त्यस दुःखी महामानवको उरका व्रणका लागि !
(११)
अनि आए भावपरीहरू अतिसुन्दरीहरू,
त्यो ककेससीय एकलासमा । कोमल, कोमल,
तिनको कलेवर तथा चाल थियो । गुलाफका
पत्ती सदृश हावामा कुदा तीरव निशिमा तिनका
हलुका पाउ चले ।
(१२)
मानो प्रथम कविक्षषि होमरका वरिपरि
आगत स्वारात कोमल भावनाहरू ती
आए मधुर, लघु पदमा । सुगंधमवी
ती मनका आकाशका एकलास निवासिनी,
आई, स्पर्श गरै तिनले प्रमियसको भाल !
जसरी गर्दछ मधुर स्पर्श ज्वरले संतप्त
ललाटमा, गीष्ममा, दक्षिणी मौसम हावा ।
(१३)
पहिले प्रेम-कुमारी आइन् । उनी अतिसुन्दरी ।
चन्द्र-मुहार थियो उनको सुधांशु-शीतल !
हिमखण्डमय हृदयमा परे झैं अगोचर
ज्योतिर्मयको अंकमाल, तित्री, कमलकरा
कोमल थिइन्, अति कोमल । त्यो तेज, ओज,
जसले मृत दिनकरलाई सक्छ जिलाउन
उच्चाकाशमा, भावी स्फटिक उरमा, उनमा थियो ।
(१४)
ब्रोलिन् ती स्वप्निल स्वरमा, स्मित-वदनी:
"प्यारा प्रमिस ! विपुल टाइटान् महावीर !
म गर्दछु तिम्रो व्यथित भालमा चंवन ।
(१५)
"उड्द-माला रजनीको जुनेली गर्भबाट
म जन्मेँ, आढघ भावमा, अतिसुन्दरी । मेरा
अवयव छन् मधुर, संगत, सुसंगत ।
म अण्-अणुउपर विश्वको गर्छु प्रभात ।
मविना अणु, अणु ध्वस्त. सिर्जना मन्न ।
(१६)
"हेर अमृतको मेरो जादू उच्चाकाशमा ।
जहाँ शरदीय गगनमा दिनकर प्रेतको
मृत रष्मिहरूको चंबनको मधुर टूनादी
चन्द्र-वदनीलाई हसाउँछु म निशामा सदा ।
सतीत्यको अनन्त माधुर्य ! अनन्तमा टूना !
(१७)
"जब भू-विचरण गरिरहेथेँ देखेँ तन
Page:Prometheus.pdf/125
Appearance
This page has not been proofread
