(१)
आशाका खुसखुसले प्रसन्न प्रमियसकै
आत्माले पियौ आशाको मधुर बाशी । उनका
दुगमा चंक्यो नवीन प्रकाश । अस्पष्ट सपनाले
स्पर्श गरे हृदय । उनी क्षणभर अत्यानन्दित
उत्तेजित भए मधुर जोशले नव सुजनको ।
(२)
तब सुन्दरता देवी, हृदयाकर्षिणी आइन् ।
बैदाग थियो उनको वदन, रेखा-रेखामा
बेभूल । शिल्पित माधुर्य सुवर्णमा सगबग
सजीव देखिन्थ्यो, चित्ताकर्षक ! एक रोशनी
जल, थलमा अगौचर थियो उनको वदनमा ।
सन सुन्दर बस्तुबाट बनेसरि, शशिखंडबाट
निर्मित रुचिर् कलेवर अमृतमय थियो ।
(३)
सुन्दरता बोलिन् : "प्रमिथस 1! ए प्रस्तर-कोलित
प्रथम क्रान्तिकार स्वर्गका ! एक ओजस्वी प्रुष ।
म हुँ परमेश्वरकी श्री, म जन-मन-मोहिनी छवि ।
जूनकी ज्रादू मै हुँ । म हुँ सकल सृष्टिकी सुगन्ध ।
म हुँ पुष्पहरूकी बुनौट । म वसन्त क्रतुकी रस ।
(४)
"मै हुँ कलाकी रानी । मै जनमनकी सपना ।
मै स्वर्गकी संपद् ! म मस्तिष्ककी प्रकाश !
मेरो प्रेरणामा मृत्यु सहर्ष अँगाली चल्छन्
युग युग केही अस्पष्ट छायातिर मेरो ।
(५)
"मैले ओसटप लगाएँ यी वन-प्रसूनमा
रातभर गरी मधुर काम । मै वारासजकी
मालिनी मनोमोहिती । मेरो मृदुल मुसकान
मृत्यु मार्दख अमृत-पथमा प्रेम जगाई
Page:Prometheus.pdf/113
Appearance
This page has not been proofread
दशम सर्ग
