Jump to content

Page:Prometheus.pdf/124

From Nepali Proofreaders
This page has not been proofread

मै हुँ आगो । मै हुँ प्रलय । मै सिर्जन, मै शक्ति !
मै हुँ नव विश्व-संचालक । मै हुँ सकल चमत्कार ।
मै फंगारोही । मै शिखरज्योति । मै प्रभात ।
किन कि सत्यसँग छु म एक । सत्सँग एकाकार !

(६)
"म छैन मै- म छु अर्की एक कुनै ।
म अन्यको निमित्त आहृत । म केवल मानव ।
म व्यक्तित्व भस्म व्यक्तित्व । म अनेकको एक ।
म एक अनेक । म विश्वको सत्य साकार !

(७)
"जिउसका सिंहासन तल छन्‌ नैसर्गिक
शक्तिहरू अब नव संचालित, उसकै कर्म्मले,
भयंकर एरिनादस ! तिनका विशाल पंजामा
पर्ला उसको सब अधिकार ! अनि विश्वविशालचक्र
चलाकन्‌ तिनै शक्तिहरू अभिनव यस संसारमा ।

(८)
"झ उग भएछु । अत्युग भएछु । मेरी भाषा
ज्यादा जोडदार ! भयंकर तृफान झैं मेरा शब्द
प्रबल उडेछन्‌ संसारमा । अतित्व छ भीषण !
म डराउँछु विचारानलदेखि आफ्नै अन,
शायद्‌ ज्यादा फूकी होली वेदनाले श्वासले
विश्वारिन ! मेरो सत्य अटल धी वक्र नहोस्‌ !

(९)
"झभ पनि पापी रहेछु पुरुष अलिकति जगमा ।
सम्राट स्वर्गको जिउस, जसका साथ म लडेँ
प्रथम पुद्धमा, तिनसँग मैले गरेँ विरोध घोर ।
अभिनचोर बचेँ म स्वर्गको, उनको इच्छा विरुद्ध ।
अविकसित जातिको लागि ज्ञाति-बिरोधी
म भएँ अद्भृतको टाइटान्‌ ! खतरनाक राह ।
तैपनि खतराहरू मोहनी छन्‌ मीठा तत्यपथमा ।
सत्यनिमित्तको सच्चा विरोध सब शक्तिको
होइन केही विरोधै आखिर । यो हो दृढसंकल्प !
भयंकर दु:खहरू सहन गरियो । अब तिनको
खार, संस्कार छ बाँकी निर्मल सत्यका लागि
तब आउली शान्ति मेरो आत्मामा । मानवमा क्रान्ति !"

(१०)
जलपरीहरू सुन्दरी यसपछि सुस्केरा
दैखी उनको छातीफार, टिक्न सकेनन्‌ र उडे
मधुर बूटीहरू खोज्न, मलमस्वरूप,