सहर्ष आहुति मानवको । म विश्वकी रानी ।
(६)
"आज मै तिमीमा भीषण स्वरूपले
गर्दछु राज । असुन्दरका विरोधी क्राम्तिकार !
म तिम्रो सम्च्च आदर्शकी अविएलेष्य नूर ।
म हर सपनाहरूकी अति सुन्दर, अति सुन्दर !
(७)
"उ: हेर, प्रमिषस ! दिव्य महापुरुष !
हेर मानवमित्र ! मैरो मधुर मुसकानको
भीषण असर गीस देशमा ! मोहनी मुग्ध
एक महानुप बन्दछ बदमाश, हीराचोर
सौन्दर्यको संसारको... त्यसको नाम पेरिस ।
हेलेन ती हीरा-कोहेनूर जगत्की सुन्दरताकी
महारानी अविजेया, अनन्त युगकी तारीफ
(८)
"ती पुष्पकोमला मृदुलांगिनी मन-मोहिनी
मन्दमुस्करी मन्मय-विजपिनरी लावण्यवती
गीसदेशकी पर्वतपुच्प, संसारभर सुगन्ध दिँदी
ती हेलेन; भूत भविष्य वर्तमानकी रानी,
जसको एक मुहारनिम्ति हजार जहाज चले,
मानव-सपनाकी आदर्श-चूली, रूपकी चरम
शिखर तिनी हेलेन । दिनकरले न देखे कहीँ
युग पुग त्यस्ती । चन्द्रमा उनको जन्मप्रतीक्षाले
बनिन् कलंकित, पीली ! नर-कलेवर-कला ललित
पुगेन त्यति उँचा कहिल्यै, शिल्पी सष्टाकरमा ।
(९)
"सुन्दरताको बिजयी चेतले मुस्किरहेकी
मधुर लाली ती प्रतिक्षण-नृपकी रानी-
जब ती वशकरी वयसी बुलबुल स्वरमा
मरमर दीवार जून-हीरा गुंजाउँथिन्
ग्रीसदेशीय गरानचंबी महाप्रासादको,
प्रतापी पताकाप्रयुक्त-ओह मादक, मादक,
मादक स्वरलहरीले ढृदय सन्सनाई, चमचम
भावतारा क्ल्काउँथै सुनसानमा, सुन्दर !
(१०)
"भैँचंपा, भैँचंपा ! आतशबाजी जादूका,.
जाद्का स्वरलहरी, बीत्त अन्तरिक्षमा
सुर उठी फुट्थे रंग-रंगका गोलामा
क्लिमिल, किलिमिल । ओह सुन्दरतासँग
Page:Prometheus.pdf/114
Appearance
This page has not been proofread
