क्रोनोस् तनय अविज्ञात,
अदुष्टले पोषित शिशु झैँ ऐतिहासिक शक्तिको,
पितृकाल समान, रह्वर-ज्ञात,
उठ्यो अबिजेय-विश्वविर्कपी ।
(३६)
अत्याचारी क्र्र अतिबली भूपति,
सुवर्णमहलमा गुलाबसेज,
मदिरामस्त, सुन्दरीप्रशस्त,
विजित-सपत्न, सपनामा सुमधुर,
अचेत बनेर महाभूकंपको, पलपछि,
जसले बनाउनु छ घूलिढेर दरबार
चूर्ण उसको कोटि-सुरक्षित कलेवर
क्रोनोस् रहे अदृष्ट अचेत ।
(३७)
सुष्प्त विपिन महीरुहमा महान्
प्रबलपक्ष सहसा प्रभंजन गरुडबेग'
छुटेर, च्र वेगले, पागल, पागल,
जिउस छुटे स्वजनयिताउपर,
क्रोधान्ध । महासंग्राम भयो
पितपूत्रको, दुवै महावीर,
जसरी आकाश-बीचमा मौसिममा
तुमुल हुन्छ आकाश विपक्ष हवाले
सदुशशक्ति...चट्की कुलिश, फट्की
विश्वबढार पंख, विद्युल्लास -संघर्षशील ।
लडे पिता, पुत्र, क वद्द-सिंह, यो युवक शावक ।
(३८)
आखिर क्रोनोस्का विगलित अंगमा
आयो लाचारी, हारको उनी भए भूमि-विचुंबी ।
पक्रे स्वपुत्रले फर्काए तब पाता ।
पितृपक्षका अजङ् वीर अरू टाइटानूहरूसँग,
कैद भए क्रोनोस्, अन्धकारमय टार्टरसमा
शतवाहहरू बने द्वारपाल त्यहाँ
कैदखानामा, विशाल पर्वतको परखालयुक्त-
(३९)
यस महा-संग्रामको साफल्यको वर
कंजी थिए महावीर प्रमिथस,
ज्यापितरपुत्र-टाइटानहरूमध्य एक-
यिनले लिएथे जिउसको पक्ष क्रोनोस्विरुद्ध ।
Page:Prometheus.pdf/30
Appearance
This page has not been proofread
