हृदयहीन बने ती घनघोर क्र्र ।
(३१)
महारानी रीया महावीर-जननी बिन्
अतिदु:खिता, सलिलेक्षिणी,
क्रन्दिनी सिंहिनी तदुश, बालविभक्षिता ।
लाचार !
प्रुष चपाउँथ्यो जो स्त्री जन्माउँथिन्,
व्याघसद्श वनमा ।
(३२)
विधिदेखि क्रोधान्ध कंस जै, या हिरण्यकशिपु,
चुरिँदा अतिबली अदृष्टसँग;
सागर झैँ बीचिविवारक तटसँग गर्जिने, वेगवान्,
एक धाबनले बियोगिन शतचर्ण चट्टानउपर,;
प्रबल प्रभंजनले आत्मशक्तिको प्रदर्शनसँग
विवश पागल क्रन्दन गरेक पर्वतपार्श्वमा,
अदृष्टसँग सदा गरी जलमय उजूर,
क्रोधान्ध भयभीत क्रोनोस्
च्याँडिँदा, भि अशान्त, भए क्रर,
पागल, महाक्रर ।
(३३)
आखिरवार परसूतिमा महारानी रीयाले
अतिदु:खिता,
कनिष्ठ पुत्र जिउस्लाई लुकाइन्, पतिका डरले
व्याघ्ररूप
लुकाइन् एक क्रीटदेशीय गष्ट्यरमा, सुदूर ।
पर्वतगर्भमा लुकाइन् प्रकाशहीन, अज्ञात ।
(३४)
त्यहाँ,
प्रतिदिन बो वीजकैँ संवद्धनशील,
अनुपम सौन्दर्यमा, महाशक्तिको अंकुर,
विकसी मोहन अवयव, सगबगाउँदै,
हेलक्क बढ्यो ।
केलि-कृतृहल अनिलहरूसँग जसरी
दल-प्रस्फुटित महीरुह शिशु बढ्छ
व्यायामशील शक्तिहरूसँग प्रकृतिका,
बरिपरि-त्यसरी बढ्यो त्यो एकलो बालक ।
(३५)
तब पूर्ण वयस्क बनी घाम हवामा,
अग्राख-शरीर, प्रबल, सुसँगठित तनु,
Page:Prometheus.pdf/29
Appearance
This page has not been proofread
