Jump to content

Page:Prometheus.pdf/117

From Nepali Proofreaders
This page has not been proofread

भँंगी भंगीमा छन्‌ सुन्दर, सुन्दर, सुन्दर ।
परन्त्‌ कला हो ! तिमीहरू पनि केवन पलायन,
केवल पलायन क्षणभरका, दु:खबाट ।
केबल विस्मृति । केवल जून लसेका बादल ।
केवल उत्तेजनाहरू विस्मृत दु:ख क्षणका ।

(२०)
मभओह, महती वेदना मेरी ! ओह, विश्ववेदना !
यही छ कटु ययार्थताकी असल मुहार ।
असुन्दरलाई हेर्नु पनि हो सुन्दर संझिनु,
सुन्दर संझिनु उग्र वेदना असुन्दर क्षणको !
केवल प्लावन मधुर ! आत्म-निभज्जन मधुर !

(२१)
"तर म पनि छु सुन्दरको सदा पुजारी,
सदा लडाका असुन्दरसँग । मेरो जीवन
एक कल्लाकारको कटु अनुभवको पुंज ।
मृत्यु, मृत्यु मेरा प्रतिक्षण, अमृतनिमित्त ।
सदा निष्क्रियता अथवा विकारहरूका भाव,
आत्महत्या सदृश हावभाव, चेष्टा, चाल,
हाम्रा जीवनका ! यिनका विरुद्ध प्रतिक्षण, प्रतिक्षण,
सुन्दरताको समाष्टवानले हामी लडिरहेछौँ,
हामी अमतपुत्र । यही रण हो वीर जीवन ।
यिनै वेदनामा छ महासिर्जन, महासिर्जन !

(२२)
"समीपवर्ती म देख्दछु, म देख्दछु एक,
एक महाक्षण; एक महादिवसको महाक्षण !
त्यो दिवस, अक भविष्य-गर्भमा, चटपट गर्दछ,
निश्चित प्रसूतिनिमित्त । म अनुभन गर्दछु, अनुभव
त्यसको निश्चित नाडी आज ! त्यो क्षण सुबर्ण,
महागर्वो अत्याचारी स्वर्गलाई निश्चय
गिराउँछ । त्यसको निश्चित पतन अनुभव
गर्दछु, अनुभव गर्दछु म । सिंहासनबाट
खसाल्ला त्यसले अलिशानी स्वर्गको तानाशाह !
ओह, वेदना अनन्त । ओह महती वेदना मेरी ।

(२३)
"कुन, सुन, देवदेवीहो । त्यो पितृको सराप ।
त्यो महाश्राप हत पिताको, क्रोनोसको श्राप !
भविष्य-गर्भको गष्ट्यरमा एक कालीय नाग झैं
जहरिलो फँफकारसँग उद्तछ, उठ्छ सजीब !