Jump to content

Page:Prometheus.pdf/20

From Nepali Proofreaders
This page has not been proofread
द्वितीय सर्ग

(१)
तब भन जननी ! विश्ववेदिनी !
कसरी,
युरानस देवले जीयासँग
जोडे सम्बत्ध विवाहको
युरानस, स्वर्गमंडलका ओजस्वी सुर,
आदितेयहरूका पूर्वपूरष,
महाप्रबल भृनविजयी सुरसन्ततिका जनक
ओजस्ती युरानस, स्वर्गका ।

(२)
तिनका त्रय तनय भए,
ब्वायरिओस्‌, गाइज और कटोस,
यी थिए अजङ महावीर, विशालगात्र,
पंचदशशीर्ष, शतवाहु, महीरुहमानव

(३)
यिनपछि भए समयमा प्रसूत
साड्क्लोप्स्‌, आर्जोस्‌, स्टेरोपस्‌
र ग्रन्टीजूहरू-
एकनेत्र, महादैह, महावीरहरू,
जस्तो जन्मिन्छ अजङ अचल पाशर्वमा
बार, वृक्षराज, संघारोधी,
लौह कलेवर, सहसकर, अयुतदल-मंडित
शतायु उन्नतशीर्ष ।

(४)
तर अतिप्रबल, उच्छुंखल अतिबलले,
लोहतनु ती महावीर
अदबले दबिएनन्‌ जब जनकका,
स्वेच्छाचारी तिनलाई
कैद गरे युरानस महादेवले,