त्यो श्राप जो भयंकरतासँग उच्चारित भयो
क्रोनोसको आखिरी मुखबाट, उनको पतन हुँदा
स्वपुत्रद्वारा ! जब क्रूर अत्याचारी जिउसले
प्रस्तर हँसियाद्वारा गरै घौर पितृवध !
(२४)
"त्यसको भीषण फल अब ग्राह्य बनीकन
आउँछ ठोस, ठोस पापको महामहीरुहमा ।
त्यो श्रापमा थियो उच्चारित यही भीषण शब्द:
"एक पुत्र होला उत्पन्न तँलाई ए पितृधातक ।
त्यसको हातको धारिलो हथियारदेखि डरा ।
पसीडन देवको भयंकर त्रिशूलभन्दा
भयंकर त्यो हतियार । जिउस देवराजको
वज्भन्दा हुनेछ अप्न प्रभावकारी, कडा,
भ्रीषण, भीषण !'त्यसले गर्ला तेरो पतन ।"
यस श्रापको महागोप्य छ मेरो हृदयान्तर्गत ।
यही मेरो महारहस्य ! यही जिउसको महापतन ।
(२५)
"पापबीज -स्वार्थनिमित्त कृत दुष्कर्म्मको बीज-
रहला चिर समय तुषारले महाशक्ति छै
आच्छादित, तर निश्चित निश्चित पलाउँदछ
त्यो सजीव पापबीज । मर्दैन कहीँ, मर्दैन कहीँ ।
(२६)
श्यस अन्यायको अनन्त बैदना मउपर-
आफ्नै घोर कडाइले त्यसको बन्दछ पोषण
मेरा दुगजल, दृगजल पोसिरहेछन् त्यही
भयंकर पापबीज, उग्र बीज त्यो महाश्रापको ।
जति हुन्छ ञ क्रद्द, उति बढ्दछ त्यो पापबीज ।
जति दंडिन्छ मलाई बेकार, उति दुसाउँछ
त्यही भीषण बीज...जति जति चिरकालीन
बनाउँछ बेदना मेरी, उति, उति निश्चित, नििचत
बढ्दछ, बढ्दछ त्यो विकट पापबीज । पतन
सन् रन् निश्चित भई उसको गर्वी मुहार
टटोलिरहिछ । शक्तिहरू अविदित नवसृष्ट-
फम्टन्छन् त्यसलाई जो मेरो अन्यायी दंडक !
यही वेदनाको मेरो महारहस्य संसारमा !
यसद्वारा जन्मनेछन् ती शक्ति, ती शक्ति, शक्ति ।
(२७)
"त्यो दिवस दूर छैन जन डाँबाडोल होला
Page:Prometheus.pdf/118
Appearance
This page has not been proofread
