनशील ।
बन्धन फोई समरका शक्तिहरू
हाबा भरी उर्ले; प्रभजन-भंजित डाल
घडाकसाथ गिरे भू्कपमा, त्यस दिन,
शतायु, शतायु...कमजोर जातिसरी
पत्ती प्रलयत्रस्त कराए डाल, डाल ।
आकाश भयो तुमुल, शब्दायमान ।
मानव-जाति गिरिगह्वरमा गुप्त
बस्यो थरथर काँपी, प्रलयत्रस्त ।

(१३)
भयंकर जिउसको भयंकर शपथ
सुन्दा प्रमिथसले, महावीर टाइटान्‌,
ज्ञान-गँभीर गोडे चिरकाल गंभीर ।
विवेकबली ती बसे एकान्तमा
अतिशान्त । पारावार थिए करुणाका
पूरा तित्री । मानवतर्फ भए सदय,
द्रवितद्दृदय, सुकोमल, चिन्ताशील ।

(१४)
उनको बनोटदार॒ मुहारमा मन्मथविजयी
आऔजस्बी, अपराजितद्युति, आई कोमल ज्योति
दयाको । जसरी कोमलीकृत शैलमाल्यमा
आवाढ पार्दछ छाया जलमय दानी घनको
हृदय-द्राविणी जलदृशी दीनसखा सुन्दरी
कोमलाकृति, दानी प्रकतिकी, सुकृतिमुखी दया,
जो वर्षा जस्ती छ अनामंचित स्वर्गावतरिणी
धोविनी दिलका कसरकी-दया ।
देवत्नकी प्रतिभा, दलितकी दाई, आई.
आई उनका मुहारमा, नैरक्ष प्रदेशमा पावस झैँ
पावस रै ओस आँत, शीतल शबास-संयुक्त,
मलमसमान आतपमा धमकीदार,
एकलासमा गिरिपार्श्वमा सुदूर
यूतानतिर